खरिद,लजिष्टिक तथा प्रशासन सहायक (Procurement, Logistic and Admin Assistant)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
मिति २०८२ साल कार्तिक २१ गते
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहँुच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि विगत १४ वर्षदेखि कार्यरत रहदै आएको छ ।
महासंघले पोषण परियोजना (Mother Child Wellbeing Partnership Program Nurture Every Future) सँग सम्बन्धित गतिविधिहरु मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले केएर नेपाल सँगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरुसँगको सहकार्यमा “पोषण कार्यक्रम” सञ्चालन गर्न गईरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय, सिरहामा रही तपशिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपशिलमा उल्लेखित ठेगानामा २५ कार्तिक, २०८२ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आशातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।
| पद | संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
| खरिद,लजिष्टिक तथा प्रशासन सहायक (Procurement, Logistic and Admin Assistant) | १ | व्यवस्थापन विषयमा प्रविणता प्रमाणपत्र तह उतीर्ण वा सो सरह उर्तीण भई कम्तीमा १ वर्षको कार्य अनुभव |
|
- महिला, दलित, जनजाति सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
- कानुन विपरित कार्यमा संलग्न भई कानुनले कालो सूचीमा प्रमाणित गरेका उम्मेद्वारलाई छनौट प्रक्रियामा समावेश गरिनेछैन ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु
- रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि
- दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
दरखास्त बुझाउने अन्तिम मितिः २०८२ कार्तिक २५ गते सम्म
छनौट विधी : लिखित र मौखिक
पदपुर्ति समिति
Overview
| Category | Administrative / Management, Development Project, Logistics / Procurement, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
| Openings | 1 |
| Position Type | Full Time |
| Experience | 1+ years |
| Education | Please check vacancy details |
| Posted Date | 07 Nov, 2025 |
| Apply Before | 11 Nov, 2025 |
| City | Kathmandu |