शिलबन्दी बोलपत्र आह्वान

International Nepal Fellowship (Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मिति: २०८२ माघ १५ गते

बोलपत्र न. ००४–२०८२/०८३

ईन्टरनेशनल नेपाल फेलोशिप (आई एन एफ) नेपाल सन् १९५२ मा स्थापना भएको एक गैरसरकारी संस्था हो । यसले अस्पताल र स्वास्थ्य तथा सामुदायिक विकासका कार्यक्रमहरू मार्फत नेपालका गरिब र सिमान्तकृत जनताको भरिपूर्ण जीवनयापनको लागि सेवाहरू गर्दछ । आई एन एफ नेपालले हाल नेपालका गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्वास्थ्य तथा सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेकोछ ।

आई एन एफ नेपाल बाजुरा शाखालाई खाद्य तथा पोषण र उनन्त बिउबिजन आपूर्तिका लागि इजाजत प्राप्त ईच्छुक योग्य आपूर्तिकर्ताहरूबाट तल दिईएको ठेगानामा आईपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न हुन आह्वान गरिन्छ ।

तपसिल:

१) शिलबन्दी बोलपत्र मिति २०८२ माघ २७ गते मंगलबारका दिन दिउसो ४:०० बजे भित्र पेश गरिसक्नु पर्नेछ ।

२) बोलपत्र फाराम र अन्य कागजातहरू तल दिईएको ठेगाना मार्फत प्राप्त गर्न सकिनेछ र आपूर्तिकर्ताले सोहि फाराममा दर राखेर पेश गर्नुपर्नेछ । साथै कागजातहरू पी डी एफ गरेर ईमेल मार्फत पनि पेश गर्न सकिनेछ ।

३) आपूर्तिकर्ताले शिलबन्दी बोलपत्रको साथमा अध्यावधिक फर्म दर्ता, स्थायी लेखा.न/मु.अ.कर दर्ता र आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र साथै अन्य कागजाताहरू आई टी वी मा उल्लेख भए बमोजिम पेश गर्नुपर्नेछ ।

४) आपूर्तिकर्ताले एक पटक पेश गरी सकेको शिलबन्दी बोलपत्र पूनः संसोधन गर्न पाईने छैन ।

५) फाराममा दरभाउ राख्न छुटाएका, म्यादनाघी आएका तथा माग गरे बमोजिमका कागजातहरू संग्लन नभएका शिलबन्दी बोलपत्र माथि कुनै कारवाही गरिने छैन ।

६) आपूर्तिकर्ताले आफूले पेश गरेको शिलबन्दी बोलपत्र खामको बाहिरपट्टि स्पष्ट रुपमा खाद्य तथा पोषण वा उनन्त बिउबिजन आपूर्ति बारे उल्लेख गरि फर्मको नाम, ठेगाना, सम्पर्क नम्बर र फर्मको छाप लगाउनु पर्नेछ ।

७) बोलपत्रमा उल्लेखित दररेट स्पष्ट रुपमा हुनु पर्नेछ । साथै कुल रकमको अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरको रकम फरक परेमा अक्षरलाई मान्यता दिईनेछ ।

८) बोलपत्रदाताले बोलपत्र धरौटी वापतको कुल कवोल रकमको २.५ प्रतिसतका दरले हुन आउने रकम यस आई एन एफ बाँके कार्यक्रमको नविल बैक शाखा कार्यालय नेपालगंजमा रहेको चल्ती खाता न. १४०१०११०१६९०१ मा जम्मा गरेको भौचर बोलपत्रको साथमा पेश गर्नुपर्नेछ ।

९) प्राप्त बोलपत्रहरू मिति २०८२ माघ २८ गते बुधबारका दिन विहान ११:०० बजे खोलिनेछ । उक्त दिन विदा पर्न गएमा सोको भोलीपल्ट सोही समयमा तल उल्लेखित ठेगानामा खोलिनेछ । बोलपत्रहरू खोल्दा आपूर्तिकर्ता/फर्म उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा भएको मानिनेछैन ।

१०) बोलपत्रहरू कारण खुलाई वा नखुलाई पुरै अथवा आंशिक स्विकृत गर्ने वा पुरै रद्ध गर्ने अधिकार यस कार्यालयमा निहीत रहनेछ ।

बोलपत्र पेश गर्ने ठेगाना:

आई एन एफ नेपाल बाजुरा शाखा, बुढीनन्दा न.पा. कोल्टी बाजुरा, फोन न. ०९७–५४१२३६

आई एन एफ नेपाल बाँके शाखा, जानकी गा.पा.–०३, बाँके फोन. ०८१–५३४०३०

वा इमेलः procurement.banke@inf.org.np पेश गर्न सकिने छ ।

Links:

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 29 Jan, 2026
Apply Before 10 Feb, 2026
City Banke, Bajura