परामर्शकर्ता सेवा खरिद सम्बन्धि कोटेशन आह्वानको सूचना

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

सुन्दर नेपाल संस्था, सुर्खेत

परामर्शकर्ता सेवा खरिद सम्बन्धि कोटेशन आह्वानको सूचना

प्रथम पटक सूचना प्रकाशन मिति: ११ वैशाख २०८३, (24th April 2026)

सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE Nepal  को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Mother and Child Wellbeing (MCW) project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाउपालिका,  वीरेन्द्रनगर,  भेरीगंगा,  गुर्भाकोट र लेकवेशी नगरपालिकामा Mother and Child Wellbeing (MCW)/POSHAN परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका परामर्स दाताको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरू वा परामर्शदाता फर्महरूबाट कोटेशन आह्वान गरिएको छ ।

क्र.स.पदसंख्या योग्यताविषय क्षेत्र तथा अनुभव
परामर्स दातापोषण, जन स्वास्थ्य, कृषि, नीति तथा शासन, विकास अध्ययन वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर डिग्री
  • नीति स्तरमा काम गर्ने, बहुक्षेत्रीय पोषण, स्वास्थ्य तथा शासनमा केन्द्रित कम्तीमा १० वर्षको अनुभव भएको
  • बहुक्षेत्रीय पोषण योजना (MSNP) -III तथा पोषणमैत्री स्थानीय शासन (NFLG) र संयन्त्रको विषयमा अनुभव भएको
  • प्रादेशिक तथा जिल्ला स्तरका उच्चस्तरीय कार्यशालाहरू सञ्चालन गर्ने प्रमाणित अनुभव भएको
  • उत्कृष्ट सञ्चार तथा सुविधा प्रदान गर्ने कौशल

नोट: उल्लेखित पदको लागि बिस्तृत विवरण (TERMS OF REFERENCE) सुन्दर नेपाल संस्थाको वेबसाईट https://www.sundarnepal.org.np. मा notices हेर्न सकिन्छ ।

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरुः

  • आवेदनपत्र
  • वित्तीय प्रस्ताव
  • व्यक्तिगत वायोडाटा (CV/Resume)
  • शैक्षिक योग्यता तथा अनुभव प्रमाणपत्र
  • भ्याट/प्यान प्रमाणपत्र

Click Here for detailed ToR

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ ।

दरखास्त दिने अन्तिम मिति: १७ वैशाख २०८३ (30 April, 2026) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।      

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत

फोन न: ०८३–५२०९२६/५२३५३०

वा ईमेल: vacancy@sundarnepal.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 24 Apr, 2026
Apply Before 30 Apr, 2026
City Surkhet