सेवा खरिद सम्बन्धी सिलबन्दी कोटेशन आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

सेवा खरिद सम्बन्धी सिलबन्दी कोटेशन आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८३/०८/०१)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर गाउँपालिका तथा सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकासँगको सहकार्यमा जलवायु मैत्री गाउँ मधेश प्रदेश नेपाल परियोजना सञ्चालन गरिरहेको छ।

उल्लिखित परियोजनाअन्तर्गत तपसिलबमोजिमको परामर्श सेवा खरिद गर्नुपर्ने भएकाले मूल्य अभिवृद्धि कर (मू.अ.क.) दर्ता भएका, वा मू.अ.क. दर्ता नगरी सञ्चालन गर्न पाउने भनी कानुनले तोकिदिएको हकमा भ्याटमा दर्ता भएका, उल्लिखित सेवा प्रदान गर्न इच्छुक परामर्शदाता तथा फर्महरूबाट यो सूचना प्रकाशन भएको मितिले ११ दिन अर्थात् २०८३ साल मंसिर ११ गते दिउँसो ४:०० बजेभित्र तपसिलका शर्तहरूका अधीनमा रही कार्यालय समयभित्र कार्यालयमा उपस्थित भई वा इमेल nfgfmadeshpradesh2075@gmail.com सेवाप्रदायकको लेटर प्याडमा सेवाको कार्यक्षेत्र (ToR) अनुसारको प्राविधिक तथा आर्थिक प्रस्ताव र शर्तनामासहितको गोप्य सिलबन्दी कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।

सेवा प्रदान गरिने कार्यको विवरण

कृपया ToR बमोजिम प्राविधिक तथा आर्थिक प्रस्ताव तयार गर्नुहोला।

क्र.सं.सेवाको विवरणसेवा प्रदान गर्ने स्थानकार्य अवधिकैफियत
१भगवानपुर गाउँपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील फ्रेमवर्क (LDCRF) तयारी सम्बन्धी परामर्श सेवाभगवानपुर गाउँपालिका, सिरहासम्झौता मितिले ४० कार्य दिनToR संलग्न
२अग्निसाइर कृष्णासवरण गाउँपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील फ्रेमवर्क (LDCRF) तयारी सम्बन्धी परामर्श सेवाअग्निसाइर कृष्णासवरण गाउँपालिका, सप्तरीसम्झौता मितिले ४० कार्य दिनToR संलग्न

Links:

ToR_LDCRF_Bhagwanpur_Siraha

ToR_LDCRF_Agnisaier_Krishna_Savran_Saptari

शर्तहरू

१. उल्लिखित सेवा सम्बन्धित गाउँपालिकाको ToR बमोजिम तोकिएको कार्यक्षेत्र, कार्य अवधि तथा कार्यसम्पादन प्रतिmल अनुसार सम्पन्न गर्ने गरी प्रस्ताव पेश गर्नुपर्नेछ।

२. छनोट भएका सेवाप्रदायकसँग सम्झौता गरी ToR बमोजिम सेवा लिइनेछ। सेवाप्रदायकले सम्झौता अनुसार कार्य सम्पन्न गरी बिल भर्पाइसहित महासंघको कार्यालयमा भुक्तानी माग गर्नुपर्नेछ, र महासंघले आवश्यक प्रक्रिया पूरा गरी बैंक खाता मार्फत सम्झौता बमोजिम किस्ताबन्दीमा (५० प्रतिशत, ३० प्रतिशत र २० प्रतिशतका दरले) रकम भुक्तानी गर्दै जानेछ।

३. सेवाप्रदायकलाई भुक्तानी गर्दा नियमानुसार लाग्ने कर कटौती गरी मात्र रकम भुक्तानी गरिनेछ।

४. कोटेशन पेश गर्दा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, मू.अ.क. (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, व्यवसायीको नागरिकताको प्रतिलिपि १ थान, समान प्रकृतिका कम्तीमा २ वटा सम्पन्न कामको अनुभवको प्रमाण, प्रस्तावित विज्ञ टोलीको CV बैंक खाता नं., सम्पर्क नं. र इमेल ठेगाना, तथा आवेदन गरिएको गाउँपालिकाको ToR संलग्न गरी पेश गर्नुपर्नेछ। भगवानपुर गाउँपालिकाको आवेदनमा भगवानपुर गाउँपालिकाको ToR र अग्निसाइर कृष्णासवरण गाउँपालिकाको आवेदनमा सोही गाउँपालिकाको ToR संलग्न हुनुपर्नेछ। सिलबन्दी खामबाहिर कोटेशनदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्र्म को छाप र आवेदन गरिएको गाउँपालिकाको नाम अनिवार्य हुनुपर्नेछ।

