प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना
Human Rights and Environment Development Center (HURENDEC) is non- governmental, non- political and youth lead organization established in 1993 A.D. with vision of "improved life standard; and equitable society” through our envision voice for social justice. HURENDECworks in various developmental themes; Good governance, Human rights, Maternal Child Health and Nutrition, Reproductive health, Education, Child protection, Natural Resource Management, Livelihood, and Humanitarian Response.
Details / requirements:
प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना
(REF.: HURENDEC/NRL/EOI/2026/05)
प्रथम पटक प्रकाशित मिति: २०८३/०४/२८ गते
मानव अधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक), नेपाल (HURENDEC) उदयपुर, गाईघाट र वल्र्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) संगको साझेदारीमा यस उदयपुर जिल्लामा “बाल सम्वृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना” (IPF–SHIELD) परियोजना सञ्चालन गरि रहेकोले यस संस्थालाई आ.ब. २०२६ का परियोजनाको कार्यक्षत्र रौतामाई गा.पा र ताप्ली गा.पाको लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण “GEDSI Analysis” अवस्था विश्लेषण गर्नका लागि यस संस्थालाई उपयुक्त तालिम प्रदायकको आवश्यकता भएकाले योग्य तथा इच्छुक सम्भावित इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी एवं संस्थाहरूबाट यस कार्यालयमा उल्लेखित कागजात सहित मिति २०८३/०५/०१ गते (१७ अगष्ट, २०२६) भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न आह्वान गर्दछौ ।
संचालन गर्नुपर्ने कार्य तथा स्थानको विवरणः
- उदयपुर जिल्लाको रौतामाई गाउपालिका र ताप्ली गाउपालिकाको “लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण” “GEDSI Analysis” अवस्था विश्लेषण ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू
१. आधिकारिक फर्म, कम्पनी तथा संस्थाले आफूले दर्ताको लागि पेश गरेको शिलबन्दि बाहिर आफनो फर्म, कम्पनी तथा संस्थाको नाम र के को लागि भनेर अनिवार्य उल्लेख गर्नृपर्नेछ वा ईमेल मार्फत समेत आफनो फर्म, कम्पनी दर्ताको लागि पठाउन सकिने छ ।
२. संम्लन गर्नुपर्ने अनिवार्य कागजातहरू:
क. कम्पनि तथा फर्म नविकरणको कागजातको प्रतिलिपि ।
ख. आर्थिक वर्ष २०८२।८३ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपि ।
ग. पान तथा भ्याट दर्ताको प्रतिलिपि ।
घ. कम्पनि तथा फर्मको प्रोफाइल ।
ङ पछिल्लो दुईबर्ष सम्म विभिन्न सार्वजनिक निकायहरूमा कारोबार गरेको प्रमाणको प्रतिलिपि ।
च. प्रस्तावनामा उल्लेख गरिएको दरभाउ १ बर्ष सम्मको लागि मान्य रहनेछ ।
छ. प्रस्तावना पेश गर्दा प्रविधिक र आर्थिक प्रस्तावना छुट्टा छुट्टै शिलबन्दी गरी पेश गनुपर्ने छ ।
Links:
यो सूचनामा उल्लेख भएबाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्नगर्न सकिने छ ।
आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क गरि प्राप्त गर्न सकिनेछ । वा इमेल मार्फत मागगर्न सकिने छ ।
आवश्यक सूची दर्ता फाराम तथा त्यच् तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।
शिलबन्दी गरिएको सुचि दर्ताको फारम बुझाउने ठेगाना: (Accepted and Valid only hard copies)
मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपाल
त्रियुगा नगरपालिका १२, वुद्घचोक, गाइघाट, उदयपुर
फोन नं. ९८४२८३७२०४
इमेल: procurement@hurendec.org
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 14 Aug, 2026 |
| Apply Before | 14 Sep, 2026 |
| City | Udayapur |