मौजुदा सूची दर्ता सम्बन्धी सूचना

University of Nepal (UNepal)

Univesity of Nepal (UNepal), Sanogaucharan, Naxal, Kathmandu

Details / requirements:

नेपाल विश्वविद्यालय

मौजुदा सूची दर्ता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३/०४/१९

नेपाल विश्वविद्यालयलाई आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवा आपूर्ति/प्रवाह गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रका इजाजतप्राप्त दर्तावाला इच्छुक सेवा प्रदायक फर्म/कम्पनीहरूलाई सूचीकरण गर्न लागिएको छ।इच्छुक सेवा प्रदायक फर्म/कम्पनीहरूले आफूले आपूर्ति गर्न चाहेका वस्तु तथा सेवाको विवरण, फर्म/कम्पनीको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN), मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, स्वघोषणा निवेदन संलग्न गरी, प्रत्येक कार्यको लागि छुट्टाछुट्टै खामबन्दी आवेदन यस सूचना पहिलो पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र  नेपाल विश्वविद्यालय खरिद नियमावली, २०८२ अनुसूची ४ को ढाचामा यस नेपाल विश्वविद्यालयको कार्यालय, सानो गौचरनमा उपस्थित भई दर्ता गराउनु हुन अनुरोध छ।

क) खरिद तथा आपूर्ति

  • कार्यालय प्रयोजनका लागि स्टेसनरी तथा मसलन्द लगायत सामग्री
  • कम्प्युटर, प्रिन्टर, फोटोकपी, स्क्यानर, युपिएस, कार्टेज, टोनर लगायत इलेक्ट्रोनिक उपकरणहरू
  • फर्निचर तथा कार्यालय फर्निसिङ्ग सामग्री
  • छपाइ सम्बन्धी कार्यहरू (लेटरहेड, खाम, ब्रोसर, क्यालेण्डेर, आदि)
  • विज्ञापन तथा सूचना प्रकाशन कार्य
  • शैक्षिक कार्यक्रमको वेब विज्ञापन तथा प्रचारप्रसार
  • कार्यालय सरसफाइ सामग्री र सेवा
  • वेभ-साइट डेभलेपमेन्ट सम्बन्धी कार्य 

ख) खाद्य सामग्री आपूर्ति

  • कार्यालयमा आवश्यक पर्ने विविध खाद्य सामग्री

ग) मर्मत तथा जडान कार्य

  • कम्प्युटर, प्रिन्टर, ए.सि., फोटोकपी, स्क्यानर, युपिएस, कार्टेज, टोनर, जेनरेटर लगायत इलेक्ट्रोनिक उपकरणहरूको जडान तथा मर्मत संभार कार्य

घ) परामर्श सेवा

  • तालिम, संचारसम्बन्धी सामग्री, वेबसाइट निर्माण, सफ्टवेयर विकास, भिडियो निर्माण, श्रव्य-दृश्य सामग्री, सेवा दस्तावेजिकरण, कार्यशाला, गोष्ठी, सेमिनार तथा समन्वय र व्यवस्थापन
  • प्राविधिक, कानुनी प्रशासिनक, लेखा तथा व्यवस्थापकीय सम्बन्धी नियम/निर्देशिका मस्यौदा तयार गर्ने कार्य
  • शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने लजिस्टिक तथा अन्य तयारी कार्य

ङ) होटल तथा क्याटरिङ सेवा

  • परामर्श बैठक, गोष्ठी तथा कार्यक्रम सञ्चालनका लागि होटल, क्याटरिङ तथा अन्य सेवा उपलब्ध गराउने

LINK: मैजुदा सुचि फर्म.pdf

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 04 Aug, 2026
Apply Before 18 Aug, 2026
City Kathmandu