प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना

Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Details / requirements:

प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना

(REF.: EFO-RRPK-RFP-2026/27-02)

प्रथम पटक प्रकाशित मिति: २०८३/०८/०९

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)रौतहट को आयोजनामा सञ्चालित समावेशी शिक्षा सुदृढीकरण (सिकाइ+ ) परियोजना अन्तर्गत महिलाहरूलाई स्वरोजगार तथा आयआर्जनमा संलग्न गराउने उद्देश्यले अगरबत्ती (स्टिक तथा बत्ती) उत्पादन, निर्माण तथा प्याकेजिङसम्बन्धी १० दिने सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने भएकाले उक्त तालिम सञ्चालन गर्न इच्छुक तथा योग्य सेवा प्रदायकहरूको आवश्यकता रहेको छ।उक्त तालिममा अगरबत्तीका लागि आवश्यक कच्चा पदार्थको पहिचान तथा प्रयोग, अगरबत्ती (स्टिक तथा बत्ती) बनाउने विधि, उत्पादनको गुणस्तर कायम गर्ने तरिका, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्नुपर्नेछ।तालिम एकै पटक सञ्चालन गर्नुपर्ने भएकाले सम्बन्धित क्षेत्रमा अनुभव भएका तथा तालिम सञ्चालन गर्न सक्षम इच्छुक दर्तावाला फर्म, कम्पनी एवं संस्थासँगै व्यक्तिगत प्रशिक्षक (Individual Trainer) ले आवश्यक कागजातसहित यस कार्यालयमा मिति २०८३ मंसिर १५ गते (१ डिसेम्बर २०२६) साँझ ५:०० बजेभित्र कार्यालय समयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ।

सञ्चालन गनुपर्ने रोजगार मुलक तालिमको विवरण

  • अगरबत्ती (स्टीक तथा बत्ती) उत्पादन एवं प्याकेजिङ सम्बन्धि तालिम

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू साथै आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी 

१. तालिम सञ्चालन गर्न इच्छुक रहेको व्यहोरा खुलाइएको निवेदन।

२. व्यक्तिगत प्रशिक्षकको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा फर्म/कम्पनी/संस्थाको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि (लागू हुने अवस्थामा नवीकरण भएको)।

३. व्यक्तिगत प्रशिक्षकको हकमा PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि (उपलब्ध भएमा) तथा फर्म/कम्पनी/संस्थाको हकमा PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि।

४. सम्बन्धित क्षेत्रमा तालिम सञ्चालन गरेको अनुभव तथा विगतमा विभिन्न निकायहरूसँग तालिम सञ्चालन वा सेवा प्रदान गरेको प्रमाणित गर्ने कागजातहरू (उपलब्ध भएमा)।

५. व्यक्तिगत प्रशिक्षकको हकमा व्यक्तिगत बायोडाटा (CV) तथा फर्म/संस्थाको हकमा संस्थाको अद्यावधिक प्रोफाइल।

६. अगरबत्ती (स्टिक तथा बत्ती) निर्माण, कच्चा पदार्थको प्रयोग, उत्पादनको गुणस्तर तथा प्याकेजिङसम्बन्धी ज्ञान, सीप र अनुभव प्रमाणित गर्ने कागजातहरू।

७. प्रस्तावित तालिमको विस्तृत कार्ययोजना, तालिम सञ्चालन विधि, दैनिक तालिम तालिका तथा सहभागीहरूलाई प्रदान गरिने व्यावहारिक अभ्यासको विवरण।

८. प्रस्तावित तालिमको आर्थिक प्रस्ताव (Financial Proposal)।

९. यस सूचनामा उल्लेख भएबाहेक सम्बन्धित क्षेत्रको अनुभव तथा क्षमता पुष्टि गर्ने अन्य प्रमाणपत्र वा कागजात भएमा सोसमेत संलग्न गर्न सकिनेछ।

१०. प्रस्तावना पेश गर्दा प्राविधिक तथा आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा सिलबन्दी गरी पेश गर्नुपर्नेछ। खामको बाहिर पठाउने तथा पाउनेको विवरण र प्राविधिक वा आर्थिक प्रस्ताव उल्लेख भएको हुनुपर्नेछ।

११. प्रस्तावना खोल्ने तथा छनोट गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ। कुनै वा सबै प्रस्ताव पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्ने अधिकार खरिद समितिमा रहनेछ।

१२. प्रस्ताव पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिनेछ।

१३. प्रस्तावना स्वीकृत भएको सेवा प्रदायकसँग आवश्यक सम्झौता गरी तालिम सञ्चालन गरिनेछ।

१४. तालिम सञ्चालनका क्रममा आवश्यक पर्ने कच्चा पदार्थ, उपकरण, प्याकेजिङ सामग्री तथा अन्य शैक्षिक सामग्रीको व्यवस्था सम्बन्धमा प्रस्तावमा स्पष्ट उल्लेख गर्नुपर्नेछ।

१५. प्रस्तावना पेश गर्दा शिल गरिएको साथै प्रस्तावा Hard Copy बुझाउनु पर्ने वा तथा ईमेलमा आएको प्रस्तावना LOCK गरेको हुनुपर्दछ ।

नोट: सम्बन्धित कागजात तथा ToR तलको लिंकबाट प्राप्त गर्न सकिनेछ ।

Link:

Required Documents

सूचना सम्बन्धी केहि जानकारी पाउन वा कागजात बुझाउने ठेगाना:

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)

ठेगाना: चंद्रपुर - ५,रौतहट

फोन नं.: ०५५-५९०४४०,९८०२८८६४४०

इमेल: procurement.sikai@rrpk.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 25 Nov, 2026
Apply Before 01 Dec, 2026
City Rautahat