५. प्राविधिक प्रस्ताव अधिकतम ६ पृष्ठ र आर्थिक प्रस्ताव अधिकतम २ पृष्ठको हुनुपर्नेछ। दुवै प्रस्ताव अंग्रेजी भाषामा तयार गरी अलग अलग पेश गर्नुपर्नेछ।

६. कोटेशन फारममा उल्लिखित सेवाको दर (कर समेत) अंक र अक्षर दुवैमा स्पष्ट लेखिएको हुनुपर्नेछ। अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ। केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन।

७. कोटेशन फारम खाम बन्द गरी लाहाछापले सिलबन्द गरिएको हुनुपर्नेछ, अन्यथा उक्त कोटेशन दर्ता गर्न बाध्य हुने छैन।

८. इमेल मार्mत पठाउँदा इमेलको विषय (Subject) मा आवेदन गरिएको गाउँपालिकाको नाम उल्लेख गर्नुपर्नेछ, जस्तैः "BHAGWANPUR GA.PA LDCRF" वा "AGNISAIER KRISHNA SAVRAN GA.PA LDCRF"। इमेलमा कोटेशन तथा प्रमाणपत्रहरूको स्क्यान प्रति, बैंक भौचरको स्क्यान प्रति र सम्बन्धित गाउँपालिकाको ToR पनि संलग्न गर्नुपर्नेछ।

९. कोटेशन फाराम शुल्क रु १,०००।– (अक्षरेपी एक हजार रुपैयाँ मात्र) प्रति फाराम (फिर्ता नहुने गरी) तिरेको रसिद/भौचर एक प्रति अनिवार्य रूपमा कोटेशनसाथ संलग्न गर्नुपर्नेछ। कुनै फर्मले दुवै गाउँपालिकाको ToR का लागि आवेदन दिने भएमा दुई पटक अलग अलग रु १,०००।– जम्मा गरी दुई वटा अलग अलग भौचर संलग्न गर्नुपर्नेछ। भौचर संलग्न नभएको कोटेशन रद्द गरिनेछ।

बैंकको नाम: कृषि विकास बैंक, बानेश्वर शाखा

खाताको नाम: National Farmers Group Federation Nepal

खाता नम्बर: 0210201600857019

१०. म्याद नाघी वा रीत नपुगी आएका कोटेशन उपर कुनै कारबाही हुने छैन।

११. अन्य शर्तनामा राष्ट्रिय कृषक समूह महासंघ नेपालको खरिद नीति तथा नियमावली र नेपाल सरकारको प्रचलित कानुनबमोजिम हुनेछ। सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा निहित रहेको छ।

कोटेशन खोल्ने मिति, पेश गर्ने ठेगाना र सम्पर्क

पेश गरिएका कोटेशनहरू २०८३ साल मंसिर १३ गते दिउँसो २ बजे संस्थाका प्रतिनिधि तथा कोटेशनदाता स्वयं वा निजका प्रतिनिधिको उपस्थितिमा वा अनुपस्थितिमा यस संस्थाको कार्यालयमा खोलिनेछ। तोकिएको दिनमा कोटेशनदाता वा निजका प्रतिनिधि अनुपस्थित भए पनि सिलबन्दी कोटेशन खोल्न कुनै बाधा पर्ने छैन। सो दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिन कोटेशन खोलिनेछ। थप जानकारी आवश्यक परे तलको फोन नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ।

कोटेशन प्राप्त गर्ने, पेश गर्ने र खोल्ने ठेगानाः

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, मधेश प्रदेश कार्यालय

लहान नगरपालिका वडा नं. १, सिराहा (लहान तरकारी बजारभन्दा ५० मिटर अगाडि)

फोन नं.: ०३३–५६४०७३

वा

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, केन्द्रीय कार्यालय

मध्य बानेश्वर, काठमाडौँ

फोन नं.: ०१–४१०५०१८, ०१–४१०५०७९

इमेलः nfgfmadeshpradesh2075@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 17 Nov, 2026
Apply Before 29 Nov, 2026
City Kathmandu, Siraha, Saptari