शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८२/०३/१)

राष्ट्रिय कृषक समुह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा.पा. तथा धनगढीमाई न.पा. साथै सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णसावरन गा. पा. सँगको सहकार्यमा मधेश प्रदेशमा अवस्थित साना र भूमिहीन महिला, युवा र सीमान्तकृत किसानहरूलाई हरितगृह ग्यास उत्सर्जन घटाउँदै जलवायु परिवर्तन अनुकूलन अभ्यासहरू अपनाउने र सम्बन्धित स्थानीय नगरपालिका तथा गाउँपालिकाहरूको नीतिहरू, योजनाहरू र बजेटमा जलवायु न्यायलाई प्रतिबिम्बित गर्न मद्दत गर्ने उद्येश्यले जलवायु मैत्री गाउँ नेपाल परियोजना सञ्चालनमा रहेको छ ।

उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले मुल्य अभिवृद्धि करमा दर्ता भएको वा मुल्य अभिवूद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने भनी कानुनले तोकिदिएको हकमा पान दर्ता भएका उल्लेखित सामग्रीहरू आपुर्ती गर्न ईच्छुक अधिकृत बिक्रेता आपुर्तिकर्ता तथा वितरकहरूबाट यप सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र  कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। 

आपूर्ति गरिने सामग्रीहरूको विवरण:

9k=

१. माथि उल्लेखित सामग्रीहरू लाभग्राहीले आवश्यकता अनुसार सामाग्री छनौट गरी खरिद गर्नेछन् । साथै स्थानीय समुदायले बढी खरिद गर्ने गुणस्तरिय सामग्रीलाई उच्च प्राथमिकता दिईनेछ ।

२. माथि उल्लेखित पालिकाहरूमा प्रति पालिका भित्र रहेका कृषक समुहका २० देखि २५ घरपरिवार संख्या हुने गरी  १५० देखि २०० घरपरिवार  लाभग्राही छनौट गरिनेछ । उस्तै प्रकृतिका सामग्रीहरू यस महासंघद्वारा सञ्चालन भएका अन्य परियोजनामा पनि आवश्यक परेमा छनौट भएका आपूर्तीकर्ताहरूबाट नै खरिद गर्न सकिने छ । यस्तो अवस्थामा तोकिएको लाभग्राही वृद्धि हुन सक्ने छ । छनौट भएका ती लाभग्राहीहरूले उल्लेखित वीउ विजन, कृषि सामग्रीहरू तथा निर्माण सामग्रीहरू आवश्यक्ता अनुसार छनौट गरी सम्बन्धित आपूर्तिकर्तासँग खरिद गर्न सक्नेछ । सामग्री खरिद लाभग्राहीसँग निर्माण गरिएको खरिद योजना अनुसार गरिने छ ।

३. छनौट भएको आपूर्तीकर्तासँग गरिएको सम्झौता तथा खरिद आदेश बमोजिम सामग्रीहरू खरिद गरिने छ । आपूर्तिकर्ताले लाभग्राहीले माग गरेको उल्लेख गरिएको सामग्रीहरू उपलब्ध गराउने छ । आपूर्तिकर्ताले लाभग्राहीलाई उपलब्ध गराएको सामग्रीहरूको विवरण आफूसँग रेकर्ड राख्ने छ । उक्त रेकर्डको आधारमा आवश्यक कागजात सहित आपूर्तीकर्ताले विल सहित महासंघमा भुक्तानी माग गर्ने छ र महासंघले आवश्यक प्रकृया पुरयाई बैंक खाता मार्फत रकम भुक्तानी गर्दै जानेछ ।

४. आपूर्तिकर्तालाई भुक्तानी गर्दा नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिने छ ।

५. उपरोक्त बमोजिमको कारोवार २०८२ साल असार महिना देखि २०८३ साल असार मसान्त सम्म सञ्चालन गरिने छ ।

६. स्थानीय तथा सम्बन्धित पालिकामा सञ्चालनमा रहेका आपूर्ति कर्ताहरूलाई छनौट प्रकृयामा प्राथमिकता दिईने छ । प्रत्येक पालिकाको लागी फरक फरक सामग्रीहरू आपूर्ती गर्नको लागि फरक फरक आपूर्तीकर्ता छनौट गरिने छ । तर अन्य पालिकामा पनि सामग्री आपूर्ति गर्न सक्ने क्षमता र उपलब्धता देखिएमा एउटै आपूर्तिकर्तालाई एक भन्दाबढी पालिकामा समेत सामग्री आपूर्ति गर्नको लागि छनौट गर्न सकिनेछ ।

७. इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित  भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत बोलपत्र प्राप्तीको लागि आधिकारीक पत्र मार्फत बोलपत्र प्राप्त गर्न सक्ने छ ।  यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस संस्थाको कार्यालयमा दरभाउ उल्लेखित गरी पेश गर्न सकिने छ ।

८. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यान दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्षको करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान  व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरूको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।

९. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

१०. बोलपत्र फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

११. पेश गरिएका बोलपत्रहरू खोलिने मिति र समयको बारेमा बोलपत्रदाताको सम्पर्क नं. मार्फत जानकारी गराईने छ । संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

१२. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

१४. फाराम बुझाउने अन्तिम मिति २०८२/०३/०७ गते दिउँसो ५:०० बजेसम्म हुनेछ ।

१५. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र  नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपाल नीहित रहेको छ ।

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:

राष्ट्रिय कृषक समूह महासंघ नेपाल ,

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १, सिरहा–(बालाजु पेट्रोल पम्प भन्दा उत्तर पट्टीको गल्ली बाट १०० मि भित्र ।)

फोन न. ०३३–५६४०७३

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 15 Jun, 2025
Apply Before 21 Jun, 2025
City Kathmandu