समरर्सेवल पम्प सहितको बोरिङका लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

Sana Kishan Krishi Sahakari Sanstha Ltd, Pushpalpur

Details / requirements:

साना किसान कृषि सहकारी संस्था लि.

पुष्पवलपुर मिथिला नगरपालिका -०४,धनुषा

समरर्सेवल पम्प सहितको बोरिङका लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

शिलबन्दी दरभाउ पत्र नं. ०१२०८२/२०८३

प्रथम पटक सूचना प्रकाशित भएको मिति: २०८२।०५।१३

साना किसान कृषि सहकारी संस्था लि. पुष्पवलपुर मिथिला ना.पा.४ धनुषाले GGGI द्वारा सञ्चालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागि यस सहकारी संस्था र GGGI को संयुक्त लगानीमा सिंचाइका लागि Installation of 80m Deep Medium Borewell with submersible pump जडान गर्नको लागि आवश्यक ड्रिलिग तथा अन्य उपकरणहरू खरिद गर्नुपर्नेछ ।

उल्लेखित परियोजना अन्तर्गत Installation of 80m Deep Medium Borewell with submersible pump Set को लागि तपसिल अनुसारका आवश्यक ड्रिलिग तथा अन्य उपकरणहरू आपुर्तिको लागि शिलबन्दी दरभाउ पत्र आह्वान गरिन्छ । साथै देशै भरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता, आपुर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यलय समय भित्र गोप्य शिलबन्दी दरभाउ पेश गर्नु हुन वा ईमेल ठेगाना sanakishanpushpalpur602@gmail.com मार्फत पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

आपुर्ति गरिने सामग्रिहरुको विवरण:-

लिङ्क:- https://drive.google.com/drive/folders/1VSJEtfSBY4SNopP8J9xB-P2a9d31tv87?usp=drive_link

तपसिल:-

१. माथि उल्लेखित ड्रिलिग तथा अन्य उपकरणहरू एकमुष्ट वा छुट्टाछुट्टै खरिद गर्न सकिने छ। ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले आफुसँग उपलब्ध मेसिनरी तथा उपकरणहरू मात्रको लागि पनि शिलबन्दी दरभाउ पेश गर्न सकिनेछ । गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ ।

२. विक्रेतालाई भुक्तानी गर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ ।

३. उपरोक्त कारोबार भदौ १३ देखि मंसिर १५, २०८२ सम्म सञ्चालन गरिनेछ ।

४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले संस्थाको कार्यलयमा उपस्थित भई वा माथिको लिङ्कबाट दरभाउँ पत्र डाउनलोड गरि प्राप्त गर्न सकिने छ । यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र यस सहकारी संस्थाको कार्यलयमा दरभाउ उल्लेखित गरि पेश गर्न सकिने छ (अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेश गर्न सकिनेछ)।

५. शिलबन्दी दरभाउपत्र पेश गर्दा नविकरण भएको ईजाजत पत्र , आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि (आ.व. २०८१/२०८२ वा म्याद थपको पत्र सहित २०८०/२०८१ को कर चुक्ता ) पेश गर्नु पर्ने छ ।

६. शिलबन्दी दरभाउ पेश गर्ने सप्लायर्स/कम्पनी/फर्महरूले दर्ता शुल्क वापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरि, जम्मा गरेको भौचर शिलबन्दी दरभाउसँग पेश गर्नु पर्ने छ ।

७. बोलपत्र फारममा उल्लेखित प्रत्येक ड्रिलिग, मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्ने छ । अंकअक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

८. कार्यालयमा प्राप्त हुने बोलपत्र फाराम खाम बन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्यहुने छैन ।

९. पेश गरिएका बोलपत्रहरू मिति २०८२ असोज ०५ गते १ बजे सहकारी संस्था का पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्र दाता स्वयम वा निज को प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्र दाता वा प्रतिनिधी अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन शिलबन्दी दरभाउ खोलिने छ ।

१०. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

११. अन्यशर्तहरू साना किसान कृषि सहकारी संस्था लि मिथिला ना पा ०४ .पुष्पवलपुर को खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलीत कानुन बमोजिम हुने छ । निर्णयको सर्वाधिकार साना किसान कृषि सहकारी संस्था लिमिथिला नगरपालिका-४, पुष्पलवपुरमा निहित रहनेछ ।

१२. बोलपत्र दाताले जम्मा प्रस्तावित बोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत Bank Guarantee यस कार्यलयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाममा रहेको कृषि बिकास बैंक महेन्द्रनगर शाखाका खाता नं. १०२६९००४३४६०२०१२ मा दाखिला गरि जम्मा गरेको बैक भौचर वा सुरक्षण वापतको Bank Guarantee पत्र शिलबन्दी बोलपत्र सँगै पेश गर्नु पर्ने छ।

१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्तगर्न सकिने छ ।

बोलपत्र पेश गर्ने र खोलिने ठेगाना

साना किसान कृषि सहकारी संस्था लि.

मिथिला न.पा.०४ पुष्पवलपुर धनुषा मधेश प्रदेश

ईमेलः sanakishanpushpalpur602@gmail.com

अध्यक्ष पृथिमाया कमिनी , मौ नं.९८००८३४९७४

सस्था प्रबन्धक: राम रतन महतो, मौ नं ९८०४८०६००४

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 29 Aug, 2025
Apply Before 18 Sep, 2025
City Dhanusha