प्रमुख सामुदायिक परिचालक (Lead Field Mobilizer) / सहायक सामुदायिक परिचालक (Assistant Field Mobilizer)

Hami DajuVai

Details / requirements:

Terms of Reference

Published Date: 23rd November 2026

Last date of submission – 27th November 2026

हामी दाजुभाइ

हामी दाजुभाइ युवा नेतृत्व गरेको एक महिलावादी संस्था हो । वि सं २०७६ सालमा स्थापना भएबाट यसले लैङ्गिक समानता र सामाजिक समावेशीकरणको मुद्दामा समुदायस्तरदेखि राष्ट्रियस्तरसम्को नीति पैरवी, युवा परिचालन, जनचेतना जागरण लगायतका कार्यहरु गर्दै आइरहेको छ । 

यसै सन्दर्भमा युनिसेफ नेपालसँगको साझेदारिमा हामी दाजुभाइले भोटेकोशी बाढीबाट प्रभावित तीन जिल्लाहरु रसुवा, नुवाकोट र धादिङका तल उल्लेखित १५ वटा पालिकाहरुमा प्रमुख सामुदायिक परिचालक (१० महिना) र सहायक सामुदायिक परिचालक (६ महिना) गरी जम्मा ३० जना कर्मचारीहरु आवश्यक परेको हुँदा दरखास्त आव्हान गरिएको छ । 

१ पद : प्रमुख सामुदायिक परिचालक (Lead Field Mobilizer)

  • जम्मा आवश्यक संख्या: १५ जना (फुल टाइम) : प्रत्येक पालिकामा १ जना
  • कार्यस्थल: तोकिएको स्थानीय तह
  • तह: असोसियट 
  • अवधि: १ डिसेम्बर, २०२६ देखि ३० सेप्टेम्बर, २०२७ (१० महिना)
  • (परियोजनाको अवस्था र कर्मचारीको कार्य क्षमताका आधारमा समयावधि थप पनि हुन सक्ने)
  • कायक्षेत्र:  स्थानीय तहका वडा तथा समुदाय 
  • मासिक तलब: ने रु ग्रस ३५, ०००/-

पदको परिचय

प्रमुख सामुदायिक परिचालकको मुख्य जिम्मेवारी जिम्मेवार पाइएको पालिकाको सबै वडाहरुमा घरदैलो अभियानका रुपमा जीवन उपयोगी सन्देश प्रवाह र जानकारी सङ्कलनका लागि जाने, स्थानीय निकायसँग समन्वयकारी भूमिका अलवम्बन गर्ने र पालिकमा रहेको सहायक सामुदायिक परिचालकसँग समन्वय गर्दै कार्यक्रमको गुणस्तरीय कार्यन्वयनको जिम्मेवारी निर्वाह गर्ने हुनेछ ।

जिम्मेवारीहरु

  • पालिकाका वडाहरुमा गई तथ्याङ्क तथा जानकारी सङ्कलन गर्ने
  • स्थानीय तहसँगको समन्वयकारी भूमिका निर्वाह गर्ने
  • नियमित रुपमा स्थानीय तहमा भएका कार्यक्रमकहरुको प्रतिवेदन तथा तथ्याङ्क दिइएको ढाँचामा तयार पारी परियोजना संयोजक समक्ष प्रस्तुत गर्ने
  • स्थानीय तहमा रहेका सहायक सामुदायिक परिचालकसँगको समन्वयमा विस्तृत योजना तयार पार्ने
  • परियोजनको समयतालिका अनुसारका समुपूर्ण कार्यहरु समयमा गुणस्तरसहित कार्यान्वयन गर्ने
  • स्थानीय स्तरमा उजुरी संयन्त्रको विकास तथा प्रयोगका लागि पैरवी र सहयोग गर्ने
  • जीवन उपयोगी स्वास्थ्य, खानेपानी तथा सरसफाई, हिंसा तथा दुर्व्यवहार जस्ता विषयमा जानकारीमुलक सूचना प्रवाह गर्ने
  • विपद्का समयमा सहि सूचनाको महत्वका बारेमा समुदायमा जानकारी पुर्याउने
  • दैनिक रुपमा तथ्याङ्क दिइएको ढाँचामा उपलब्ध गराउने तथा परियोजनाको सिकाई, सकारात्मक र उपलब्धीका कथाहरु तयार पार्ने
  • स्थानीयस्तरमा रहेका विभिन्न सरोकारवालाहरुसँग समन्वय गरी स्थानीयस्तरका विविध मुद्दा तथा सरोकारका विषयमा पैरवी गर्ने
  • स्थानीय तह, दातृ निकाय तथा संस्थाको कार्यसमितिबाट आउने अनुगमन भ्रमणका लागि समन्वय तथा पूंर्व तयारी गर्ने
  • तोकिएको पालिकामा संस्थाको तर्फबाट सम्पर्क व्यक्तिको रुपमा सम्पूर्ण जम्मेवारी निर्वाह गर्ने र सहायक सामुदायिक परिचालकलाई परिचालन गर्ने
  • आर्थिक तथा प्रशासन शाखासँगको समन्वयमा कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजात, बील भर्पाइहरुको दस्तावेजीकरणमा सहयोग गर्ने
  • हामी दाजुभाइलाई स्थानीयस्तरमा विभिन्न मञ्चहरुमा प्रतिनिधित्व गर्ने
  • संस्थाले जिम्मेवारी दिइएका अन्य कार्यहरु गर्ने

