सुचिकृत हुने सम्बन्धी सूचना

ENRUDEC

Details / requirements:

वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक), बाँके

कोहलपुर११,फूलबारीनगर

सुचिकृत हुने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२/०३/१८

वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) कोहलपुर११, बाँके लाई आ.व २०८२/०८३ का लागि तपसिलमा उल्लेखित वस्तु तथा सेवा आपूर्ति गर्न सार्वजनिक खरिद ऐन २०६३ को दफा ६क नियमावली २०६४ को संसोधन समेतको नियम १८ र यस संस्थाको आर्थिक प्रशासनिक नियमावली २०८१ संसोधन समेत भाग ९को दफा(ग) बमोजिम खरिद सम्बन्धी कार्यका लागि मौजुदा सुचीमा दर्ता हुन इच्छुक इजाजत प्राप्त आपूर्तिकर्ता (व्यक्ति, र्फम, संघ संस्था, सप्लायर्स, निमार्ण व्यवसायी, परामर्शदाता, सेवा प्रदायकहरूलाई आफूले सुचिकृत हुन चाहेको समूह स्पष्ट खोली यस कार्यलयमा प्रथम पटक प्रकाशित मितिले १५ दिन भित्र आवेदन पेश गर्न हुन सम्बन्धीत सबैकालागि यो सुचना आह्वान गरिन्छ ।

तपसिल

खरिद सम्बन्धि काम कार्वाहिकालागि सुचिकृत हुनुपर्ने समूहहरू

1स्टेश्नरी तथा मसलन्द समानहरू14भेटनेरी औषधी तथा भेटेनरी सामानहरू
2छपाई सम्बन्धि कार्यहरू15डाले घाँस,भूई घाँस तथा विउ विजन, नर्सरी
3फर्निचर तथा फिक्र्चस16एग्रोभेट तथा भेटनरी
4इलेक्ट्रोनिक उपकरण तथा मर्मत17उन्नत जातका बाख्रा तथा बोका
5अनलाइन तथा छापा मिडिया18तारजाली तथा हार्डवयर सम्बन्धी सामाग्री
6टुर एण्ड ट्राभल्स19आल्मीनियम तथा फर्निचर उद्ययोग
7कम्प्यूटर तथा मर्मत सेवा20होटल तथा लज
8इन्टरनेट तथा संचार सेवा21किराना पसल
9औषधी तथा सर्जीकल मालसामानहरू22सौर्य उर्जा सम्बन्धि सामाग्री
10विमा सम्बन्धी सेवा23परामर्शदाता (कन्सल्टेन्सी), फर्म तथा व्यक्तिगत
11अडिट सम्बन्धी सेवा24पलास्टीक जन्य मालसामानहरू
12तयारी पोशाक तथा गारमेन्ट25श्रव्य, दृष्य निमार्ण तथा प्रशारण
13स्वास्थ्य उपकरण तथा मालसामन26निमार्ण सम्बन्धी व्यवसायी

सुचिकृत हुन इच्छुक इजाजत प्राप्त आपूर्तिकर्ताले आवेदनका साथ निम्नानुसारका कागजातका प्रतिलिपिहरू पेश गरेको हुनु पर्ने छ ।

    १. निवेदन

    २. फर्म दर्ता वा सम्बन्धित व्यवसाय वा सेवा गर्न प्राप्त नविकरण भएको इजाजत पत्र ।

    ३. मुल्य आयकरमा दर्ता भएको वा स्थायी लेखा नं. दर्ता प्रमाण पत्र ।

    ४. आ.व ०८०/०८१ को कर चुक्ता गरेको प्रमाण पत्र ।

    ५. स्वघोषणा तथा नागरिकता प्रतिलिपि ।

अन्य थप जानकारी

१. सुचिकृतका लागि आवेदन दिने अन्तिम मिति २०८२/०३/३२, ५:०० बजे भित्र ।

२. सुचिकृतका लागि पेश भई आएका आवेदन सुचिकृत गर्ने वा नगर्ने यसको सम्पूर्ण अधिकार इन्रुडेकको कार्यालयमा निहित रहनेछ ।

३. सुचिकृतका लागि आवेदन वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक)को कार्यालय कोहलपुर११, फूलबारीनगरमा बुझाउन सकिनेछ वा इमेल मार्फत procurement.enrudec@gmail.com पनि पठाउन सकिनेछ ।

विस्तृत जानकारीका लागि

वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक)

कोहलपुर११, फूलबारीनगर, बाँके

फोन सम्पर्कः ०८१५४०४३७