शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना
Details / requirements:
पीसविन नेपाल
शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना
मितिः २०८३/०५/१४ (३० अगस्त २०२६)
पीसविन नेपाल महिला नेतृत्वमा आधारित गैर सरकारी र गैर नाफामुलक संस्था हो । वि.सं. २०४७ मा स्थापना भई वि.सं. २०४९ पुस ५ मा बाजुरा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । सक्षम व्यक्ति सुखी परिवार र समृद्ध समाज भन्ने दृष्टिकोणका साथ संस्था मुख्यतः महिलाहरू र बालबालिका सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको प्रवद्र्धनमा काम गर्दै आईरहेको छ । यस संस्थाले छाउपडी, बालबिबाह, कुपोषण, लैँगिक हिँसा र विभेद जस्ता समस्याहरू न्यनिकरणका लागि समन्वित प्रयास गर्दै आएको छ । BMZ र WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना (WE-CAN Project-NPL-1093) साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको अवगत नै छ । यो परियोजनाले जलवायु उत्थानशिल र पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार र पोषण सुरक्षामा सुधार गर्ने मुख्य उद्देश्य राखेको छ ।
पीसविन नेपालले योग्य आपुर्तिकर्ताहरूबाट शिलबन्दी कोटेशन आह्वान गर्दछ जस अन्तर्गत परियोजना कार्य क्षेत्रका समुहका कृषकहरूलाई भुमी पिट निर्माणका लागि आवश्यक सामाग्रीहरू र पकेट क्षेत्रका लागि कृषकहरूले उत्पादन गरेका वस्तुहरूको व्यवस्थापनका लागि सामग्रीहरू आवश्यक परेकोले उक्त समुहहरूलाई सहयोग गर्नुपर्ने भएकोले यो सुचना आह्वान गरिएको छ। यस खरिदको मुख्य उद्देश्य साना कृषकहरूको अनुकलन क्षमता सुदृढ गर्दै जलवायु मैत्री कृषि प्रवद्र्धनका लागि आवश्यक कुषि सामाग्रीहरू उपलब्ध गराउनु हो । यस मार्फत कृषि सामाग्रीहरूको पहुँच बृद्धि गरी दिगो र वातावरण मैत्री उत्पादन प्रणाली सुनिश्चित गर्ने, स्थानीय स्रोत व्यक्तिहरूलाई व्यवहारिक सशक्त बनाई कृषक समुहहरूलाई प्राविधिक सहयोग प्रदान गर्न सक्षम बनाउने, घरपरिवारको खाद्य सुरक्षामा सुधार र आम्दानी बृद्धि गर्ने तथा महिला सहितका सीमान्तकृत र असुरक्षित समुदायहरूमा लक्षित सहयोग मार्फत कृषि पहुँच र अवसरमा असमानता घटाउने लक्ष्य राखिएको छ । सबै कोटेशनहरू २०८३।०५।२० गते तदअनुसार 05 September, 2026 सम्म संस्थाले तोकेको ठेगानामा पठाउनु पर्नेछ । साथै सामग्री सहितका कोटेशन फारामहरू र अन्य आवश्यक कागजातहरू पीसविन नेपालको केन्द्रीय कार्यालय मार्तडी बाजुरा वा जिल्ला परियोजना सहयोग कार्यालय साँफेबगर अछाममा पेश गर्न सकिने छ । पीसविन नेपालले प्राप्त सबै कोटेशनहरू स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्दछ । यदि कोटेशन पेश गर्ने अन्तिम दिन विदा परेमा अर्को दिन पेश गर्न सकिने छ । साथै शिल गरिएको कोटेशन पठाउन सम्भब नभएमा पासवर्ड सुरक्षित गरी तपसिलको उल्लेखित इमेल ठेगानामा पनि पठाउन सकिनेछ ।
पेश गर्नु पर्ने आवश्यक कागजातहरू
१. फर्म दर्ता प्रमाण–पत्र प्रतिलिपि
२. आपूर्तिकर्ताको पान दर्ता/भ्याट दर्ता प्रतिलिपि
३. फर्म नविकरण र कर चुक्ता प्रमाण–पत्र प्रतिलिपि
४. संचालकको नागरिकताको प्रमाण–पत्र प्रतिलिपि
५. अन्तिम आ.व.को लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि
६. अन्य सम्पुर्ण कागजातहरू (यदि छन भने)
नोट : आपुर्तिकर्ताहरूले आवश्यक सामान वा सामाग्रीहरू आफ्नै भाडामा परियोजनाको कार्यक्षेत्रहरू साँफेबगर नगरपालिका वडा नं. २, ३, ९, १०, ११, १२, र १४ तथा चौरपाटी गाउँपालिका वडा नं. ४, ५, ६ र ७ मा पुर्याउनु पर्नेछ । सामाग्रीहरू ढुवानीको क्रममा कुनै पनि क्षति वा नोक्शानी भएमा त्यसको सम्पुर्ण जिम्मेवारी आपुर्तिकर्ताको हुनेछ, पीसविन नेपाल त्यसका लागि जिम्मेवार रहने छैन । कोटेशनमा उल्लेखित सामाग्रीहरूको परिमाण वा संख्यामा थपघट हुन सक्नेछ साथै शिलबन्दी बाहेकको कोटेशन प्राप्त भएमा समावेश गरिने छैन ।
थप जानकारीका लागि ०९७–५४१११३ वा ०९७–५९०४८०, Email: peacewin.calls@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।
LINK:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 30 Aug, 2026 |
| Apply Before | 05 Sep, 2026 |
| City | Far-Western Region |