सूचना प्रकाशन गरिएको सम्बन्धमा

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

सूचना प्रकाशन गरिएको सम्बन्धमा

प्रकाशन मिति २०८३/०२/२०

यस राष्ट्रिय कृषक समूह महासंघ, नेपालले केयर नेपालसँगको साझेदारीमा मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, रुपनी गाउँपालिका, बलान बिहुल गाउँपालिका तथा सिरहा जिल्लाको भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, धनगढीमाई नगरपालिका, लक्ष्मीपुरपतारी गाउँपालिका, बरियारपट्टी गाउँपालिका र नरहा गाउँपालिकामा सञ्चालन भइरहेको पोषण सुधार तथा जीविकोपार्जन कार्यक्रम अन्तर्गत किसान कार्डमार्फत कृषि सामग्री, फलफुलका बिरुवा तथा पशुपन्छी सामाग्रीमा पहुँच गराउने कार्य सञ्चालन भइरहेको छ ।

यसै सन्दर्भमा मिति २०८२/०८/२४ गतेको खरिद समितिको निर्णय अनुसार किसान कार्डमार्फत सामग्रीहरू आपूर्ती गर्नको लागि आपूर्तीकर्ताहरू थप गर्दै जाने भनि भएको निर्णय बमोजिम यो सूचना प्रकाशन गरिएको छ । यस सूचना बमोजिम  किसान कार्ड मार्फत माथि उल्लेखित पालिकाहरूमा किसान कार्ड मार्फत संचालन हुँदै आएको सामाग्री आपुर्ति गर्दा कायम भएको दररेटमा सामाग्री आपुर्ति गर्न चाहने आपुर्तिकर्ताहरूलाई मनसायपत्र पेश गर्न अनुरोध गरिन्छ । कायम गरिएको दररेट कार्यालयमा सम्पर्क गरि बुझ्न सकिनेछ । यो सूचना प्रकाशन भएको मितिले ५ दिनभित्र (मिति २०८२/०२/२५ गते ४:०० ) कार्यालय समय भित्र उपस्थित भई वा इमेल ठेगाना (nfgfmadeshpradesh2075@gmail.com) मार्फत निवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल बमोजिमका सामग्रीहरूको विवरण यस लिङ्कमार्फत हेर्न सकिनेछ ।

Link: Rate List Agri Input

तपसिलः

१. निबेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरू

  • कार्य क्षेत्र पालिका समेत उल्लेख गरि तोकिएको दरभाउ बमोजिम कार्य गर्ने प्रतिवद्धता पत्र।
  • काम गर्न इच्छुक क्षेत्रहरू खुल्ने पत्र (तरकारीको विउ विजन, किरा तथा रोग नियन्त्रक, मल तथा पोषक तत्व, कृषि औजार, फलफुलको वेर्ना, सानापंछी, आहार र खोर सामाग्री मध्य सबै वा छनौट गर्न सकिने) 
  • फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • PAN/VAT  दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • कर चुक्ता प्रमाणपत्र (आ.व. २०८१–८२)
  • सम्बन्धित क्षेत्रमा काम गरेको भए सो को अनुभवको प्रतिलिपी

२. तोकिएको मिति भित्र प्राप्त भएका निवेदन मिति २०८३ साल जेष्ठ २६ गते बिहान ११:०० बजे संस्थाको कार्यालयमा खोलिनेछ ।

  • यौन शोषण, दुर्व्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।

निवेदन पेश गर्ने र प्राप्त गर्ने ठेगानाः

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, मधेश प्रदेश कार्यालय

लहान नगरपालिका–१, सिरहा (तरकारी बजार बाट दक्षिण जाने गल्लीमा १०० मि अगाडी)

सम्पर्क नं. ०३३–५६४०७३

nfgfmadeshpradesh2075@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 03 Jun, 2026
Apply Before 08 Jun, 2026
City Siraha