स्कुल बस खरिद गरी सहयोग गर्नका लागी सिलबन्दी बोलपत्र आह्वानको सुचना
Details / requirements:
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
तौलिहवा, कपिलवस्तु
स्कुल बस सहयोग कार्यक्रम
सिलबन्दी बोलपत्र आह्वानको सुचना
सुचना प्रकाशन मिति: २०८२।०३।१३
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले कतार च्यारिटी नेपालको साझेदारीमा संचालित कार्यक्रम अन्तर्गत कपिलवस्तु जिल्लाको बिद्मालयमा स्कुल बस खरिद गरी सहयोग गर्नका लागी सिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।
प्राप्त बोलपत्र सम्बन्धित आर्थिक प्रस्तावना रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८२।०३।२९ गते बेलुका ४.०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
मिति २०८२।०३।३० गते बिहान ११.०० बजे आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com वा दिईएको लिंकबाट प्राप्त गर्न सकिने छ । तर दिईएको आर्थिक प्रस्तावना फर्मेटमा कुनै परिवर्तन गर्न पाईने छैन । परिवर्तन गरिएको आर्थिक प्रस्तावना मान्य हुने छैन ।
RFQ को लागि कृपया तलको लिङ्क डाउनलोड गर्नुहोस् ।
Link: Request for Quotation (RFQ)
नोट:
१. आपूर्तीको लागि कार्यादेश पाएको मितिले तोकिएको समय सिमा भित्र उपलब्ध गराई सक्नु पर्नेछ ।
२. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वत:अयोग्य हुनेछन ।
३. शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।
४. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।
६. पेश गर्नु पर्ने कागाजातहरु
- फर्म वा कम्पनी दर्ताको प्रमाण पत्रको प्रतिलिपी
- फर्म वा कम्पनी नबिकरणको प्रमाण पत्रको प्रतिलिपी
- पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपी
- आ.ब. २०८०।०८१ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी
- कबोल गरेको रकमको २.५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्र (कम्तीमा ९० दिनको) पेश गर्नु पर्नेछ ।
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO)
ईमेल: lidoprocurementofficer@gmail.com
सम्पर्क नम्बर: ०७६-५६११४५
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 27 Jun, 2025 |
Apply Before | 13 Jul, 2025 |
City | Kapilvastu |