शिलबन्दी बोलपत्र आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल

रौतहट

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रकाशित मिति २०८२/१२/१६

ग्रामीण विकास केन्द्र नेपाल तथा गुड नेवर्श ईन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित  सेफ गल्र्स  परियोजना अन्तर्गत यस रौतहट जिल्लाको गौर, परोहा, राजपुर, यमुनामाई र देवाही गोनाही नगरपालिका/गाउँपालिका तथा सर्लाही जिल्लाको हरिपुर्वा, कौडेना, बसबरीया नगरपालिका/गाउँपालिकामा संचालित Safe Girls परियोजना अन्तर्गत विभिन्न सामाग्रीहरू खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलबन्दी बोलपत्र आह्वाान गरिन्छ ।

 क्र.सं.बोलपत्र नं.विवरणथप जानकारी
TRN/FY2025/26-012सेफ स्पेस तथा किशोर किशोरी मैत्री सुचना केन्द्र स्थापना को लागि IT Materials, भित्ते चित्र बनाउने, फर्निचर, खेलकुद सामग्री, कार्यालय सामग्री र मेडिकल सामग्रीतल दिईएको फोन नम्बरमा समपर्क गर्न सकिनेछ ।

१. सेफ स्पेस तथा किशोर किशोरी मैत्री सुचना केन्द्र भनेको किशोर किशोरीहरूका लागि सुरक्षित, सहयोगी र सशक्त वातावरण हो जहाँ उनीहरूले शिक्षा, सूचना र भावनात्मक समर्थन प्राप्त गर्न सक्छन् ।  सेफ स्पेस तथा किशोर किशोरी मैत्री सुचना केन्द्र स्थापना को लागि IT Materials, भित्ते चित्र बनाउने, फर्निचर, खेलकुद सामग्री, कार्यालय सामग्री र मेडिकल सामग्री  खरीद गर्ने सम्बन्धीत विषयको ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताले व्यवसाय दर्ताको प्रमाण पत्र (नविकरण सहित), मु.अ.कर (VAT)दर्ता प्रमाण पत्र र आर्थिक वर्ष २०८१/८२  को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी अनिवार्य रुपमा पेशगरी यस संस्थाको शाखा कार्यलय गौर–५ क्यामपस रोडमा सम्पर्क गरी बोलपत्र सम्बन्धी फारम प्राप्त गर्न सकिन्छ अथवा procurement@rdcnepal.org मा उल्लेखित कागजात पठाई माँग गर्न सकिन्छ ।

२. यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी सम्बन्धित क्याटोगरी (IT Materials, भित्ते चित्र बनाउने, फर्निचर, स्टेश्नरी सामग्री, कार्यालय सामग्री र मेडिकल सामग्री खुलाई संस्थाको शाखा कार्यलय गौर–५ क्यामपस रोडमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी मिति २०८२/१२/३० गते साँझ ५ बजे भित्र बुझाउन सकिनेछ । बोलपत्र फारम प्राप्त गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ ।

३. बोलपत्र फारम मिति २०८३/०१/०२  गते दिउँसो १२ बजे देखि सम्पुर्ण आपूर्तिकर्ताको भौतिक उपस्तिथिमा यस संस्थाको शाखा कार्यालय शाखा कार्यलय गौर–५ क्यामपस रोडमा, रौतहटमा खोलिने छ । 

४. शिलबन्दी बोलपत्र फारामका साथ बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५% Bid security (Bank guarantee)को रुपमा यस कार्यालयको नाममा जम्मा गर्नुपर्ने छ । Bid Security सम्बन्धी थप विवरण बोलपत्र फाराममा उल्लेख गरिएको छ ।

५. बोलपत्रसँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरु प्राप्त गर्न सकिनेछ । बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण बिकाश केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।

६. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरूलाई स्वतः रद्द भएको मानिनेछ ।

७. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०२३ तथा नेपाल सरकारको प्रचलित बिद्यमान कानून बमोजिम हुनेछ ।

ग्रामीण विकास केन्द्र नेपाल

गौर–५, क्यामपस रोड, रौतहट, मधेश प्रदेश

फोन.नं.  ०५५–५२०२४०/९८६५४११८३३

Email: procurement@rdcnepal.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 30 Mar, 2026
Apply Before 13 Apr, 2026
City Rautahat