तालिम सहजीकरणका लागि कोटेशन आह्वान

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल

हरिवन–११, सर्लाही

तालिम सहजीकरणका लागि कोटेशन आह्वान

(प्रथम पटक प्रकाशित मिति: ३० बैशाख २०८३)

बागमती सेवा समाज नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो र यस संस्था र World Vision International Nepal (WVIN) को साझेदारीमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकामा संचालित HATEMALO for Child Welbing and Intergrated Development  परियोजना संचालन गरिरहेको छ । यसै सन्दर्भमा, उक्त परियोजनाको प्रयोजनको  लागि विभिन्न तालिम संचालनका  लागि परामर्श सेवा आवश्यक परेको हुँदा उक्त प्रकारको सेवा प्रदान गर्न इच्छुक ब्यक्ति/संस्था/फर्मले तोकिएको ढाँचामा कबोल दर रेट उल्लेख गरी यस सूचना प्रकाशित मितिले ७ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । 

S.NoRFQ NumberDescription of Item
1WVIN/BWSN/RFQ/FY2026/7 & 8

Consultancy service for Training Facilitation

1. GEDSI Analysis

2. Training on CFLG

  • कोटेशनमा खरिद गर्न चाहेको सेवाको बिस्तृत विवरण सहितको जानकारी दिईएको छ जुन बागमति सेवा समाजको कार्यालयमा गई लिन सकिनेछ तथा तल उल्लेखित लिंकमा गई डाउनलोड गर्न सकिनेछ ।
  • कोटेशन सम्बन्धि कागजात मिति २०८३ बैशाख ३० गतेबाट प्राप्त गर्न सकिनेछ । 
  • कोटेशन पेश गर्ने परामर्शदाता/फर्मले मिति २०८३ जेष्ठ ५ गते भित्र यस संस्थाको केन्द्रीय कार्यालय, हरिवन, सर्लाहीमा आफ्नो कोटेशन बुझाइसक्नु पर्नेछ ।
  • कोटेशन बुझाउँदा सिलबन्दी गरी बागमति सेवा समाजको कार्यालयमा कोटेशनको Hard Copy बुझाउनुपर्नेछ वा इमेल मार्फत पेश गर्न सकिनेछ । इमेल मार्फत पेश गरेको कोटेशन Password Protected  गरेर पठाउनु पर्नेछ ।
  • कोटेशन सावर्जनिक विदाको दिन बाहेक आइतबार देखि शुक्रबार सम्म विहान १०ः०० देखि बेलुका ५ः०० बजेसम्म बुझाउन र बुझ्न सकिनेछ । कोटेशन बुझाउने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलि पल्ट कोटेशन पेश गर्ने अन्तिम दिन हुनेछ । 
  • तोकिएको मिति तथा समय पश्चात आउने कोटेशनलाई दर्ता गरिने छैन । 
  • कोटेशन पेश गर्न ईच्छुक ब्यक्ति, फर्म वा कम्पनी रहेको हुनुपर्ने छ । 
  • समय भित्र प्राप्त नभएको, रित नपुुगेको साथै बोल पत्रको शर्त विपरित भएको कोटेशन माथि कुनै कार्वाही हुने छैन।
  • कोटेशन पेश गर्न ईच्छुक ब्यक्ति, फर्म वा कम्पनीले तपशिल बमोजिमको कागजातहरू पेश गर्नुपर्ने छ ।
    • कम्पनी दर्ता प्रमाण पत्र, PAN/VAT  दर्ता प्रमाणपत्र र आ.व. २०८१/०८२ को करचुक्ता प्रमाणपत्र आदि पेश गर्नु पर्नेछ । नयाँ दर्ता भएको फर्मको हकमा करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने छैन ।
    • व्यक्तिगत कोटेशनको हकमा बायोडाटा, स्थायी लेखा नम्बर, नागरिकता र अनुभवका प्रमाणपत्रहरु संलग्न गर्नु पर्नेछ ।
    • साथै आपूर्तिकर्ता दर्ता फारम भर्नु पर्ने र आपूर्तिकर्ता आचारसंहितामा सही छाप गर्नुपर्ने छ ।
  • खरिद सम्बन्धि पूर्ण अधिकार बागमती सेवा समाज नेपालमा नीहित रहनेछ ।
  • कोटेशनको तयारी वा पेश गर्ने शिलशिलामा परामर्शदाताले गर्ने कुनैपनि प्रकारको खर्च बागमती सेवा समाज नेपालले ब्यहोर्ने छैन् । 

कोटेशनको लागि तलको लिंकमा जानुहोसः–

RFQ & TOR document for GEDSI Analysis

RFQ & TOR document for CFLG Training

ठेगाना

बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही

सम्पर्क नंं. ०४६–५३०५०१/९८६१०३४२८३

इमेल ठेगाना: procurement@bwsn.org.np

Overview

Category Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 13 May, 2026
Apply Before 19 May, 2026
City Sarlahi