शिलबन्दी दरभाउ आह्वान - आर्थिक प्रस्तावना (Financial Proposal)
Details / requirements:
ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)
दुहबी नगरपालिका-२, सुनसरी
शिलबन्दी दरभाउ आह्वान
आर्थिक प्रस्तावना (Financial Proposal)
ग्रामीण महिला उत्सुकता विकास मञ्च (FORWARD) दुहबी सुनसरी वि.स. २०५२ मा विधिवत रुपमा दर्ता भएको गैर सरकारी तथा गैर मुनाफा रहित संस्था हो । यसले जनचेतनामूलक तथा पैरवी कार्यक्रममार्फत महिला, बालबालिका र जोखिममा रहेका समुदायमाथि हुने घरेलु हिंसाविरुद्ध आवाज उठाउँदै आएको छ साथै, सामुदायिक स्वास्थ्य, सरसफाइ, परम्परागत कृषि अभ्यासमा सुधार, कृषि उत्पादकत्व वृछि, माछा, पशुपालन तथा उद्यमशीलता विकासका क्षेत्रमा विभिन्न सामाजिक तथा जीविकोपार्जन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको छ । Lutheran World Relief को आर्थिक सहयोग र यस ग्रामीण महिला उत्सुकता विकास मञ्च (FORWARD) दुहबी सुनसरी द्वारा सञ्चालित USDA Food for Progress Modernizing Aquaculture in Nepal Project कोशी प्रदेशको सुनसरी र मोरङ्ग जिल्लाका विभिन्न पालिकाहरूमा सञ्चालन गर्दै आईरहेको छ । यस परियोजना अन्तर्गत तपसिलमा उल्लेखित सामाग्रीहरू खरिद सम्बन्धि शिलबन्दी दरभाउ आह्वान गरिएको छ ।
कम्पनी/फर्मको नाम र ठेगना: .................................................................. मिति: ..............................
आधिकारिक व्यक्तिको नाम: ...............................................................
सम्पर्क नम्बर: ................................................................................
शिलबन्दी दरभाउ पेश गर्दा तपसिलमा दिएका निम्न विषयहरू अनिर्वाय सुनिश्चित हुनु पर्नेछ ।
- सामाग्रीहरूको ढुवानी, लोड अनलोड संस्थाले तोकेको स्थान सम्म गर्नु पर्ने छ ।
- मुल्य उल्लेख गर्दा नेपाल सरकारको सबै प्रकारका करहरू समावेश गरिनु पर्नेछ ।
- मुल्य उल्लेख गर्दा कुनै प्रकारको केरमेट नगर्नु होला यदि गर्नै पर्ने भएमा परिवर्तन गरिएको ठाउँमा हस्ताक्षर र छाप अनिवार्य लगाउनु पर्ने छ ।
- कम्तिमा ३ ठाउँमा लाहा छाप लगाई शिलबन्दी अनिवार्य गरिएको हुनु पर्नेछ, शिलबन्दी बिनाको दरभाउ स्वीकार्य हुने छैन ।
Proposal Attached: आर्थिक प्रस्तावना.docx - Google Docs
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Request for Proposal - RFP |
| Position Type | Contract |
| Posted Date | 29 Oct, 2026 |
| Apply Before | 04 Nov, 2026 |
| City | Sunsari |