सूचि दर्ता गर्ने सम्बन्धी सुचना

Village Development and Save the Environment Forum (VDSEF) Nepal Kalikot

Details / requirements:

ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल

खाडाचक्र १ मान्मा कालिकोट

सूचि दर्ता गर्ने सम्बन्धी सुचना ।

सुचना प्रकाशित मितीः २०८२ पौष २८ गते बिहिबार

यस संस्था ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल द्धारा सञ्चालित  परियोजनाहरूमा आवश्यक पर्ने तपसिल बमोजिमका सामाग्रीहरू खरिद गर्न तथा अन्य सेवाका लागी सम्बन्धित सेवा प्रदायक व्यत्ति, फर्म, उद्योग, संस्था, कम्पनी, सप्लायर्सहरूको सूचि दर्ता गराई राख्नुपर्ने भएकाले ईच्छुक सेवा प्रदायकहरूले यो सुचना प्रकाशित भएको मितिले १५ दिन (२०८२ माघ १२ गते सोमवार ) भित्र यस संस्थाको केन्द्रिय कार्यालय मान्मा कालिकोट,वा फिल्ड अफिस शुभकालिका गाउँ पालिका वडा नं. ५, सुकाटिया, र फिल्ड अफिस तिलागुफा नगरपालिका वडा नं. ६, खल्लागार्ड वा इमेलः procurement.vdsefkalikot@gmail.com मार्फत तपसिलमा उल्लेखित आवश्यक कागजात संलग्न राखी सूचि दर्ता गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

सूचि दर्ता गर्ने बिषयहरू:

 १) स्टेशनरी तथा मसलन्द, पाठ्य पुस्तक तथा पत्र–पत्रिका, फोटोकपी, प्रिन्टिङ्ग, कार्टिज रिफिल, लत्ताकपडा/स्कुल ड्रेस, जुत्ताचप्पल, खेलकुद सामाग्री, तथा अन्य शैक्षिक सामाग्री आपुर्ति सम्बन्धि सेवा ।

२) ल्यापटप, कम्प्युटर, प्रिन्टर, फोटोकपी, अन्य विद्युतिय सामाग्री, कार्यालयका उपकरणका पार्टपुर्जाहरू लगायत मर्मत सम्भार, सोलार तथा यसका सम्बन्धित सामाग्री तथा जडान सेवा र इन्टरनेट सेवा ।

३) यातायात सेवा, ट्राभल्स एजेन्सी, इन्सुरेन्स, मोटर वाईक मर्मत, गाडी मर्मत तथा ट्रक वा सामाग्री ढुवानी तथा कुरियर सम्बन्धि सेवा ।

४) छापाखाना, डिजाइन तथा छपाई , ब्यानर प्रिन्ट, फेलेक्स प्रिन्ट सम्बन्धि सेवा ।

५) बिभिन्न विषयगत तालिम प्रशिक्षक, सर्भे तथा सर्भेक्षण, कार्यक्रम मूल्यांकन, अध्ययन तथा अनुसन्धान, अनुवाद गर्ने, प्रश्तावना तथा प्रतिवेदन लेखन तथा अन्य क्षेत्रमा परामर्श सेवा ।

६) खाद्यान्न तथा लत्ताकपडा सप्लाई, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि सामाग्रीहरू  ढुवानी सम्बन्धि सेवा ।

७) सेमिनार, मिटिङ्ग, गोष्ठि तथा तालिम सञ्चालनार्थ खाना तथा बस्न ब्यवस्था सहित होटल तथा हल सेवा, खाजा नास्ता , खाना सम्बन्धि सेवा ।

८) हार्डवेयर, किराना, कृषि सामाग्री तथा बिउ बिजन आपुर्ति सम्बन्धि सेवा ।

९) विपद् पुर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक सामाग्रीहरू  तथा उपकरणहरू सम्बन्धि सेवा ।

१०) श्रव्य, दृष्य, छायाङ्कन तथा रेर्कडिङ्ग सम्बन्धि सेवा ।

११) भिजिबिलिटी सामाग्री प्रिन्ट – टिर्सट, क्याप, झोला/व्याग आदि ।

१२) रेडियो,विज्ञापन , कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धि सेवा ।

१३) बालशिक्षाका लागि टेबुल,बुक र्याक लगायत अन्य फर्निचर आइटम ।

१४) स्वास्थ्य सामाग्रीहरू 

सूचि दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू:

१) सेवा प्रदान गर्ने सम्वन्धी निवेदन पत्र ( प्रदान गर्ने बस्तु तथा सेवाहरू स्पष्ट खुलाइएको हुनुपर्नेछ )

२) फर्म/कम्पनी/संस्थाको हकमा:- फर्म/कम्पनि/संस्थाको विवरण (प्रोफाइल), दर्ता प्रमाणपत्र (नविकरण सहित) पाना नं. प्रमाणपत्र, र गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र

३) व्यक्तिको हकमा:- नागरिकता , व्यक्तिगत विवरण, पान/भ्याट दर्ता प्रमाण–पत्र तथा करचुक्ताका  प्रतिलिपीहरू ।

४) यो लिङ्क को फारम लाई प्रयोग गरि विवरण भरेर पेश गर्नु होला ।

लिङ्क : https://drive.google.com/uc?export=download&id=15FjuizcYyI1ezopuZO97caBt5E2l4l2b

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालिकोट नेपालको टेलिफोन नम्बर ०८७–४४००५७ वा मोबाईल नं ९८४८३०४००७,९८४८४५९२९१ मा सम्पर्क गर्न सकिनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 12 Jan, 2026
Apply Before 26 Jan, 2026
City Kalikot