कृषि सामग्री तथा बिउ बिजन खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Lele Community Development Center

Details / requirements:

कृषि सामग्री तथा बिउ बिजन खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा ICDP र IMPACT Project ललितपुर जिल्लाको गोदावरी नगरपालिका तथा कोन्ज्योसोम गाउँपालिकामा संचालन भइरहेको छ । प्राकृतीक कृषि प्रवद्र्धन गरी साना किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालित यस परियोजनाको लागि TOR मा उल्लेख भएअनुसार कृषि सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले इच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

दरभाउ पत्र पेश गर्ने प्रक्रिया:

इच्छुक कम्पनी/फर्म/आपूर्तिकर्ताहरूले कृषि सामग्रीहरुको शिलबन्दी दरभाउ लेखी यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र अर्थात २०८२ साल चैत्र ०९ गते तद्नुसार २३ मार्च, २०२६ ५:०० बजेभित्र सिलबन्दी बोलपत्र लेले सामुदायिक विकास केन्द्र, गो न. पा ११ टाहाखेल ललितपुर वा गुड नेवर्स इन्टरनेशनल नेपाल, कार्यालय (पोष्ट बक्स नं. ८९७५, ई.पि.सि, १६०५) मा पेश गर्न सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, Technical specification/TOR सम्बन्धित संस्थाको कार्यालयको ईमेल lcdc2067@gmail.com बाट प्राप्त गर्न सकिनेछ ।

नोट: कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 13 Mar, 2026
Apply Before 23 Mar, 2026
City Lalitpur