खुला सिलबन्दी दरभाउ-पत्र आह्वान

Transform Nepal

Details / requirements:

ट्रान्सफम नेपाल

लालबन्दी-८, सर्लाही, मधेश प्रदेश, नेपाल

आपत्कालीन खाद्यान्न राहत सामग्री आपूर्तिका लागि

खुला सिलबन्दी दरभाउ-पत्र आह्वान

प्रकाशन मिति: २०८३/०८/१०

सूचना नं.: ०१

“ट्रान्सफम नेपाल” २०७४ सालमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भई र समाज कल्याण परिषदमा  आवद्धता लिई नेपालका विभिन्न जिल्लाहरुमा सामाजिक रुपान्तरण र विकासको क्षेत्रमा क्रियाशिल एक गैरसरकारी संस्था हो । विपद् प्रभावित तथा जोखिममा रहेका समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउनु संस्थाको कार्यको एक हिस्सा हो ।

ट्रान्सफम नेपालले नुवाकोट जिल्लाका विदुर र बेलकोटगढी नगरपालिका तथा रसुवा जिल्लाका उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका बाढी प्रभावित परिवारलाई आपत्कालीन सहयोग प्रदान गर्न १,३८० खाद्यान्न प्याकेजका लागि देहायका सामग्री आपूर्ति गर्न इच्छुक दर्तावाला  आपूर्तिकर्ताहरूबाट सिलबन्दी दरभाउ-पत्र आह्वान गरिन्छ ।

क्र.सं.सामग्रीप्रति प्याकेजकुल परिमाणब्रान्ड वा विवरण
१प्रिमियम जिरा मसिनो चामल२५ केजी

३४,५०० केजी

(१,३८० बोरा)

Urja, Pearl, Nagarik Rajhans

वा (Premium Jeera Masino हुनु पर्ने छ)

२मुसुरो दाल१० केजी १३,८०० केजीनेपाली, सफा सानो मुसुरो
३चिनी३ केजी४,१४० केजी
४चिउरा१५ केजी२०,७०० केजीस्थानीय ताइचिन चिउरा
५सूर्यमुखी खानेतेल२ लिटर२,७६० लिटर

आपूर्ति स्थल र मूल्यमा समावेश गर्नुपर्ने लागत

सबै सामग्रीहरू बिदुर-९, नुवाकोट स्थित गोदाममा बुझाउनु पर्नेछ । प्रस्तावित मूल्यमा  ढुवानी, लोडिङ र अनलोडिङ तथा सबै लागू कर समावेश हुनुपर्नेछ । मूल्य अभिवृद्धि कर (VAT) तथा अन्य कर छुट्टै स्पष्ट देखाई अन्तिम कुल रकम उल्लेख गर्नुपर्नेछ ।

दरभाउपत्र पेश गर्ने विवरण

अन्तिम मिति र समय: २०८३.०८.१६ वेलुकाको ५ बजेसम्म 

पेश गर्ने कार्यालयको ठेगाना: सस्थाको कार्यालय ,महालक्ष्मी न.पा. -२ ,ललितपुर स्थित सम्पर्क कार्यालय 

दरभाउ-पत्र खोल्ने मिति, समय र स्थान: २०८३ साल मंसिर १७ गते विहानको ११ वजे महालक्ष्मी न.पा. -२ ,ललितपुर स्थित सस्थाको सम्पर्क कार्यालय ।

खाममा लेख्ने विषय: “आपत्कालीन खाद्यान्न राहत सामग्रीको दरभाउ-पत्र”

सम्पर्क: बिजय कुमार तामाङ |  ९८४९२३९४०१, ०४६-५०१७५९

इमेल: bijay.tamang@transformnepal.org.np

दरभाउ-पत्रका सर्तहरू

१. कोटेशन फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् मसिंर १६ गते कार्यालय समयभित्र ट्रान्सफम नेपालको खरिद शाखामा आवश्यक सम्पूर्ण कागजातसहित सिलबन्दी गरी दर्ता गराइसक्नुपर्नेछ । इमेलबाट पेश गर्दा bijay.tamang@transformnepal.org.np मा पासवर्डद्वारा सुरक्षित ZIP फोल्डरमा पठाउन सकिनेछ । दरभाउ-पत्र खोल्ने तोकिएको समयमा खरिद समितिलाई पासवर्ड उपलब्ध गराउनुपर्नेछ । अन्तिम दिन बिदा परेमा कार्यालय खुलेको पहिलो दिनको दिउँसो १२:०० बजेभित्र दर्ता गराइसक्नुपर्नेछ । तोकिएको समयपछि प्राप्त दरभाउपत्र स्वतः अमान्य हुनेछ ।

