टेन्डर आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

टेन्डर आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२/०८/१९)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा.पा. तथा धनगढीमाई नगरपालिका साथै सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाहरूमा जलवायु मैत्री गाउँ नेपाल परियोजना सञ्चालन गरिरहेको छ ।

उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका आवश्यक सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएको वा मूल्य अभिवृद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने भनि कानूनले तोकिदिएको हकमा प्यानमा दर्ता भएका उल्लेखित सामग्रीहरू आपूर्ति गर्न इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन अर्थात २०८२ साल मङसिर २५ गते दिउँसो १:०० बजे भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत शिलबन्दी कोटेशन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।

आपूर्ति गरिने सामग्रीहरूको विवरणः

लिङ्कhttps://drive.google.com/file/d/1xcQ6zjMC5dlEoMIz9u1r_M5X1HOr3N_q/view?usp=sharing

तपशिल

१.उल्लेखित सामग्रीहरू मध्ये पोलि हाउसका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरू माथि उल्लेखित पालिकाहरूको तोकिएको स्थान सम्म ढुवानी गर्ने र पोलि हाउस निर्माण समेतको दर भाउ पेश गर्नु पर्ने छ ।

२. छनौट भएको आपूर्तीकर्तासँग गरिएको सम्झौता तथा खरिद आदेश बमोजिम सामग्रीहरू खरिद गरिने छ । आपूर्तिकर्ताले लाभग्राहीलाई उपलब्ध गराएको सामग्रीहरूको विवरण आफूसँग रेकर्ड राख्ने छ साथै सामग्री प्राप्तकर्ताको भर्पाई समेत संलग्न गर्नु पर्ने छ । उक्त रेकर्डको आधारमा आवश्यक कागजात सहित आपूर्तीकर्ताले विल भर्पाई महासंघको कार्यालयमा भुक्तानी माग गर्ने छ र महासंघले आवश्यक प्रकृया पुरयाई बैंक खाता मार्फत रकम भुक्तानी गर्दै जानेछ ।

३. आपूर्तिकर्तालाई भुक्तानी गर्दा नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिने छ ।

४ स्थानीय तथा सम्बन्धित पालिकामा सञ्चालनमा रहेका प्रतिस्पर्धी आपूर्तिकर्ताहरूलाई छनौट प्रकृयामा प्राथमिकता दिईने छ ।

५. इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com  मार्फत यसै साथ संलग्न गरिएको फर्मेटमा दर भाउ उल्लेख गरी पेश गर्न सकिने छ ।

६. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, फर्म भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, गतआर्थिक वर्षको करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खामबाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरूको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।

७. बोलपत्र  फाराममा  उल्लेखित  प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

८. बोलपत्र फाराम खाम बन्द गरी लाहा छापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

९. पेश गरिएका बोलपत्रहरु खोलिने २०८२ साल मङसिर २६ गते दिउँसो २:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्रदाता स्वयम् वा निजको प्रतिनिधिको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्र दाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

१०. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

११. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

१२. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः

राष्ट्रिय कृषक समूह महासंघ नेपाल

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं. १, सिरहा(लहान NCELL CENTER को छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र।)

फोन न. ०३३५६४०७३

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Dec, 2025
Apply Before 11 Dec, 2025
City Kathmandu