शिलबन्दी दरभाउ आह्वानको सूचना
Details / requirements:
जन जागरण यूवा क्लब (JJYC) बारा
कलैया उपमहानगरपालिका -१, बारा
शिलबन्दी दरभाउ आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०६/२२
जनजागरण यूवा क्लब (JJYC) बारा वि.स. २०५४ मा विधिवत रुपमा दर्ता भएको गैर सरकारी तथा गैर मुनाफा रहीत संस्था हो । Lutheran World Relief Nepal को आर्थिक सहयोग र यस जन जागरण युवा क्लव (JJYC) बारा द्वारा संचालित USDA Food for Progress Modernizing Aquaculture in Nepal Project मधेश प्रदेशको बारा, रौतहट र सर्लाही जिल्लाका विभिन्न पालिकाहरुमामा संचालन गर्दै आईरहेको छ । यस परियोजना अन्र्तगत सामाग्रीहरु खरिद सम्बन्धि शिलबन्दी दरभाउ अह्वान गरिएको छ ।
- ईच्छुक योग्य आपुर्तिकर्ताहरुले ईमेल/फोन मा अनुरोध गरी आवश्यक थप जानकारी लिन सक्नु हुनेछ साथै शिलबन्दी दरभाउको आर्थिक प्रस्तावना फारम अनलाइन पोर्टल JobsNepal Dot Com बाट डाउनलोड गर्न सकिनेछ अथवा संस्थाको कार्यालयबाट पनी प्राप्त गर्न सक्नुहुनेछ ।
- शिलबन्दी दरभाउ पेश गर्दा आपुर्तिकर्ताको आवश्यक कानुनी कागजातहरु संस्था दर्ता प्रमाण पत्र नविकरण सहित (कम्पनी दर्ताको हकमा अध्यावद्यिक सहित), प्यान/भ्याट दर्ता प्रमाण पत्र र आ.व.२०८१/८२ को करचुक्ताको प्रमाणपत्र वा आ.व.२०८२/८३ को म्याद थपको प्रमाणपत्र साथमा सम्बन्धितकार्य अनुभवको प्रमाणपत्र छ भने सो समेत पेश गर्नुपर्ने छ ।
- अनिवार्य रुपमा आर्थिक प्रस्तावना लाई खाममा राखी प्रत्येक पानामा सही छाप गरि, कम्तीमा ३ थान लाहाछाप लगाई, शिलबन्दी गरी दरभाउकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्यथा दरभाउ उपर कुनै कारवाही हुने छैन ।
- माथी उल्लेखित सामाग्रीहरु छुटा छुटै कम्पनी/फर्म बाट खरिद गर्न सकिने छ ।
- शिलबन्दी दरभाउ पेश गर्दा कम्पनी/फर्मले छुटा छुटै सामाग्रीहरुको पनी दरभाउ पेश गर्न सकिनेछ ।
- शिलबन्दी दरभाउ पेश गर्ने अवधि ७ दिनको हुने छ र मिति २०८३/०६/२८ गते दिनको ५ बजे भित्र Hard Copy दर्ता गर्नु पर्नेछ । शिलबन्दी दरभाउ पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलीपल्ट वा कार्यालय खुलेको दिनमा हुनेछ । रित नपुगेको र म्याद नाघि आएको दरभाउ उपर कुनै कारवाही हुने छैन ।
- शिलबन्दी दरभाउ खोल्ने मिति २०८३/०६/२९ गते दिउसो १:०० बजे संस्थाका प्रतिनिधीहरु र दरभाउकर्ताका स्वय्म वा निजको अधिकारीक प्रतिनिधीको अनलाईन साथै भौतिक उपस्थितीमा यस संस्थाको कार्यालयमा दरभाउ खोलिनेछ । तोकिएको दिनमा दरभाउदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्न कुनै बाधा पर्ने छैन ।
- शिलबन्दी दरभाउको आर्थिक प्रस्तावनाको मुल्याङ्कनको आधारमा पूर्ण रुपमा खारेज वा अस्विकृत गर्ने पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहीत रहनेछ ।
- ईच्छुक योग्य फार्म तथा आपुर्तिकर्ताहरुले शिलबन्दी दरभाउ यस संस्थाको कार्यालय जन जागरण यूवा क्लब (JJYC)कलैया उपमहानगपालिका – १, मोतीबाग, बारा बारामा हार्डकपि बुझाउनु पर्नेछ ।
- शिलबन्दी दरभाउ सम्बन्धी केही जानकारी आवश्यक परेमा तल उल्लेखीत फोन नं वा ईमेल मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Link: Financial Proposal
जन जागरण यूवा क्लब (JJYC) बारा
कलैया उपमहानगपालिका – १, मोतीबाग, बारा
सम्पर्क नं.– ९७६६४३४२५०, ९८०१०२६११३
Email-jjycbara@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 08 Oct, 2026 |
| Apply Before | 14 Oct, 2026 |
| City | Bara |