कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
Details / requirements:
संरक्षण नेपाल, बारा
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशन मिति: ५ असार २०८३, (१९ जुन २०२६)
संरक्षण नेपाल सन् २००२ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरू काम गर्दै आएको एक अग्रणी संस्था हो । यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरूको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ ।
CARE Nepal, iDE Nepal को सयुक्त साझेदारीमा संरक्षण नेपालको सहजिकरणमा Nurture Every Future-Poshan Project रौतहट जिल्लाको ५ वटा नगरपालिकाहरूमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारिकरण, लैगिक समानता र सामाजिक समावेशिकरण र लक्ष्ति बर्गहरूको व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।
Care Nepal र iDE Nepal सँगको साझेदारीमा संरक्षण नेपाल संस्थाले (रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका र ईशनाथ नगरपालिकामा) Nurture Every Future-Poshan परियोजना चल्दै आईरहको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरूको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।
तपसिलका कर्मचारीहरूको पद तथा योग्यता, अनुभव र सिप:
| क्र.स | पद | पद संख्या | योग्यता | योग्यता, अनुभव र सिप |
| १ | Clinical Support Officer (क्लिनिकल सहयोग अधिकृत) | १ | स्नातकोत्तर / स्नातक तह | मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ्ग विषयमा स्नाकोक्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ्ग विषयमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने । |
| २ | Field Officer क्षेत्र अधिकृत (पालिका स्तरीय) | ३ | स्नातकोत्तर / स्नातक तह | मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातकोत्तर तह Public Health, Nutrition, Agriculture, Social Sciences or related field र Public स्वास्थय, जीविकोपार्जन र स्थानीय शासनमा न्युनतम २ वर्षको कार्य अनुभव र स्नातक तह Public Health, Nutrition, Agriculture, Social Sciences or related field र Public स्वास्थय, जीविकोपार्जन र स्थानीय शासनमा न्युनतम ३ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ । Link: JD for Field Officer |
| ३ | Agriculture Officer (कृषि अधिकृत) | १ | स्नातकोत्तर / स्नातक तह | मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह कृषी बिज्ञान (Agriculture) वा सो सरह विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि बिज्ञान (Agriculture) वा सरह विषयमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने । |
| ४ | Agriculture, Livelihood and Marketing Facilitator (कृषि, जीविकोपार्जन तथा बजारीकरण सहजकर्ता ) | ५ | प्रविणता प्रमाण पत्र तह | कृषि विषयमा प्रमाण पत्र तह, ISC Agriculture वा जे.टि./जे.टी.ए. उतीर्ण भई सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएको हुनुपर्ने । Link: JD for Agriculture, Livelihood and Marketing Facilitator |
| ५ | Health and WASH Facilitator (स्वास्थय तथा खानेपनी सरसफाइ सहजकर्ता) | २ | मान्यता प्राप्त शैक्षिक संस्थाबाट (Health Assistant (HA)/Staff Nurse) वा नर्सिङ्ग विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट अनमी सि एम ए (ANM/CMA) उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने । |
नोट: महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:
आवश्यक कागजात
१. नेपाली नागरिकताको प्रमाण पत्र
४. शैक्षिक प्रमाण पत्रको प्रतिलिपि
३. यस भन्दा अघि काम गरेको अनुभव (Experience letter) को साथमा नियुक्तिपत्र ।
४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV)
५. आवेदन पत्र सहित हाल सालै खिचेको फोटो (PN_Job Application Form.doc)
६. छनौटको किसिमः लिखित तथा अन्तरवार्ता (दुवै)-Physically
आवेदन गर्ने प्रकृयाः
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy.pnbara@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिएको ........ पदको लागि आवेदन भनेर खुलाउनु होला ।
प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय आवेदकहरूलाई प्राथमिकता दिईनेछ ।
दरखास्त दिने अन्तिम मितिः इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको biodata सहित १० दिन भित्र १४ असार २०८३ (२८ जुन २०२५) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।
आवेदन दिने ठेगाना:
संरक्षण नेपाल
कलैया, बारा
फोन नः ०५५–५९०९७१
वा
ईमेल ठेगाना: vacancy.pnbara@gmail.com
कार्यशक्तिको विविधताको कदर गर्दै, संरक्षण नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।
Overview
| Category | Agriculture, Public Health, Technical, Social Science, Development Project, Nursing, Nutrition |
| Position Type | Full Time |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 19 Jun, 2026 |
| Apply Before | 28 Jun, 2026 |
| City | Bara |