टेन्डर बोलपत्र आह्वान गरिएको सूचना
Details / requirements:
टेन्डर बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/११/१९)
राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर गा.पा, सखुवानन्कारकट्टी गा.पा, लक्ष्मीपुर पतारी गा.पा. तथा धनगढीमाई न.पा. साथै सप्तरी जिल्लाको रुपनी गा.पा तथा अग्नीसाईर कृष्णासावरण गा.पा मा जलवायु मैत्री गाउँ नेपाल परियोजना कार्यक्रम सञ्चालनमा रहेको छ । यस कार्यक्रमको मुख्य लक्ष्य मधेश प्रदेशको सिरहा र सप्तरी जिल्लामा हरितगृह ग्यासको उत्सर्जनलाई न्युनिकरण सहित लैङ्गिक उत्तरदायी तथा जलवायु सहनशील कृषि समुदायहरूको प्रवद्र्धन र सुदृढीकरणमार्फत जलवायु उत्थानशील गाउँको विकासमा योगदान पुर्याउनु हो ।
उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका आवश्यक सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएको वा मूल्य अभिवृद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने भनी कानूनले तोकिदिएको हकमा प्यानमा दर्ता भएका उल्लेखित सामग्रीहरू आपूर्ति गर्न इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
आपूर्ति गरिने सामग्रीहरूको विवरण:
तपशिल
१. छनौट भएको आपूर्तीकर्तासंग गरिएको सम्झौता तथा खरिद आदेश बमोजिम सामग्रीहरू खरिद गरिने छ । आपूर्तिकर्ताले लाभग्राहीले माग गरेको उल्लेख गरिएको सामग्रीहरु उपलब्ध गराउने छ । आपूर्तिकर्ताले लाभग्राहीलाई उपलब्ध गराएको सामग्रीहरुको विवरण आफूसँग रेकर्ड राख्ने छ । उक्त रेकर्डको आधारमा आवश्यक कागजात सहित आपूर्तीकर्ताले विल सहित महासंघमा भुक्तानी माग गर्ने छ र महासंघले आवश्यक प्रकृया पुरयाई बैंक खाता मार्फत रकम भुक्तानी गर्दै जानेछ ।
२ आपूर्तिकर्तालाई भुक्तानी गर्दा नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिने छ ।
३ उक्त आपूर्तकर्ताले बीउको गुणस्तरको ग्यारेन्टी लिनु पर्ने र सो बिउमा उमार सक्ति तोकेबमोजिम नभएको वा केही खराबी आएमा आपूर्तकर्ताले व्यवहोरने छ । सो बीउ आपुर्ति गर्नु अगाडि आपूर्तकर्ताले बीउको नमूना र उमार सक्तिको टेस्ट रिपोर्ट कार्यलायमा दिनुपर्ने छ ।
४ पेश गरिएका बोलपत्रहरू यो सूचना प्रकाशन भएको ७ औं दिन ( मिति २०८२ साल फाल्गुन महिनाको २५ गते सोमबारका दिन ) दिउँसो ३:०० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
५.स्थानीय तथा सम्बन्धित पालिकामा सञ्चालनमा रहेका आपूर्ति कर्ताहरुलाई छनौट प्रकृयामा प्राथमिकता दिईने छ ।
६. इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत यसै साथ संलग्न गरिएको बोलपत्र फर्मेटमा दरभाउ तथा शर्तनामाहरू उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन (मिति २०८२ साल फाल्गुन महिनाको २५ गते सोमबारका दिन) १२:०० बजे भित्र यस महासंघको कार्यालयमा बोलपत्र दरभाउ उल्लेखगरी पेश गर्न सकिने छ ।
७. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यान दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्षको करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरूको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।
८. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
९. बोलपत्र फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।
१०. पेश गरिएका बोलपत्रहरू खोलिने मिति र समयको बारेमा बोलपत्रदाताको सम्पर्क नं. मार्फत जानकारी गराईने छ । संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
११. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
१२. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
१३. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपाल नीहित रहेको छ ।
Link 1 : Mungbean Seed (Leguminous Crop)
Link 2 : Fish and Feed & Formulation
Link 3 : Pond Rehablitation Work
Link 4 : Visibility/ Hoarding Board
बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.– १, सिरहा – (लहान Ncell Center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)
फोन न. ०३३–५६४०७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 03 Mar, 2026 |
| Apply Before | 09 Mar, 2026 |
| City | Lahan |