कोटेशन आह्वान सम्बन्धी सूचना

Working for Access and Creation Nepal (WAC Nepal) Achham

Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.

Details / requirements:

कोटेशन आह्वान सम्बन्धी सूचना

प्रकाशन मिति: २०८३ जेष्ठ ०१ गते (15 May 2026)

Working for Access and Creation Nepal (WAC Nepal), अछामद्वारा संचालित विभिन्न परियोजनाका लागि आवश्यक बोट बिरुवाहरू आपूर्ति तथा ढुवानी  गर्न योग्य आपूर्तिकर्ता/फर्महरूबाट तपशिल बमोजिमको सर्तको अधिनमा रहने गरि कोटेशन आह्वान गरिन्छ । 

सर्तहरू:

१. कोटेशन माग फारम न १ अन्तर्गत विभिन्न बोट बिरुवाहरू अनुसुची १ अनुसार अर्थात : मेल्लेख गाउपलिका वडा न १ देखि ८ सम्म, साँफेबगर ४, कमलबजार २, ३, ४ र ५ र पंचदेवल विनायक १, २, ३, ४, ६ र ७ सम्म दुवानी गर्नु पर्ने छ भने कोटेशन माग फारम न २ अन्तर्गत विभिन्न बोट बिरुवाहरू चौरपाटी गाउपालिका वडा न ४ र ७ सम्म ढुवानी गरि दिनु पर्ने छ 

२. आवश्यक कागजातहरू

इच्छुक आपूर्तिकर्ता/फर्मले देहायका कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछः

  • फर्म दर्ता तथा नवीकरण प्रमाणपत्र
  • स्थायी लेखा नम्बर (VAT/PAN) दर्ता प्रमाणपत्र
  • आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र

३. कोटेशन माग फारम प्राप्त गर्ने तरिका

  • उल्लेखित लिंक बाट 
  • वा प्रत्यक्ष: WAC Nepal कार्यालय, साफेबगर नगरपालिका–४, अछाम (जनकल्याण विद्यालय नजिक)

४. कोटेशन पेश गर्ने तरिका

  • इमेलमार्फत कोटेशन पेश गर्न चाहने आपूर्तिकर्ताले procurement@wac.org.np  मार्फत Password Protected गरेर पेश गर्नु पर्ने छ  वा WAC Nepal कार्यालय, साफेबगर–४, अछाम प्रत्यक्ष पेश गर्न पनि सकिने छ ।  
  • पेश गर्ने अन्तिम मिति: २०८३ जेष्ठ ७ गते,  (21 May 2026) ढिलो प्राप्त कोटेशनहरू स्वीकार गरिने छैनन् ।

५. कोटेशन खोल्ने मिति

  • मिति: २०८३ जेष्ठ ८ गते (22 May 2026) 
  • समय: दिउँसो १२:०० बजे 
  • स्थान: WAC Nepal कार्यालय, अछाम (इच्छुक आपुर्तिकर्ताका प्रतिनिधि उपस्थित हुन सक्नेछन्।)

६. आपूर्ति सम्बन्धी शर्तहरू

  • ढुवानी सुरक्षित र उचित प्याकिङ सहित हुनुपर्नेछ। 
  • कुनै वा सबै बोलपत्र स्वीकृत/अस्वीकृत गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुनेछ ।

थप जानकारिको लागि

Working for Access and Creation Nepal (WAC Nepal)

साफेबगर नगरपालिका–४, अछाम

जनकल्याण विद्यालय नजिक

फोन: ०९७–६२५०३२/9848719261/9801701378

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 15 May, 2026
Apply Before 22 May, 2026
City Achham