निर्माण सामग्री खरिदका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
Details / requirements:
निर्माण सामग्री खरिदका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
गुड नेवर्स जापान र गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं पीसविन नेपालको साझेदारीमा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार परियोजना (WASH in School Project, Bajura) सञ्चालन भइरहेको छ। यस परियोजनाअन्तर्गत कार्यक्षेत्रभित्रका ३ वटा सामुदायिक विद्यालयमा लैङ्गिकमैत्री, अपाङ्गतामैत्री तथा महिनावारीमैत्री शौचालय र खानेपानीका धारा निर्माणका लागि आवश्यक निर्माण सामग्री खरिद गर्नुपर्ने भएकाले इच्छुक तथा योग्य कम्पनी/फर्म/सप्लायर्सहरूबाट TOR मा उल्लिखित नियम, सर्त तथा मापदण्डको अधीनमा रही अनुसूची–१ बमोजिमका निर्माण सामग्रीहरू आपूर्ति गर्न सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ।
सिलबन्दी दरभाउपत्र बुझाउने प्रक्रिया
उपरोक्त बमोजिमको सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८३ भदौ १७ गते (तदनुसार २ सेप्टेम्बर २०२६) साँझ ५:०० बजेसम्म, इमेल ठेगाना peacewin.calls@gmail.com वा बडीमालिका नगरपालिका-९, मार्तडी, बाजुरास्थित पीसविन नेपाल कार्यालयमा बुझाउन सकिनेछ। इमेलमार्फत सिलबन्दी दरभाउपत्र पेश गर्दा दरभाउपत्रको अनुसूची अनिवार्य रूपमा पासवर्ड प्रोटेक्टेड (Password Protected) गरी पठाउनुपर्नेछ। बोलपत्रदाताले कुल बोलपत्र रकम (VAT सहित) को २.५% बराबरको बोलपत्र धरौटी बोलपत्र कागजातसँगै Original बैंक ग्यारेन्टी (Bank Guarantee) का रूपमा पेश गर्नुपर्नेछ । सम्झौता प्रदान भएपछि छनोट भएको बोलपत्रदाताले कुल सम्झौता रकम (VAT सहित) को थप २.५% बराबरको कार्यसम्पादन बैंक ग्यारेन्टी (Performance Bank Guarantee) पेश गर्नुपर्नेछ।
नोट: सेवा प्रदायक कम्पनी, फर्म वा आपूर्तिकर्ता छनोट गर्ने वा नगर्ने सम्बन्धमा सम्पूर्ण अधिकार परियोजनाको संयुक्त खरिद समितिमा निहित रहनेछ। TOR तथा सम्बन्धित अनुसूचीहरू (Annexes) तल समावेश गरिएको छ । साथै PeaceWin Nepal को आधिकारिक वेबसाइट https://www.peacewin.org.np/ बाट पनि प्राप्त गर्न सकिनेछ ।
LINKS:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 19 Aug, 2026 |
| Apply Before | 02 Sep, 2026 |
| City | Bajura |