शिलबन्दी दरभाउपत्र
Job posted on 07 May, 2026
Apply before 18 May, 2026
Dalit Help Society
Details / requirements:
विषय: दरभाउपत्र सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा दलित सहयोग समाजद्वारा सञ्चालित एकिकृत परियोजना अन्तर्गत विभिन्न प्ररकारका वस्तुहरू खरिद गर्नु पर्ने भएकाले Annex I अनुसारको वस्तुहरूको दरभाउपत्र माग गरिएको छ । संस्थामा कोटेशनको समयावधि भित्र पेश भएका दरभाउपत्र मध्ये तपसिल अनुसार (मापदण्ड) पुगेका विक्रेता तथा सप्लायर्सलाई १ वर्ष सम्मको लामो सम्झौताका लागि छनौट गरिने जानकारी गराउँदै यसै पत्रसाथ उपलब्ध ढाँचा (Annex I) मा उल्लेख भए अनुसारको दरभाउ पत्र (कोटेशन) उपलब्ध गराई सहयोग गरिदिनहुन अनुरोध गरिन्छ ।
विक्रेता तथा सप्लायर्स छनौटका मापदण्डहरू
- उपयुक्त दररेट ।
- वस्तु तथा सेवाको गुणस्तर, वस्तु तथा सेवाको उपलब्धता ।
- वस्तु तथा सेवा उपलब्ध गराउन सक्ने समयावधि ।
- वस्तु तथा सेवा खरीद पछिको सेवा ।
- बिक्रि पछिको सेवा ।
- वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आपूर्तिकता आचारसंहितमा हस्ताक्षर तथा फर्मको छाप लगाएको हुनु पर्ने ।
- आपूर्तिकर्ताले गैर कानुनी काम संलग्न नभएको तथा कालो सूचिमा नपरेका स्वघोषण पत्र बुझाउनु पर्ने ।
पालना गर्नु पर्ने सर्तहरू:
- दर रेट प्रष्ट बुझिने गरी दरभाउपत्रलाई शिलबन्दी पेश गर्नुपर्नेछ अन्यथा खरिद समिति जवादेहि हुने छैन ।
- कोटेशनमा मिति उल्लेख गरिएको हुनुपर्नेछ ।
- मिति (समयावधि) नाघेका कोटेशनलाई समावेश गराईने छैन ।
- कोटेशनमा प्रष्ट रुपमा बुझिने गरी आधिकारिक व्यक्तिको नाम र हस्ताक्षर साथै फर्मको छाप लगाएको हुनुपर्नेछ ।
- फर्मको VAT/PAN दर्ता , करचुक्ता प्रमाणपत्र २०८२।०८३ र कम्पनिरफर्म रजिस्टर भएको प्रमाणपत्र तथा नविकरण गरिएको फोटोकपी कोटेशन सँगै बुझाउनु पर्ने छ ।
- दरभाउपत्र मिति २०८३/०१/२२ गते देखि २०८३/०२/०४ गते दिउँसो ५ बजे भित्र दलित सहयोग समाज को कार्यालयमा बुझाउनु पर्ने छ । दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेको खण्डमा सो को भोलिपल्ट दरभाउ पत्र बुझाउन सकिनेछ ।
- सामाग्रीको गुणस्तरमा फरक परेको वा कम गुणस्तरको सामाग्रीहरू उपलब्ध गराएको खण्डमा आफूर्तिकर्ता स्वयम जवाफदेहि हुनेछ ।
- संस्थाले भुक्तानि गर्दा सामान प्राप्त भएको १५ दिन भित्रमा एकाउन्ट पेयी चेकबाट मात्र भुक्तानि गरिनेछ ।
- सामग्रीहरूको सुरक्षाको जवाफदेहि दलित सहयोग समाजले प्राप्त नगरेसम्म बिक्रेता स्वयम रहनेछ ।
- नेपाल सरकारको नियमअनुसार लाग्ने कर कट्टी गरिनेछ ।
- कोटेशन ईमेल dhsprocurement@gmail.com मार्फत पासओड प्रोटेक्ट गरेर तथा हार्ड कपि पेश गर्न सकिनेछ ।
- फरक फरक प्रकृतिको सामाग्रीहरूको दरभाउ पत्र छुट्टा छुट्टै पेश र्गनु पर्नेछ ।
- थप जानकारीका लागि ०९२४२१३६७ मा सम्पर्क गर्न सकिनेछ ।
लिङ्कहरू:
- RFQ-Agri inputs
- RFQ-Fruits
- RFQ-Hardware
- RFQ-Iron Trust
- RFQ-Vetiver
- Self Declaration Letter_Sample Format
- Supplier Code of Conduct in Nepali
खरीद समिती
दलित सहयोग समाज
चैनपूर, बझाङ्ग
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 07 May, 2026 |
| Apply Before | 18 May, 2026 |
| City | Bajhang |