कोटेशन आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कोटेशन आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०१/०४)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा र सप्तरी जिल्लामा पोषण परियोजना   कार्यक्रम सञ्चालनमा रहेको छ । यस कार्यक्रमको मुख्य लक्ष्य सुनौलो १००० दिनको घरधुरी, सिमान्तकृत समुदाय तथा प्रजनन उमेरका महिलाहरूको पोषण अवस्था सुधार गर्नु हो ।

उल्लेखित परियोजना अन्तर्गत पोषणमैत्री स्थानीय शासन (Nutrition Friendly Local Governance-NFLG) सम्बन्धि पालिका स्तरीय परामर्श कार्यशाला सञ्चालन तथा आवश्यक दस्तावेज तयार गर्नका लागि योग्य तथा अनुभवी व्यक्ति/संस्था (Consultant/Firm) बाट प्रस्ताव आह्वान गरिन्छ ।  तपसिल अनुसारको कन्सल्टेन्सी सेवा आवश्यक भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएको  वा मूल्य अभिवृद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने भनी कानूनले तोकिदिएको हकमा प्यानमा दर्ता भएका कन्सल्टेन्सी सेवाहरू आपूर्ति गर्न इच्छुक अनुभवी व्यक्ति/संस्था /कन्सल्टेन्टहरूबाट यो सूचना प्रकाशन भएको मितिले ५ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र  कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी कोटेशन पेश गर्नु हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

१. छनौट भएको अनुभवी व्यक्ति/संस्था (Consultant/Firm)सँग गरिएको सम्झौता बमोजिम सेवाहरू उपलब्ध गराउनेछ । व्यक्ति/संस्था (Consultant/Firm) सँग लाभग्राहीलाई उपलब्ध गराएको सेवाहरूको विवरण आफूसँग रेकर्ड राख्ने छ । उक्त रेकर्डको आधारमा आवश्यक कागजात सहित व्यक्ति/संस्था (Consultant/Firm) सँगे विल सहित महासंघमा भुक्तानी माग गर्नेछ र महासंघले आवश्यक प्रकृया पुरयाई बैंक खाता मार्फत रकम भुक्तानी गर्दै जानेछ । 

२. व्यक्ति/संस्था (Consultant/Firm) लाई भुक्तानी गर्दा नियमानुसार लाग्ने करकट्टी गरी मात्र रकम भुक्तानी गरिनेछ ।

३.स्थानीय तथा सम्बन्धित पालिकामा सञ्चालनमा रहेका व्यक्ति/संस्था (Consultant/Firm), कन्सल्टेन्टहरूलाई छनौट प्रकृयामा प्राथमिकता दिईनेछ । 

४. इच्छुक व्यक्ति/संस्था (Consultant/Firm), कन्सल्टेन्टले संस्थाको कार्यालयमा उपस्थित  भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत यसै साथ संलग्न गरिएको कोटेशन फर्मेटमा दरभाउ तथा शर्तनामाहरू उल्लेख गरी  यो सूचना प्रकाशित भएको मितिले ६ औं दिन ( मिति २०८३ साल वैशाख महिनाको  गते मंगलबारका दिन ) ५:०० बजे भित्र यस महासंघको कार्यालयमा कोटेशन दरभाउ उल्लेख गरी पेश गर्न सकिनेछ ।  

५. कोटेशन पेश गर्दा संस्था वा व्यक्तिको हकमा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यान दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्षको करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान  व्यक्ति/संस्था /कन्सल्टेन्टको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नुपर्नेछ । कोटेशनको खाम बाहिर परामर्शदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सेवाहरूको मात्र दरभाउ उल्लेख गर्नुपर्नेछ ।

६. कोटेशन फाराममा उल्लेखित प्रत्येक सेवाको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुनेछैन ।

७. कोटेशन फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

८. पेश गरिएका कोटेशनहरू खोलिने मिति र समयको बारेमा परामर्शदाताको सम्पर्क नं. मार्फत जानकारी गराईनेछ ।  संस्थाका प्रतिनिधीहरू र व्यक्ति/संस्था (Consultant/Firm) स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा कन्सल्टेन्ट वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन कोटेशन खोलिनेछ ।

९. म्याद नाघी वा रित नपूगी आएका कोटेशन उपर कुनै कारबाही हुनेछैन ।

१०. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।    

११. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ, नेपालको सामग्री खरिद नीति नियमावली र  नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ, नेपाल नीहित रहेको छ ।

Link 1 : ToR

कोटेशन प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, 

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १, सिरहा – (लहान Ncell Center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र) 

फोन न. ०३३–५६४०७३

इमेल: nfgfmadeshpradesh2075@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 17 Apr, 2026
Apply Before 22 Apr, 2026
City Lahan