न्युनतम आवश्यकता

  • कम्तिमा १२ कक्षा पास गरेको तर स्नातक तह अध्ययनरतलाई प्राथमिकता दिइनेछ
  • कम्तिमा ६ महिनाको कार्यअनुभव । विपद्को समयमा समुदायस्तरमा कार्य अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ
  • स्थानीय तह र फरक फरक प्रकारका सरोकारवालाहरुसँग काम गरेको अनुभव भएकोलाई प्राथमिकता दिइनेछ
  • जुन स्थानीय तहको लागि आवेदन दिइएको हो सोहि स्थानीय तहको स्थायी बासिन्दा हुनुपर्नेछ 
  • लैङ्गिक न्याय, बाल संरक्षण, युवा सहभागितार समुदाय परिचालनका क्षेत्रका काम गर्ने इच्छा भएको
  • अपेक्षित सीप र ज्ञान
  • ट्याबमा नेपालीमा टाइप गर्ने तथा प्रतिवेदन तयार गर्ने सीप
  • नेतृत्व, व्यवस्थापन र सरोकारवालाहरुँग समन्वय गर्ने सीप
  • प्रभावकारी सञ्चार सीप
  • आवश्यक पर्दा समुदाय भित्र र बाहिर यात्राका लागि तयार हुने
  • कम्प्युटरको ज्ञान भएको
  • विविध पहिचानका व्यक्ति तथा समूहहरुसँग काम गर्ने अनुभव भएको
  • समय व्यवस्थापन गर्दै गुणस्तर र नैतिक आचरणमा सम्झौता नगर्ने
  • कार्यक्रम र निश्चित समयावधिको दबाबमा गुणस्तरिय काम गर्ने तथा कार्यका लागि परिचालन गर्ने दक्षता भएको

२ पद: सहायक सामुदायिक परिचालक (Assistant Field Mobilizer)

  • जम्मा आवश्यक संख्या: १५ जना (फुल टाइम): प्रत्येक पालिकामा १ जना
  • कार्यस्थल: तोकिएको स्थानीय तह
  • तह: असोसियट 
  • अवधि: १ डिसेम्बर, २०२६ देखि ३१ मे, २०२७ (६ महिना)
  • (परियोजनाको अवस्था र कर्मचारीको कार्य क्षमताका आधारमा समयावधि थप पनि हुन सक्ने)
  • कायक्षेत्र: स्थानीय तहका वडा तथा समुदाय 
  • मासिक तलब: ने रु ग्रस ३०,०००/-

पदको परिचय

सहायक सामुदायिक परिचालकको मुख्य जिम्मेवारी जिम्मेवार पाइएको पालिकाको सबै वडाहरुमा घरदैलो अभियानका रुपमा जीवन उपयोगी सन्देश प्रवाह र जानकारी सङ्कलनका लागि जाने, स्थानीय निकायसँग समन्वयकारी भूमिका अलवम्बन गर्ने र पालिकमा रहेको प्रमुख सामुदायिक परिचालकको सहयोगीको भूमिका निर्वाह गर्दै कार्यक्रमको गुणस्तरीय कार्यन्वयनको जिम्मेवारी हुनेछ ।

जिम्मेवारीहरु

  • पालिकाका वडाहरुमा गई तथ्याङ्क तथा जानकारी सङ्कलन गर्ने
  • स्थानीय तहसँगको समन्वयकारी भूमिका निर्वाह गर्ने
  • नियमित रुपमा स्थानीय तहमा भएका कार्यक्रमकहरुको प्रतिवेदन तथा तथ्याङ्क दिइएको ढाँचामा तयार पारी प्रमुख सामुदियक परिचालक र परियोजना संयोजक समक्ष प्रस्तुत गर्ने
  • स्थानीय तहमा रहेका प्रमुख सामुदायिक परिचालकको नेतृत्व र सहयोगमा विस्तृत योजना तयार पार्ने
  • परियोजनको समयतालिका अनुसारका समुपूर्ण कार्यहरु समयमा गुणस्तरसहित कार्यान्वयन गर्ने
  • स्थानीय स्तरमा उजुरी संयन्त्रको विकास तथा प्रयोगका लागि पैरवी र सहयोग गर्ने
  • जीवन उपयोगी स्वास्थ्य, खानेपानी तथा सरसफाई, हिंसा तथा दुर्व्यवहार जस्ता विषयमा जानकारीमुलक सूचना प्रवाह गर्ने
  • विपद्का समयमा सहि सूचनाको महत्वका बारेमा समुदायमा जानकारी पुर्याउने
  • दैनिक रुपमा तथ्याङ्क दिइएको ढाँचामा उपलब्ध गराउने तथा परियोजनाको सिकाई, सकारात्मक र उपलब्धीका कथाहरु तयार पार्ने
  • स्थानीयस्तरमा रहेका विभिन्न सरोकारवालाहरुसँग समन्वय गरी स्थानीयस्तरका विविध मुद्दा तथा सरोकारका विषयमा पैरवी गर्ने
  • स्थानीय तह, दातृ निकाय तथा संस्थाको कार्यसमितिबाट आउने अनुगमन भ्रमणका लागि समन्वय तथा पूंर्व तयारी गर्ने
  • प्रमुख सामुदायिक परिचालको सूचना र जानकारी अनुसार परियोजनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्ने
  • आर्थिक तथा प्रशासन शाखासँगको समन्वयमा कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजात, बील भर्पाइहरुको दस्तावेजीकरणमा सहयोग गर्ने
  • हामी दाजुभाइलाई स्थानीयस्तरमा विभिन्न मञ्चहरुमा प्रतिनिधित्व गर्ने
  • संस्थाले जिम्मेवारी दिइएका अन्य कार्यहरु गर्ने

