सूची दर्ता गर्ने सम्बन्धि सूचना

Relief Nepal

Details / requirements:

सूची  दर्ता गर्ने सम्बन्धि सूचना

पहिलो पटक प्रकाशित गरिएको मिति २०८२/०८/०३

रिलिफ नेपाल, वि.स. २०६५ मा सिन्धुलीमा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । यस संस्थाले बालबालिकालाई केन्द्रमा राखेर बाल अधिकार तथा बाल संरक्षण, खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन, शिक्षा तथा स्वास्थ्य, कृषि तथा आर्थिक विकास, र विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।

रिलिफ नेपालले आ.व. २०२५/०२६ मा World Vision International Nepal, Childaid Network Foundation, All Hands & Hearts, लगायतका विभिन्न संस्थाहरूसँगको साझेदारीमा संचालित परियोजनाहरू एवं सम्भावित परियोजनाहरूको लागि तपसिल बमोजिमका वस्तु तथा सेवाहरू खरिद गर्न आवश्यक हुने भएकोले इजाजत प्राप्त आपूर्तिकर्ता, फर्म, सप्लायर्स कम्पनी तथा संस्थाहरू वा व्यक्तिहरूले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र रित पुर्वक निवेदन पेश गरी सुची दर्ता गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक सामान तथा सेवाहरू:

  • स्टेशनरी, खेलकुद सामाग्री, मसला तथा अन्य सेवाहरू
  • इन्टरनेट आपूर्ति
  • फर्निचर तथा फिनिसिङ्ग सम्बन्धी सामग्री
  • होटल, लज तथा तालिम हल सेवा , स्थानिय क्याटरीन सेवा
  • कम्प्युटर, प्रिन्टर, स्क्यानर तथा अन्य आईटी/सूचना प्रविधि सामग्री
  • कुरियर सेवा
  • विद्युत सेवा तथा विद्युत सामग्री
  • विज्ञापन, सामग्री उत्पादन तथा सञ्चालन
  • छपाइ, फोटोकपी तथा भिजिबिलिटी सामग्री (टि–शर्ट, टोपी, झोला, झन्डा, कपडा आदि)
  • कम्प्युटर, जेनरेटर, ए.सी. तथा विद्युत सामग्री मर्मत तथा मर्मत–सम्भार सेवा
  • सवारी साधन तथा भाडा सेवा (माइक्रो, बोलेरो, ट्र्याक्टर, जिप, बस, कार आदि)
  • कन्सल्टेन्सी तथा परामर्श सेवा
  • औषधि तथा स्वास्थ्य सामग्री
  • सरसफाइ सामग्री, किराना तथा जनरल सामग्री
  • भवन निर्माण तथा इन्जिनियरिङ (हार्डवेयर सामग्री आपूर्ति)
  • सवारी साधन बीमा, अतिरिक्त पार्ट–पुर्जा, मर्मत–सम्भार आदि
  • कृषि उत्पादन तथा कृषि सामग्री, पशु पंक्षी पालन तथा व्यवसाय आपूर्ति

आवश्यक कागजातहरू:

  • कम्पनी दर्ता प्रमाणपत्र, नविकरण 
  • PAN/VAT दर्ता प्रमाणपत्र
  • कर चुक्ता प्रमाणपत्र यदि छैन भने म्याद थपको पत्र 
  • अघिल्लो अनुभवका प्रमाणपत्रहरू 
  • क्षेत्रविशेष लाइसेन्स 
  • बीमा प्रमाणपत्र (सवारी साधन/ढुवानी सेवा प्रयोजनमा)
  • बैंक खाता विवरण
  • Supplier Code of Conduct

सप्लार्यस दर्ताका लागि फर्म तलको लिङ्कमा गएर डाउनलोड गर्न सकिने छ ।

लिङ्कहरू:

Suppliers Registration Form-Consultancy Service

Annex-3-Supplier Registration Form_FY 2025

Supplier Code of Conduct

आवेदकहरू मध्येबाट योग्य ठहरिएका विक्रेता, फर्म तथा कम्पनीहरूलाई मात्र सूचिकृत गरिने छ । यसरी सूचिकरण गर्दा पेश हुन आएको विवरण, क्षमता, अनुभव तथा दक्षतालाई छनौटको आधार मानिने छ ।

सूची दर्ता फारम वि.सं. २०८२ मंसिर १७ गते रिलिफ नेपाल सिन्धुलीको कार्यालयमा वा ईमेल मार्फत scm@reliefnepal.org.np आईतबार देखि शुक्रबारको विहान १०:०० बजे देखि बेलुका ५:०० बजेसम्म बुझाउन सकिने छ । 

सूचिकरण गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस संस्थामा निहित रहने छ ।

थप जानकारीका लागि:

रिलिफ नेपाल, कमलामाई-६, सिन्धुली

ईमेल: scm@reliefnepal.org.np

टेलिफोन: +९७७–४७–५२०९१५, +९७७- ९८०४७४०३७२