आर्थिक वर्ष २०८३-८४ को लागि संस्थालाई आवश्यक सामग्री तथा सेवाहरूको आपुर्ति गर्ने फर्म तथा कम्पनीहरूको सुचिकरण सम्बन्धमा

Bikaska Lagi Ekata (SfD)

Details / requirements:

यस संस्थालाई आर्थिक वर्ष २०८३-८४ को लागि आवश्यक पर्ने सामग्री तथा सेवाहरू आपूर्ती/प्रवाह गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोबार गर्न स्विकृत प्राप्त फर्म/कम्पनीहरूले विस्तृत विवरण खुलाइ आफूले आपूर्ती/प्रवाह गर्ने सामग्री एवं सेवाहरूको विवरण भरि फर्म/कम्पनीको विस्तृत विवरण आवेदन पत्रसहित सूचीकरणको लागि मिति २०८३/०३/१२ गते कार्यालय समयभित्र यस संस्थाको लाजिम्पाटस्थित कार्यालयको प्रशासन शाखामा अथवा तल दिइएको इमेलमा पठाइ दर्ता गराउनु हुनका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

सामग्री तथा सेवाहरूको विवरण

A. Computer and Office Equipments

B. Printing and Stationery Items

C. Furnitures

D. Educational and Sports Materials

E. Repair and Maintenance Services

F. Medicines

G. Surgical Goods

H. Other Services

सामग्री तथा सेवाहरूको विस्तृत विवरण www.sfd.org.np मा लग इन गरेर प्राप्त गर्न सक्नुहुनेछ ।

आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू 

  • रजिष्टर्ड फर्म/कम्पनीहरूको दर्ता प्रमाणपत्र (नविकरण सहित) प्रतिलिपि
  • आ.व. २०८१/८२ को कर चुक्ताको प्रमाणपत्र प्रतिलिपि
  • स्थायी लेखा नम्बर/मुल्य अभिबृद्धि आयकर प्रमाणपत्र प्रतिलिपि

अन्य थप जानकारीहरू

  • सूचिकृत फर्म/कम्पनीहरूले सन्तोषजनक तथा समयमा सामग्री तथा सेवा आपूर्ती नगरेको खण्डमा संस्थाले बिना सूचना सूचीबाट हटाउन सक्नेछ, यसउपर कुनै दावी बिरोध गर्न पाइनेछैन ।
  • सूचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा नै निहित रहनेछ ।
  • अन्य थप जानकारीको लागि संस्थाको प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ । 

विकासका लागि एकता

काठमाडौं –३, लाजिम्पाट

फोन नंः ०१–४००२२८७

इमेल: sfdevelopment2016@gmail.com

Overview

Category Development Project, NGO/INGO/Social work
Salary Rs. /
Position Type Contract
Posted Date 17 Jun, 2026
Apply Before 26 Jun, 2026
City Kathmandu