पद पुर्तिका लागि विज्ञापन गरिएको सूचना
Details / requirements:
जन जागरण युवा क्लब (JJYC), बारा
पद पुर्तिका लागि विज्ञापन गरिएको सूचना ।
प्रथम पटक प्रकाशित मितिः २०८२/०४/३०
जन जागरण यूवा क्लब (JJYC), बाराद्वारा Save the Children/KOICA को सहयोगमा संचालन भईरहेको INSPIRE परियोजनाको लागि स्वयंसेवक सहजकर्ता (Volunteer/Facilitators) को आवश्यकता रहेकोले ईच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाण–पत्र तथा तपसिलमा उल्लेख भए अनुसारका शैक्षिक योग्यता तथा अनुभवका प्रमाण–पत्रहरू संलग्न राखी यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा आ–आफ्नो आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ । दरखास्त बुझाउने अन्तिम दिन सरकारी विदा परेमा विदा पछि कार्यालय खुल्ने दिनलाई अन्तिम दिन मानिनेछ । छनौटमा परेका सहजकर्ताले संस्थाले खटाएको विद्यालयको सेवा क्षेत्रमा गएर काम गर्नु पर्ने छ ।
विज्ञापन नं. | पद | पद संख्या | दरखास्त दस्तुर | न्युनतम शैक्षिक योग्यता | कैफियत |
०१/०८२/८३ | स्वयंसेवक शिक्षक | १२६ | निशुल्क | प्रविणता प्रमाण पत्र तह वा +२ (शिक्षा संकाय) |
मुख्य जिम्मेवारीः
- छनोट भएका सहजकर्ताहरूले TOR अनुसार सत्र सञ्चालन गर्नुपर्नेछ र निम्न कार्यहरू गर्नुपर्नेछः
- कक्षा ४ र ५ मा अध्यनरत बालबालिका मध्ये अधारभुत तहभन्दा न्यून सिकाइ, अधारभुत तहको सिकाई र औसतभन्दा कम सिकाइ अवस्थाका विद्यार्थी निर्धारीत प्रकृया बमोजिम छनौट गर्नुपर्नेछ ।
- छनौट भएका बालबालिकाहरूलाई ३ महिना निरन्तर रुपमा सिकाई योजना बानाई सत्रहरू सञ्चालन गर्नुपर्नैछ । (बिदाको दिन बाहेक, नेपालि, अंग्रेजी, गणित र विज्ञान तथा प्रविधि)
- सत्र सञ्चालन समय र स्थान बालबालिका, अभिभावक र शिक्षकहरूसँग समन्वय गरी निर्धारण गर्नुपर्नेछ ।
- स्थानीय सिकाइ सामग्रीहरू प्रयोग गरेर घरमा सिकाइ कुना स्थापना गर्न बालबालिकाहरूलाई सहयोग गर्ने ।
- संस्थाद्वारा प्रदान गरिएका शैक्षिक सामग्री प्रयोग गर्ने र बालबालिकाको उपस्थितिलाई नियमित रूपमा ट्र्याक गर्ने र सम्बन्धित विद्यालयहरूलाई सेयर गर्ने ।
- बालबालिकाको मासिक रुपमा सिकाई उप्लब्धि परिक्षण गर्ने र संस्थालाई प्रतिवेदन दिनुपर्ने छ ।
- मासिक रूपमा सत्र सञ्चालन पछि फिल्ड अधिकृतलाई रिपोर्ट पेश गर्ने ।
कार्य स्थान: महागढीमाई नगरपालिका, करैयामाई गाउपालिका, र देवताल गाउपालिका ।
करार अवधि: सन् २०२५ डिसेम्बर सम्म ।
सेवा, सुविधा: सम्झौता तथा सर्तमा उल्लेख भए बमोजिम ।
छनौट प्रक्रिया: मौखिक ।
दरखास्त दिने अन्तिम मितिः २०८२/०५/०५ गते ।
दरखास्त बुझाउने स्थानः जन जागरण यूवा क्लब, बारा, कलैया–०१, गणेश टोलको कार्यालय ।
थप जानकारीको लागि कार्यालय समयमा जन जागरण यूवा क्लबको कार्यालय वा मो. नं. ९८४८०५६१०१ मा सम्पर्क गर्न सकिन्छ ।
नोटः स्वयंसेवक शिक्षक पदको लागि सम्बन्धित पालिकाहरुको सीमान्तकृत, महिला, विपन्न समुदायबाट मात्र आवेदकहरुले आवेदन दिन अनुरोध गरिन्छ तथा छनोटमा परेका उम्मेदवारहरूलाई मात्र थप छनोट प्रक्रियाको लागि आमन्त्रित गरिनेछ ।
भवदीय
.....................
JJYC, बारा
Link: https://drive.google.com/uc?export=download&id=1Wl4SwXP1JljvJktfayNas3JYzeCeHwRS
Overview
Category | Development Project, Teachers |
Openings | 126 |
Position Type | Full Time |
Position Level | Volunteer |
Experience | Please check vacancy details. |
Education | Intermediate (10+2) |
Posted Date | 15 Aug, 2025 |
Apply Before | 21 Aug, 2025 |
City | Bara |