शिलबन्दी बोलपत्र आह्वान
Details / requirements:
दलित समाज उत्थान समिति नेपाल
जनकपुरधाम उपमहानगरपालिका ४, धनुषा
शिलबन्दी बोलपत्र आह्वान
प्रथम पटक प्रकाशित मिति २०८३।०६।०८ गते
Islamic Relief Worldwide को आर्थिक सहयोग तथा क्ष्कबिmष्अ च्भष्भिा ल्भउब िको प्राविधिक सहयोगमा यस दलित समाज उत्थान समिति नेपाल (DSWCN)को सहजिकरणमा मधेश प्रदेशका महोत्तरी जिल्लाको बलवा नगरपालिकाको वडा नं.४ र ११ मा संचालित Scaling – Up Extreme Poverty Graduation & Climate Change Resilience in Disaster Vulnerable Communities in Nepal परियोजना अन्तर्गत गरिब, दलित, सिमान्तकृत र जोखिममा परेको समुदायका अति विपन्न घर परिवारहरुको आय आर्जनमा बृद्धि गर्नको लागि व्यवसायीक सहयोग गर्ने उद्देश्यले सिलाई कटाई पसल, फलफूल व्यवसाय, खेलौना पसल, नास्ता पसल, किराना पसल, पाडा पालन, तथा तरकारी खेतिको लागि आवश्यक सामाग्री खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरूबाट रितपूर्वक शिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
| बोलपत्र न. | सामाग्री विवरण | स्थान |
| ०१/२०८३/८४ | आयआर्जनका लागि आवश्यक माथि उल्लेखित सामाग्रीहरू | महोत्तरी जिल्लाको बलवा नगरपालिका वडा नं. ४ र ११ |
- ईच्छुक र इजाजत प्राप्त फर्म तथा कम्पनीले www.JobsNepal.com को बेबसाईटमा गई आवश्यक थप जानकारी प्राप्त गर्न सक्नेछन तथा यसै सुचनामा उपलब्ध लिंक मार्फत बोलपत्र सम्बन्धि सम्पुर्ण कागजातहरू (प्राविधिक तथा वित्तिय प्रस्ताव फारम) प्राप्त गर्न सकिनेछ अथवा संस्थाको कार्यालयबाट शिलबन्दी बोलपत्र फारम निःशुल्क प्राप्त गर्न सकिनेछ वा ईमेल dswcn.procurement@gmail.com मार्फत् समेत मागँ गर्न सकिनेछ ।
- शिलबन्दी बोलपत्र पेश गर्दा योग्य कम्पनी तथा फर्मले आवश्यक कानुनी कागजातहरू दर्ता प्रमाणपत्र, प्यान/भ्याट दर्ता प्रमाण पत्र, अनुमति वा इजाजत पत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाण–पत्र साथै अनुभवको प्रमाणपत्र समेत पेश गर्नुपर्ने छ । नयाँ दर्ता भएको फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने छैन । कबोल गरेको रकमको २.५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्र वित्तिय प्रस्तावानाको खाम सँगै अनिवार्य पेश गर्नु पर्नेछ ।
- बोलपत्रको प्राविधिक र वित्तिय प्रस्तावलाई छुट्टा छुट्टै खाममा लाहाछाप शिलबन्दी गरी खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र फर्मको छाप खाममा अनिवार्य लगाई पेश गर्नु पर्नेछ अथवा प्राविधिक प्रस्ताव (Technical Proposal) र वित्तीय प्रस्ताव (Financial Proposal) का प्रत्येक पानामा दस्तखत र छाप लगाई, पासवर्डबाट सुरक्षित (password–protected) पीडीएफ (PDF) फाइल बनाई इमेल मार्फत विद्युतीय रूपमा पेश गर्न सकिनेछ ।(फाइलको नाममा आरएफक्यू सन्दर्भ नं. ०१/२०८३/०८४ – विक्रेता/आपूर्तिकर्ताको नाम – Proposal उल्लेख गर्नुपर्नेछ । प्राविधिक प्रस्ताव (Technical Proposal) र वित्तीय प्रस्ताव (Financial Proposal) अलग अलग पासवर्ड राखी दुइ फाइल बनाउनु पर्ने छ ।
- शिलबन्दी बोलपत्र पेश गर्ने अवधि सूचना प्रकाशन भएको मितिले ११ दिन सम्मको लागी २०८३।०६।१८ गते आईतबार दिनको ५:०० बजे सम्म रहनेछ । शिलबन्दी बोलपत्र पत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा कार्यालय खुलेको दिनमा शिलबन्दी बोलपत्र बुझाउन सकिनेछ । साथै मिती २०८३।०६।१९ का दिन ११:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालय जनकपुर मा बोलपत्र खोलिनेछ ।
- प्रि–विड मिटिङ्ग मिति २०८३।०६।१२ गते (२८ सेप्टेम्वर २०२६) सोमबारको दिन गरिने छ । सहभागिताको लागि dswcn.procurement@gmail.com मा सम्पर्क गरी सुनिश्चित गर्नुपर्ने छ ।
- कुनै कारणबश उक्त मितिमा बोलपत्र खोल्न नसकिएमा खरिद समितिले निर्णय गरे बमोजिम हुनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- समय सिमा नाघे पश्चात प्राप्त भएको शिलबन्दी बोलपत्रहरु स्वतः अस्विकृत हुनेछन् ।
- शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।
- शिलबन्दी आशयपत्रको आर्थिक तथा प्राविधिक प्रस्तावनाको मुल्यांकनको आधारमा पूर्ण रुपमा खारेज वा अस्विकृत गर्ने पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहीत रहनेछ ।
- ईच्छुक योग्य कम्पनी तथा फर्मले शिलबन्दी बोलपत्र यस संस्थाको कार्यालय जनकपुरधाम उप महानगरपालिका–४, विश्वकर्मा चौक, धनुषामा शिलबन्दी गरि हार्डकपि बुझाउनु पर्नेछ वा इमेलद्वारा विद्युतीय प्रस्ताव बुझाउन सकिने छ ।
- शिलबन्दी बोलपत्र सम्बन्धमा केही जानकारी आवश्यक परेमा तल उल्लेखीत ईमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।
Link:
Technical Proposal_Inputs Support for IGA DR
Financial Proposal_Inputs Support for IGA_14 Sept.2026_AU
ठेगाना
दलित समाज उत्थान समिति नेपाल (DSWCN), महोत्तरी
जनकपुरधाम उपमहानगरपालिका–४, विश्वकर्मा चोक, धनुषा
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 24 Sep, 2026 |
| Apply Before | 04 Oct, 2026 |
| City | Mahottari |