२. प्राप्त कोटेशनहरू खरिद समितिको उपस्थितिमा तथा उपस्थित आपूर्तिकर्ता वा निजका आधिकारिक प्रतिनिधिहरूको रोहवरमा तोकिएको मिति, समय र स्थानमा खोलिनेछन् । आपूर्तिकर्ताका प्रतिनिधिहरू उपस्थित नभए पनि दरभाउ-पत्र खोल्न बाधा पर्ने छैन ।

३. सिलबन्दी दरभाउ-पत्रका साथ देहायका कागजात पेश गर्नुपर्नेछ। 

(क) फर्म वा कम्पनी दर्ता प्रमाणपत्र अथवा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

(ख) मूल्य अभिवृद्धि कर (VAT) वा स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

(ग) आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । २०८१ /०८२ को मात्र भए म्याद थपको निस्सा ।  

(घ) रीतपूर्वक भरिएको  र हस्ताक्षरित तथा छाप लगाइएको कोटेशन फाराम ।  

४. सबै दर नेपाली रुपैयाँमा उल्लेख गर्नुपर्नेछ । प्रस्तावित मूल्यमा बिदुर-९, नुवाकोटस्थित गोदामसम्मको  ढुवानी, लोडिङ, अनलोडिङ तथा लागू हुने सम्पूर्ण कर समावेश हुनुपर्नेछ । VAT तथा अन्य करको दर र रकम छुट्टै खुलाई अन्तिम कुल रकम उल्लेख गर्नुपर्नेछ ।

५. प्रत्येक प्रस्तावित सामग्रीको नमुना वा नमुना प्याकेट आवश्यकता भएमा उपलब्ध गराउनुपर्नेछ । नमुनामा आपूर्तिकर्ताको नाम, प्रस्तावित ब्रान्ड तथा विवरण स्पष्ट खुलाउनु पर्नेछ ।

६. खाद्यान्न मानव उपभोगका लागि उपयुक्त, सफा, कीरा तथा प्रदूषणरहित र सुरक्षित बन्द प्याकिङमा हुनुपर्नेछ । लागू हुने प्याकेटमा उत्पादन मिति तथा म्याद समाप्ति वा उपभोगयोग्य मिति स्पष्ट हुनुपर्नेछ ।

७. आपूर्तिकर्ताले प्रस्तावित ब्रान्ड, प्याकिङ आकार, बाँकी उपभोगयोग्य अवधि, आपूर्ति अवधि तथा भुक्तानीका सर्त स्पष्ट उल्लेख गर्नुपर्नेछ ।  दरभाउ-पत्र अन्तिम पेश गर्ने मितिदेखि कम्तीमा ३० दिनसम्म मान्य हुनुपर्नेछ । 

८. आपूर्तिकर्ताले कुनै वास्तविक वा सम्भावित स्वार्थको द्वन्द्व भए खुलाउनुपर्नेछ । मूल्य, नमुनाको गुणस्तर, तोकिएको विवरणसँगको अनुपालन र समयमै आपूर्ति गर्ने क्षमताका आधारमा मूल्याङ्कन गरिनेछ । सबैभन्दा कम मूल्य प्रस्ताव गर्दैमा छनोट सुनिश्चित हुने छैन ।

९. यस सिलबन्दी दरभाउ-पत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ । संस्थाको खरिद नीतिअनुसार कुनै वा सबै दरभाउपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार ट्रान्सफम नेपालमा रहनेछ ।

LINK:

आपूर्तिकर्ताले भर्ने मूल्य विवरण

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 25 Nov, 2026
Apply Before 02 Dec, 2026
City Sarlahi