टेन्डर बोलपत्र आह्वान गरिएको सूचना
Details / requirements:
टेन्डर बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०७/२०)
राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धरा केएर नेपालसँगको साझेदारीमा संचालन भईरहेको जलवायुमैत्री गाउँ नेपाल परियोजना अन्तर्गत सप्तरी जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका, रुपनी गाउँपालिका र सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, भगवानपुर गाउँपालिका र सखुवान्नकारकट्टी गाउँपालिकामा संचालनमा रहेको जलवायु मैत्री गतिविधिहरु संचालन गर्नु पर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक आपूर्तिकर्ताहरु बाट यो सूचना प्रकाशन भएको मितिले १८ दिन भित्र तपसिलको शर्त बमोजिम यस संगै दिईएको फर्मेट बमोजिम कार्यालय समय भित्र कार्यलयमा उपस्थित भई वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत टेन्डर वोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।
| क्र.स. | कामको विवरण | ठेगाना | कैफियत |
| १ | सबमर्सिबल सिँचाई सामाग्रीहरु | सप्तरी जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका, रुपनी गाउँपालिका र सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, भगवानपुर गाउँपालिका र सखुवान्नकारकट्टी गाउँपालिकामा | |
| २ | सतह सिँचाई / मोनोब्लक पम्प | सप्तरी जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका, रुपनी गाउँपालिका र सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, भगवानपुर गाउँपालिका र सखुवान्नकारकट्टी गाउँपालिकामा |
१. इच्छुक आपूर्तिकर्ताले महासंघको कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत यसै साथ संलग्न गरिएको बोलपत्र फर्मेटमा दरभाउ तथा शर्तनामाहरु उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले १८ औं दिन (मिति २०८३ साल मंसिर महिनाको ८ गते मंगलबारको दिन) ५:०० बजे भित्र यस महासंघको कार्यालयमा बोलपत्र दरभाउ उल्लेखगरी पेश गर्न सकिनेछ ।
२. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण(पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण(पत्रको प्रतिलिपि १ थान, आर्थिक वर्ष २०८२/०८३ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं।, सम्पर्क नं।, ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । बोलपत्र फारम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।
३. बोलपत्र फाराममा उल्लेखित प्रत्येक निर्माणकार्यको दररेट अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
४. पेश गरिएका बोलपत्रहरु यो सूचना प्रकाशन भएको १९ औं दिन (मिति २०८३ साल मंसिर महिनाको ९ गते बुधबारका दिन) दिउँसो २स्०० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ।तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन।तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
५. टेन्डर Document शुल्क रु १,०००। (अक्षरेपि एक हजार रुपैयाँ मात्र) (फिर्ता नहुने गरी०)र धरौटी रकम बोलपत्रको आधारमा २ प्रतिशत रकम संस्थाको तपसिलको खातामा भिन्दाभिन्दै जम्मा गरि जम्मा गरेको बैक भौचर सहित पेश गर्नुपर्नेछ । (कार्यसम्पन्न भएपछि फिर्ता हुने गरी) ।
बैकको नाम: कृषि बिकास बैक, बानेश्वर शाखा
खाताको नाम: National Farmers Group Federation Nepal
खाता नम्बर : 0210201600857019
Link: QR code
६. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन। थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
७. लक्षित समुदायको पानी मैत्री प्रबिधि अन्तर्गत आवश्यक पर्ने प्रकृतिमा आधारित समाधान अन्तर्गत निर्माण कार्य र संरक्षण मैत्री गतिविधिहरुहरुमा स्थानीय समुदायको अनिवार्य सहभागिता एवं सामुदायिक अल्पकालीन रोजगारी श्रृजना साथै अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।
Link:
Annex_Surface Irrigation-Mono Block Irrigation
बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:
खरिद समिति
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.- १, सिरहा (लहान छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)
फोन न. ०३३–५६४०७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 06 Nov, 2026 |
| Apply Before | 20 Nov, 2026 |
| City | Siraha |