शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना

Social Awareness Center SAC Nepal

Details / requirements:

प्रथम पटक प्रकाशित मिति २०८२ फागुन १२ गते 

शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना ।

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्ष देखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Save the children को आर्थिक सहयोग र यस संस्थाको साझेदारीमा सुर्खेत जिल्लाको बराहताल गाउँपालिकामा संचालित भएको  My Forest Child कार्यक्रम अन्तरगत सामुदायिक वन उपभोक्ता समुहका लागि आवश्यक परेकोले उक्त सामग्रीहरू उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८२।११।१६ गतेसम्म दिउसो १ बजेसम्म शिलबन्दी कोटेशन पेश गर्न आह्वान गरिन्छ ।

कोटेशन फारम : Quotation Form

विस्तृत विवरणका लागि तलको लिंकमा जानुहोला ।

https://drive.google.com/uc?export=download&id=1vFMTDxUfgSei8d564liPqIzCPdgrXjgF

शिलबन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगानाः 

शिलबन्दी कोटेशन पठाउनु पर्ने अन्तिम मिति र समयः २०८२/११/१६ गते दिउसो १ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर १२ दिपनगर सुर्खेत वा इमेल बाट पेश गर्नु परेमा शिलबन्दी दरभाउ पत्र पठाउदा दिइएको पिडिएफ PDF फाइललाई पासवर्डले लक गरी वा पासवर्ड नभई खोल्न नमिल्ने गरी पठाउनु पर्ने छ, दरभाउ पत्र र पासवर्ड पठाउनु पर्ने इमेल ठेगाना sacquotation@gmail.com  शिलबन्दी कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा कार्यलय खुल्ला रहुने छ ।

कोटेशन खोल्ने समय २०८२/११/१७ गते विहान ११ बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत ।प्राप्त कोटेशनहरू आपूर्ती कर्ताको प्रतिनिधिको रोहबरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।

कोटेशन पूर्ण वा आंशिक रूपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा निहित रहनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 24 Feb, 2026
Apply Before 28 Feb, 2026
City Surkhet