शिलबन्दी बोलपत्र आह्वानको सूचना
KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.
Details / requirements:
किर्डाक नेपाल
शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिती: २०८२ पौष २८ गते (१२ जनवरी २०२६)
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले विभिन्न विकास साझेदार संस्थाहरूसँगको साझेदारीमा देशका बिभिन्न स्थानमा विभिन्न प्रकारका परियोजना संचालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा शिक्षाक्षेत्र सँग सम्बन्धित परियोजना अन्तर्गतका क्रियाकलापहरूको कार्यान्वयनका लागि यस संस्थालाई सन २०२६ मा आवश्यक पर्ने प्रारम्भिक बालविकासलाई आवश्यक पर्ने सामग्रीहरू, नमुना कक्षाकोठा निर्माणका लागि, प्लेईङ्ग तथा लरनिङ्गका सामागी्रहरू तथा बालबालिकाहरूलाई आवश्यक शैक्षिक सामाग्री (कपि, कलम, सिसाकलम,सार्पनर, ईरेजर आदि) र विद्यालय पोशाक (सर्ट, पाईन्ट, झोला) प्रदान गर्नका लागि आवश्यक पर्ने सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले Terms of Reference मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानिय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताबाट शिलबन्दी बोल–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
बोलपत्रमा अनिवार्य समावेस गर्नुपर्ने कागजातहरू:
क) अनिवार्य रुपमा पेश गर्नुपर्ने कागजातहरू:
- कम्पनी वा फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी
- आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ताको प्रमाण पत्र प्रतिलिपी वा म्याद थपको प्रतिलिपी
- VAT दर्ताको प्रमाण पत्र प्रतिलिपी
- बोलपत्र आवेदकले दरभाउ पत्रको साथै आफूले सप्लाई गर्ने सामग्रीको नमूना पेश गर्नु पर्ने छ । यदि भौतिक रुपमा नमुना पेश गर्न व्यवहारिक नभएमा प्रतिगोटा धेरै मुल्य भएका साग्रहीको हकमा रङिगन फोटोहरू र साम्रगीको बा्रण्ड र कम्पनी स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने छ ।
- कम्पनीको स्टयाम्प तथा आधिकारिक हस्ताक्षर सहितको सप्लार्यस कोड अफ कन्डक्ट र बाल संरक्षण निति
- बोलपत्र आवेदक कम्पनी/फर्म कालो सूचि वा कुनै कारबाहीमा नपरेको स्वःघोषणा पत्र (अनुसुची ३)
- पहिले काम गरेको प्रारम्भिक बालविकास तथा नमुना कक्षाकोठा व्यवस्थापनको फोटोसहित ( विद्यालयको नाम तथा ठेगाना पनि उल्लेख गर्नु पर्नेछ) ।
- अन्य कुनै संस्था, कम्पनी वा फर्मसँग यस्तै वा सम्बन्धीत कार्य अनुभवको कृतज्ञता, क्षमता तथा सेवा प्रदायको बारेमा लेखिएको चिठी वा कागजात ।
- फर्मले आफनो लेटरप्याडमा पहिलो पक्षले अर्डर जारी गरेपछि सामग्री उपलब्ध गराउन सक्ने समय दिनमा उल्लेख गर्नुपर्ने छ। साथै कक्षाकोठा सेटअप र प्रारम्भिक तालिम प्रदान गर्न सक्ने/नसक्ने कुराको जानकारी स्पष्ट पार्नु पर्ने छ।
आवेदन दर्ता गर्ने प्रक्रिया:
शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ९ दिन भित्र अर्थात २०८२/१०/०६ गते (तद्नुसार २० जनवरी २०२६ साँझ ५:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुरमा बुझाउनुपर्ने छ । खरिद गरिने सामाग्रीको नाम विवरण, परिमाण, Terms of Reference र बोल–पत्रको आवेदन फाराम (Bid Form) यो लिंक https://kirdarc.org/tender/ वाट वा तल उल्लेखित लिंकबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयहरूबाट समेत प्राप्त गर्न सकिनेछ ।
Link_3: Due Diligence/ Code of Conduct
यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुर (०१–५४४८३२१) मा सम्पर्क गर्न सकिने छ ।
शिलबन्दी बोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 12 Jan, 2026 |
| Apply Before | 20 Jan, 2026 |
| City | Lalitpur |