न्युनतम आवश्यकता

  • कम्तिमा ११ कक्षा पास गरेको तर १२ कक्षा पास गरेकालाई प्राथमिकता दिइनेछ
  • कम्तिमा ३ महिनाको कार्यअनुभव । विपद्को समयमा समुदायस्तरमा कार्य अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ
  • स्थानीय तह र फरक फरक प्रकारका सरोकारवालाहरुसँग काम गरेको अनुभव भएकोलाई प्राथमिकता दिइनेछ
  • जुन स्थानीय तहको लागि आवेदन दिइएको हो सोहि स्थानीय तहको स्थायी बासिन्दा हुनुपर्नेछ 
  • लैङ्गिक न्याय, बाल संरक्षण, युवा सहभागितार समुदाय परिचालनका क्षेत्रका काम गर्ने इच्छा भएको

अपेक्षित सीप र ज्ञान

  • ट्याबमा नेपालीमा टाइप गर्ने तथा प्रतिवेदन तयार गर्ने सीप
  • नेतृत्व, व्यवस्थापन र सरोकारवालाहरुँग समन्वय गर्ने सीप
  • प्रभावकारी सञ्चार सीप
  • आवश्यक पर्दा समुदाय भित्र र बाहिर यात्राका लागि तयार हुने
  • कम्प्युटरको ज्ञान भएको
  • विविध पहिचानका व्यक्ति तथा समूहहरुसँग काम गर्ने अनुभव भएको
  • समय व्यवस्थापन गर्दै गुणस्तर र नैतिक आचरणमा सम्झौता नगर्ने
  • कार्यक्रम र निश्चित समयावधिको दबाबमा गुणस्तरिय काम गर्ने तथा कार्यका लागि परिचालन गर्ने दक्षता भएको 

स्थानीय तहको विवरण

सि. न.जिल्लास्थानीय तह
1.रसुवाउत्तरगया गाउँपालिका
2.
गोसाइँकुण्ड गाउँपालिका
3.
कालिका गाउँपालिका
4.
नौकुण्ड गाउँपालिका
5.
आमाछोदिङ्मो गाउँपालिका
6.नुवाकोटविदुर नगरपालिका
7.
बेलकोटगढी नगरपालिका
8.
तारकेश्वर गाउँपालिका
9.
किस्पाङ गाउँपालिका
10.
लिखु गाउँपालिका
11.धादिङबेनीघाट रोराङ गाउँपालिका
12.
गजुरी गाउँपालिका
13.
गल्छी गाउँपालिका
14.
सिद्धलेक गाउँपालिका
15.
नीलकण्ड नगरपालिका

हामी दाजुभाइ सबैका लागि समान अवसर प्रदान गर्ने नीति अवलम्बन गर्दै सिमान्तकृत र अल्पसङ्यक समुदायका प्रतिनिधीलाई विशेष प्राथमिकता दिने नीति अँगिकार गर्दछ । लैङ्गिक तथा यौनिक विभेद, शोषण, भेदभाव, हिंसा र दुर्व्यवहार, भ्रष्टाचार र बाल हिंसा विरुद्द संस्थाले शुन्य सहनशिलताको नीति अवलम्बन गर्दछ । छनौट भएका उम्मेदवारहरुले हामी दाजुभाइको सम्पूर्ण नीति तथा नियमको पूर्ण परिपालन गर्नुपर्नेछ । 

माथि उल्लेखित कार्य गर्न इच्छुक भएको र आवेदन दिने पदको न्युनतम अनुभव र आवश्यकता पूरा गर्न सक्षम उम्मेदवारहरुलाई हामी दाजुभाइको इमेल ठेगाना vacancy.hdv@gmail.com मा आफुले आवेदन दिन चाहेको पद इमेलको Subject section मा उल्लेख गर्दै व्यक्तिगत विवरण सहित आवेदन दिनुहुन अनुरोध गर्दछौ ।

थप जानकारीका लागि 

हामी दाजुभाइ

ज्वागल ललितपुर

+977-9851408411

Overview

Category Development Project, NGO/INGO/Social work
Openings Few
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 23 Nov, 2026
Apply Before 27 Nov, 2026
City Dhading, Rasuwa, Nuwakot