शिलबन्दी कोटेसन आह्वानको सूचना
Details / requirements:
एकीकृत हातेमालो समाज नेपाल (सियान)
शिलबन्दी कोटेसन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२/१२/२६
१. परियोजनाको शीर्षक: पोषण मार्फत जीवन रुपान्तरण परियोजना र पोषण परियोजना
एकीकृत हातेमालो समाज नेपालले iDE Nepal को प्राविधिक सहयोगमा पश्चिम नवलपरासीमा “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” तथा सिराहा तथा सप्तरी जिल्लामा “पोषण परियोजना” संचालन गरिरहेको हुदा यस अन्तर्गत तपसिल अनुसारका विभिन्न सामग्रीहरू आवश्यक परेकोहुदा इच्छुक आपूर्तिकर्ताहरूबाट रीतपूर्वक शिलबन्दी कोटेसन आह्वान गरिन्छ।
नोट: स्टेनलेस स्टिल फिल्टर तथा वास किट्स सम्बन्धी कोटेसनहरू स्थानीय तथा जिल्लाभित्रका आपूर्तिकर्ता/विक्रेताबाट प्राप्त भएको अवस्थामा मात्र मान्य गरिनेछ; अन्य स्थानबाट प्राप्त कोटेसनलाई मान्यता दिइने छैन।
२. शिलबन्दी दरभाउ पत्र सम्बन्धि शर्तहरू:
२.१: शिलबन्दी कोटेशनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू :
- कोटेसन फारम भरेर प्रत्येक पानामा हस्ताक्षर र छाप लगाई पेश गर्नुपर्ने ।
- व्यवसाय दर्ता, प्यान तथा भ्याट प्रमाणपत्रको प्रतिलिपि ।
- बस्तु तथा सेवा बिक्री बितरणका लागि लाईसेन्स वा इजाजत आवश्यक पर्ने भएमा सो प्रमाणपत्रको नविकरण प्रतिलिपि ।
- करचुक्ता प्रमाण पत्र (२०८१।२०८२) को प्रतिलिपि ।
- कालो सुचीमा नपरेको स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर गरेको ।
३. शर्तहरू:
३.१: कोटेसन संग सम्बन्धित फारम माथि उल्लेख गरिए बमोजिमको कागजात पेश गरी संस्थाको इमेल ठेगाना: procurement@sian.org.np मार्फत सम्पर्क गरी वा संस्थाको उल्लेखित ठेगानामा सम्पर्क गरी प्राप्त गर्न सकिने छ | साथै कुन बस्तुको वा सामग्रीको फारम आवस्यक परेको हो Subject Line मा खुलाउनु पर्ने छ |
३.२: सामाग्रीहरूको गुण, विशेषता र प्रति एकाई मुल्य, आपूर्ति हुने समय आदि अनिवार्य रूपमा खुलाउनु पर्नेछ । प्रति इकाई मुल्य र परिमाणको गुणनमा र जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । प्रति इकाई मूल्यमा केरमेट भएमा सही छाप लगाउनु पर्नेछ ।
३.३: कोटेशनसँगै आवश्यक कागजातहरूमा हस्ताक्षर र छाप लगाई शिलबन्दी कोटेशन संस्थाको कार्यालयमा आई दर्ता गराउनु पर्ने छ अथवा ईमेलद्वारा पठाउदा PDF बनाई पासवर्ड राखी पठाउनु पर्नेछ ।
३.४: कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ । साथै शिलबन्दी कोटेशनमा पेश गर्दा अनिवार्य नमुना प्रतिको फोटो समेत पेश गनुपर्ने छ ।
३.५: कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कोटेशनमा उल्लेखित सामाग्रि पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।
३.६: संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठकमा तोकिएको समयमा कोटेशन खोलिनेछ । तर कम्पनीको प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्ने बाधा पर्ने छैन ।
३.७: कोटेशनमा उलेखित सामाग्री को नमुना को एकप्रति फोटो सोही शिलबन्दी कोटेशनमा उपलब्ध गराउनु पर्ने छ ।
३.८: कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी, बाल सुरक्षा निती तथा अन्य कागजातहरू (कोटेशन सँगै फरमेट उपलब्ध गराइनेछ) प्रत्येक पानामा सही छाप सहित शिलबन्दी गरी संस्थाको काठमान्डू बिजुलीबजार स्थित केन्द्रीय कार्यालय वा नवलपरासी स्थित फिल्ड कार्यालयमा स्वयम् उपस्थिति वा प्रतिनिधिको भौतिक उपस्थितिमा मिति २०८३/०१/०२ गते बुधबार, दिनको ५:०० बजे भित्र बुझाउन सकिनेछ । सो दिन विदा परेमा कार्यालय खुलेको पहिलो दिनको १०:०० बजे भित्र दर्ता गराई सक्नुपर्ने छ । सो समयावधी पश्चात प्राप्त शिलबन्दी कोटेशन स्वतः बदर ठहरिने छ । अथवा माथि उल्लेख गरे बमोजिम PDF बनाइ password राखेर email बाट पनि पाठाउन सकिने छ |
संस्थाले कुनै पनि वा सबै कोटेशनहरू अस्वीकार वा स्वीकार गर्ने सम्पूर्ण अधिकार सुरक्षित राख्दछ।
थप जानकारीको लागि:
एकीकृत हातेमालो समाज नेपाल (सियान)
सम्पर्क न.: ०१-५२४४९६२ (केन्द्रीय कार्यालय), ०७८-५९०६७१ (फिल्ड कार्यालय)
(फिल्ड कार्यालय: रामग्राम नगरपालिका—१२, पश्चिम नवलपरासी)
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 09 Apr, 2026 |
| Apply Before | 15 Apr, 2026 |
| City | Nawalparasi West |