सुची दर्ता गराउन आउने सम्बन्धी सुचना
Details / requirements:
सुची दर्ता गराउन आउने सम्बन्धी सुचना
प्रकाशित मिति: २०८२/०२/१५
यस संस्थालाई आर्थिक बर्ष २०८२/०८३ मा आवश्यक पर्ने तपशील बमोजिमका विभिन्न बस्तु तथा सेवा उपलब्ध गराउन योग्य तथा अनुभवी फर्म, कम्पनी एवं संस्था वा सेवा प्रादायकहरुले यो सुचना प्रकाशित भएको मितिले ३० दिन भित्र दर्ता प्रमाण पत्र, इजाजत प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN/VAT) को प्रमाण पत्रको प्रतिलिपी, पछिल्लो आर्थिक बर्षको कर चुक्ताको प्रमाणपत्र, कालो सुचीमा नरहेको प्रमाण सहीत आफुले उपलब्ध गराउने बस्तु तथा सेवाको विवरण तथा मुल्य सुची (कोटेसन) सहीत कार्यालय समयभित्र सुची दर्ता गराउन हुन यो सुचना पक्राशित गरिएको छ ।
खरिद, आपुर्ति तथा मर्मत सम्बन्धी विवरणहरु:
- खाद्यान्न र सरसफाईका सामानहरु आपुर्ति गर्ने
- स्टेशनरी सामाग्रीहरुको आपुर्ति र छपाइ सम्वन्धी कार्यहरु
- औषधी तथा सर्जिकल सामानहरु आपुर्ति सम्बन्धी कार्य
- कम्प्युटर, सफ्टवेयर/हार्डवेयर, प्रिन्टर, फोटोकपी मेसिन तथा सो सम्बन्धी सामानहरु आपुर्ति तथा मर्मत गर्ने कार्य,
- इलेक्ट्रिकल, प्लम्बिङ, कार्पेन्ट्री, वेल्डिङ तथा औद्योगिक सिलाईका तालिमसंग सम्वन्धित सामाग्री आपुर्ती तथा मर्मत सम्बन्धि कार्यहरु
- इलेक्ट्रोनिक्स सामानको आपुर्ती तथा पाटपुर्जा मर्मत सम्बन्धी सेवा
- EPABX, तेलिफोन तथा इन्टरनेट केवलहरु जडान तथा मर्मत सम्बन्धी
- ट्राभल एजेन्सी तथा कुरिएर सेवा सम्बन्धी कार्यहरु
- सवारी साधनको मर्मत, पाटपुर्जा आपुर्ति तथा भाडा सम्वन्धी सेवा
- सुरक्षा गार्ड तथा कार्यालय सफाई सम्बन्धी सेवा
- पिउन योग्य जारको पानी, ट्याङ्करको पानी, वाटर फिल्टर सिस्टम आपुर्ति सम्बन्धी कार्य
अन्य जानकारीहरु:
- तोकिएको म्याद नाघि प्राप्त हुन आएको, रित नपुगेको साथै प्रमाणपत्रको प्रतिलिपीहरु संलग्न नभएमा आवेदन स्वतः रद्घ हुनेछ ।
- प्राप्त भएको आवेदन सुचिकृत गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुनेछ ।
- सुचिकृत भए पश्चात संघ संस्था, फर्म र कम्पनीहरु मध्यबाट संस्थाको आवश्यकता अनुसार सामाग्री आपुर्ति गर्न वा सेवा लिन सकिनेछ । साथै सुचिकृत फर्म÷कम्पनीले सन्तोषजनक रुपमा वस्तु वा सेवा उपलब्ध नगराएमा संस्थाले सुचिबाट नाम हटाउन सक्नेछ ।
सम्पर्क गर्ने ठेगाना:
संस्थाको कार्यालय, चुनिखेल, ललितपुर
सम्पर्क नम्बरहरु: ५१७३०७५, ५१७३१७१
email: tibbat@nepalyoputhfoundation.org
Viber/WhatsApp NO: 9841598963
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / INGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 29 May, 2025 |
Apply Before | 29 Jun, 2025 |
City | Lalitpur |