शिलबन्दी दरभाउपत्र मागको सूचना - Water Filter Support sealed bid

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

सुन्दर नेपाल संस्था 

पोषण परियोजना

वीरेन्द्रनगर ०८, सुर्खेत

शिलबन्दी दरभाउपत्र मागको सूचना

प्रथम पटक प्रकाशित मिति (२०८३/०६/२३)

सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र  iDE Nepalको संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा सञ्चालित पोषण परीयोजना सुर्खेत जिल्लाको ५ वटा पालिका (वीरेन्द्रनगर, वराहताल, लेकवेशी, गुर्भाकोट र भेरीगंगा) मा सञ्चालन भइरहेको छ । तपशिल अनुसारका सामाग्रीहरू आपुर्ति गर्न इच्छुक आपूर्तिकर्ता, उत्पादक, अधिकृत बिक्रेता तथा वितरकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपशिलको शर्तहरूको अधिनमा रहि आपूर्तिकर्ताले गोप्य शिलबन्दी दरभाउपत्र  पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । तोकिएको मिति र समयमा  प्राप्त शिलबन्दी  दरभाउपत्रलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । म्याद नाघी आएका ,रीत पुरा नभएका दरभाउपत्रलाई प्रक्रियामा समावेश गरिनेछैन । शिलबन्दी  दरभाउपत्रमा उल्लेखित समामग्रीहरू आंशिक रुपमा पनि खरिद गर्न सकिने छ । 

शर्तहरू:

१. शिलबन्दी दरभाउपत्रको फारम सुन्दर नेपाल संस्थाको कार्यालयबाट वा संस्थाको वेवसाइट www.sundernepal.org.np बाट पनि डाउनलोड गरी प्राप्त गर्न सकिने छ ।

२. शिलबन्दी दरभाउपत्र फारमका साथ उधोग रफर्म दर्ताको प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र र चालु आ.व.को कर चुक्ता वा म्याद थप  पेश गरी शिलबन्दी दरभाउपत्र खाम बाहिर दरभाउपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिबार्य हुनुपर्नेछ ।

३. शिलबन्दी दरभाउपत्र फारम खाम बन्द गरी लाहा छापले शिलबन्दी गरिएको हुनुपर्नेछ, अन्यथा उक्त दरभाउपत्र दर्ता गर्न संस्था बाध्ये हुने छैन ।

४. शिलबन्दी दरभाउपत्र फारम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट १ बजे सुन्दर नेपाल संस्थाको खरीद समिती र दरभाउपत्र दाता स्वंयम वा निजको प्रतिनिधिको उपस्थितिमा यस सुन्दर नेपाल संस्था को कार्यालयमा दरभाउपत्र खोलिनेछ । यदि दरभाउपत्र दाता स्वंयम वा निजको प्रतिनिधिको उपस्थिति हुन नसकेको खण्डमा पनि दरभाउपत्र खोलिनेछ । तर सो दिन सार्बजनिक बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन दरभाउपत्र खोलिने छ ।

५. शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा आंशिक स्वीकृत गर्ने वा नगर्ने अधिकार सुन्दर नेपाल संस्थामा निहित हुनेछ ।

६.यस बाहेक थपजानकारी आबश्यक परेमा तल उल्लेखित कार्यालय समयमा सम्पर्क राख्न सकिनेछ ।

७.सामाग्रीहरूको मापदण्ड तथा गुणस्तर चेकजांच गरेपछि मात्र भुक्तानी प्रक्रियामा बढाइने छ ।

आवश्यक सामाग्रीहरु:

(१) पानी फिल्टर १८ लिटर क्षमता भएको, स्टिलको, २ वटा Silver Colloidal candel भएको माग परिमाणमा १० प्रतिशत सम्म घट बढ हुनसक्ने छ ।

फाराम बुझाउने अन्तिम मिति २०८३।०६।२९ गते ५ बजेसम्म हुनेछ ।

Link: दरभाउ पत्रको विवरण

शिलबन्दी बोलपत्र पेश गर्ने ठेगाना/स्थान:

सुन्दर नेपाल संस्थाको कार्यालय, आवास क्षेत्र सुर्खेत, फोन नं ०८३५२०९२६, ०८३५२३५३०

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 09 Oct, 2026
Apply Before 15 Oct, 2026
City Surkhet