सिलाई तालिम प्रशिक्षक

Chhimeki Sanstha Nepal (CSN)

Details / requirements:

सिलाई तालिम प्रशिक्षकको आवश्यकता

(प्रकाशन मिति: 19/01/2026)

छिमेकी संस्था नेपालबाट, तालिम प्राप्त महिला स्वंयसेविकाहरू संगठित भई  २००४ मा स्थापना भएको गैर सरकारी संस्था हो ।  यसले स्थापनाकाल देखि नै काठमाण्डौ महानगरपालिका अन्र्तगत आफ्नो कार्यक्षेत्र भित्र रहेका महिला तथा बालबालिकाहरुको स्वास्थ्य र पोषणमा सुधार ल्याउन र महिलाहरूलाई सीप विकास तालिम मार्फत आय–आर्जन सम्बन्धी गतिविधिहरूमा सहभागी गराई उनीहरुलाई आत्मार्निभर बनाउने काममा सहयोग गर्दै आईरहेको छ । यसै सन्र्दभमा हाल संस्थाले महिलाहरूलाई आधारभूत सिलाई तालिम संचालन गर्न लागेको हुदाँ संस्थालाई एक इमान्दार तथा अनुभवि सिलाई तालिम प्रशिक्षकको आवश्यकता परेकोले सो पदको लागि तल उल्लेखित आवश्यक योग्यता र दक्षता भएका उम्मेद्धारहरूलाई आवेदनको लागि आवहान गरिन्छ ।

पदः सिलाई तालिम प्रशिक्षक

संख्याः

कार्यक्षेत्रः का.म.पा, वडा नं १३, कालिमाटी

कार्य अवधिः पाँच (५) महिना   

प्रमुख जिम्मेवारीहरू:

  • दैनिक आधारभुत तहको सिलाई तालिम संचालन गर्ने ।
  • तालिममा सैदान्तिक/व्यवहारिक ज्ञान तथा अभ्यासहरू गराउनु पर्ने ।
  • सहभागीहरुको दैनिक क्रियाकलापहरूको निगरानी गरी आवश्यकता अनुसार सुधार गर्न सहभागीहरुलाई  सल्लाह दिने ।
  • संस्थालाई मासिक प्रतिवेदन बुझाउनु पर्ने ।

योग्यता र सीपहरू:

  • मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी ToT प्रमाण पत्र भएको ।
  • मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी  स्तर दुईको level(II) प्रमाण पत्र प्राप्त भएको र सिलाईको क्षेत्रमा प्रशिक्षकको रुपमा कम्तिमा दुई वर्ष कार्य अनुभव भएको ।  

उल्लेखित पदको लागी इच्छुक तथा योग्य उम्मेद्धारहरूले निवेदन, आफ्नो CV र आवश्यक तालिम प्रमाण–पत्रहरू सहित २५ जनवरी २०२६, बेलुकी ५:०० बजेसम्म chhimekijobs@gmail.com, अथवा छिमेकी संस्था नेपालको कार्यलय कालिमाटीमा आवेदन दिनको लागी अनुरोध छ ।

Overview

Category Development Project, Employment Training
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 19 Jan, 2026
Apply Before 25 Jan, 2026
City Kathmandu