शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना
Details / requirements:
शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३ /०१/२९ गते (12 May 2026)
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रिलिफ नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित बाल स्पोन्सरशिप परियोजना अन्तर्गत तपसिलका उल्लेखित सामग्रीहरू खरिद गर्न लागिएको हुनाले तोकिएको मापदण्ड पुरा गर्नुहुने इच्छुक फर्म र कम्पनिहरूले उल्लेखित कागजात सहित दरभाउ पत्र शिलबन्दी गरि मिति २०८३/०२/०२ गते (१६ मे २०२६) दिनको १२:०० बजेसम्म रिलिफ नेपाल, सिन्धुलीको कार्यालयमा पेश गर्न आह्वान गर्दछौँ ।
Note: बजेट पर्याप्तताको आधारमा कुनै एउटा तौल भएको सामग्री मात्र खरिद गरिनेछ ।
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ५ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) PAN वा VAT दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरीन्छ । समय भित्र पेश नभएको कोटेशन मान्य हुने छैन ।
२. कोटेशन सम्बन्धी कागजात रीतपूर्वक भरी सही छाप गरी शिलबन्दी गरि कोटेशन पेश गर्ने संस्थाको नाम, ठेगाना, फोन नं. खामको बाहिर स्पष्ट उल्लेख गरि संस्थाहरूको सम्पर्क कार्यालयमा मिति २०८३/०२/०२ गते दिउँसो १२ बजे भित्र बुझाउनु पर्नेछ ।
३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
४. कोटेशन लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समय कोटेशन पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
५. खाध प्रबिधि तथा गुण नियन्त्रण बिभाग द्वारा जारि गरिएको प्रमाणपत्रको प्रतिलिपि ।
६. आवस्यक दरभाउ पत्र तलको लिंकबाट प्राप्त गर्न सक्नु हुनेछ ।
Links:
Supplier Registration Form_FY 2026
Supplier Code of Conduct in Nepali
कोटेशन बुझाउने तथा सम्पर्क गर्ने ठेगाना:
कार्यालयको सम्पर्क ठेगाना Relief Nepal, Kamalamai Municipality-6, Sindhuli Phone: 047-520915 Email: scm@reliefnepal.org.np |
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 12 May, 2026 |
| Apply Before | 16 May, 2026 |
| City | Sindhuli |