सुची दर्ता सम्बन्धी सूचना
SDF is a non-profit making, non-political, right based social organization established in 1998. It works for poor people to create prosperous and self dependent society
Details / requirements:
सामाजिक विकास मञ्च (Social Development Forum - SDF)
नेपालगञ्ज–१८, कारकाँदो, बाँके
REF.: WVIN/SDF/EOI/FY-083/84/01
प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०१
सामाजिक विकास मञ्च (SDF) सन् १९९८ मा बाँके जिल्लामा स्थापित एक गैर–नाफामुखी, गैर–सरकारी संस्था हो । यस संस्थाको स्थापना सामाजिक सेवामा समर्पित र शिक्षाप्रेमी व्यक्तिहरुको एक समुहले गरेको हो । गरिबी, जातिय भेदभाव, अन्धविश्वास, लैङ्गिक असमानता र वातावरिणीय क्षयजस्ता चुनौतिहरुको द्रुत रुपमा बढ्दो प्रभावलाई सम्बोधन गर्ने उदेश्यले संस्थाको स्थापना गरिएको हो ।
सामाजिक विकास मञ्च बाँके र वल्र्ड भिजन इन्टरनेसनलको साझेदारीमा बाँके जिल्लाको नरैनापुर र जानकी गाउँपालिकामा हातेमालो परियोजना सञ्चालनमा रहेको छ । यस संस्थामा सञ्चालनमा रहेका विभिन्न परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालनका लागि संस्थालाई आ.व. २०२७ (१ अक्टोबर २०२६ देखि ३० सेप्टेम्बर २०२७ ) को लागि तल उल्लेखित वस्तु तथा सेवाहरु आवश्यकता अनुसार खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गरी वस्तु तथा सेवाहरुको खरिद कार्य गर्नको लागि इच्छुक योग्य आपुर्तिकर्ताहरु (फर्म, कम्पनी, सेवाप्रदायक एवं संस्थाहरु) लाई पुर्व योग्यता (Supplier Pre-qualification Process) प्रकृयामा सहभागी गराई सूचिकृत गर्नुपर्ने भएकाले आवश्यक कागजातहरुका साथ भरिएको फारम सहित यो सुचना प्रकाशित भएको मितिले १४ दिन (मिति २०८२/०६/१४ गते) भित्र सम्म सुची दर्ताका लागि आवेदन पेश गर्न आहवान गरिन्छ । सूचिकृत गराउन भौतिक रुपमा संस्थाको कार्यालयमा उपस्थित भई वा procurement@sdfbanke.org.np इमेल मार्फत निवेदन पेश गर्न सकिनेछ ।
सुचिकृत गरिने समुहहरु:
वस्तु, काम तथा सेवाहरु (Goods, Work & Service)
१) मसलन्द/स्टेसनरी तथा विविध सामग्रीहरु आपुर्ति
२) कम्प्युटर, ल्यापटप, मोवाईल, प्रिन्टर, टोनर, कार्टिज रिफिल, फोटोकपि, सप्लाई तथा मर्मत
३) फर्निचर तथा फर्निशिङ्ग समानहरुको आपुर्ति तथा मर्मत
४) विद्युतिय तथा इलेक्ट्रोनिक सामग्रीहरु
५) होटल (तालिम तथा गोष्ठीका लागि हल तथा केटरीङ्कका सेवा सम्बन्धी लागि)
६) छपाई सम्बन्धि कार्य (फ्लेक्स ब्यानर, स्टीकर, कपि, बुक, रजिष्टर, पोष्टर, टिसर्ट वा बुक प्रिटिङ्ग, मायाको चिनो र होडिङ्गबोर्ड)
७) गाडी तथा ढुवानी (कार, जिप, ट्रक, आदि)
८) खाद्यान्न सामग्री सप्लाई
९) बिमा कम्पनीहरु
१०) अडिट लेखापरिक्षण सम्बन्धी सेवा
११) कृषि उपकरण, तरकारी तथा फलफुलको बिउ तथा बिरुवा आपुर्ति सम्बन्धी सेवा
१२) हार्डवेयर सामग्रीहरु (सरिया, सिमेन्ट, जस्ता पाता, पाईप, वाटर सप्लाई, आदि)
१३) तालिम, गोष्ठी, संवाद सञ्चालन सम्बन्धी परामर्श सेवाहरु ९ऋयलकगतिबलअथ क्भचखष्अभ०
१४) एफ.एम. रेडियो, टेलिभजनबाट सुचना वा सन्देश प्रशारण
१५) पत्रपत्रिका विज्ञापन, सुचना तथा सन्देश प्रसार
१६) मेडिकल उपकरण तथा औषधीहरु (हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट, सेनिटाइजर, मास्क, साबुन, औषधी)
१७) अपाङ्गता सहायता सामग्रीहरु (ह्वीयल चेयर, वाकर, ब्रेल लिपी, श्रवण सामग्री, आदि)
१८) लत्ता कापडाहरु झोला र तयारी तथा थानको कपडाहरु
१९) मोटरसाईकल पार्टस र मर्मत
२०) छोटो अवधिको दक्ष कर्मचारीहरु (Casual Staffs)
२१) सडक नाटक/थियेटर नाटक सम्बन्धी तालिम सञ्चालन तथा प्रदर्शन वा मञ्चन सम्बन्धी सेवाहरु
नोटः प्राप्त दरखास्तहरु स्वीकृत गर्ने वा नगर्ने अधिकार संस्थामा निहित रहनेछ ।
सुचिदर्ताका लागि पेश गर्नुपर्ने आवश्यक कागजपत्रहरु
१. अनुसुचि २, ३ र ४ को फारम स्पष्ट पुर्ण रुपमा भरेर छाप तथा दस्तखत गरिएको हुनुपर्ने ।
२. फर्म संस्था, कम्पनीको हकमा फर्म संस्था, कम्पनी दर्ता र नविकरण प्रमाणपत्रको प्रतिलिपी र व्यक्तिको हकमा नागरीकता प्रतिलिपी ।
३. स्थायी लेखा नम्बर वा मु.अ.क. मा दर्ताको प्रमाणपत्रको प्रतिलिपी
४. आ.व. २०८१/२०८२ र २०८२/२०८३ को कर चुक्ता प्रमाणपत्र वा म्याद थप प्रतिलिपी ।
५. निवेदकले कुन समुह अन्र्तगत सुचिकृत हुन चाहेको हो, स्पष्ट खुलेको पत्र वा निवेदन ।
Links:
Annex 2 Supplier Registration.pdf
Self Declaration Letter_Sample Format.pdf
कागजात पेश गर्ने ठेगाना
सामाजिक विकास मञ्च (SDF) को परियोजना कार्यालय
नेपालगञ्ज उ.म.न.पा.–१८, कारकाँदो चोक, बाँके
अथवा
इमेलः procurement@sdfbanke.org.np
सम्र्पक नं.: ०८१–५२७७५३, ९८४८०२३७५०, ९८४४८८५६९५
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 17 Sep, 2026 |
| Apply Before | 30 Sep, 2026 |
| City | Banke |