कर्मचारी आवश्यकता सम्बन्धमा

Kamalamai samajik udhyami mahila dugdha sahakari sanstha limited

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धमा

मिति: २०८३/०५/१५

यस कमलामाई सामाजिक उधमी महिला दुग्ध सहकारी संस्था लिमिटेड क.न.पा - ४, सिन्धुली (दुग्ध तथा दुग्धजन्य पदार्थ , पशु दाना तथा सइलेज उत्पादन र बिक्री वितरण र वचत तथा ऋणको कारोवार गर्ने संस्था) को व्यवसायलाइ व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धी र  दैनिक आर्थिक कारोवार, वचत तथा ऋण र जिन्सी खाताहरू व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि एक जना दक्ष अनुभवी र लगनशिल व्यवस्थापक र एक जना दक्ष अनुभवी लेखा सहायक आवश्यक परेको हुदाँ योग्य नेपाली नागरिकहरूवाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रितपूर्वकको आवेदन आह्वान गरिन्छ ।

बि.नं. ०१। ०८३।०८४ व्यवस्थापक आवश्यक संङ्ख्या : १

  • न्युन्तम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र, अर्थशास्त्र वा कृषि। पशुपन्छि विज्ञान विषयमा कम्तीमा स्नातक उत्तीर्ण । (स्नातकोत्तर तह उत्तीर्णलाई विशेष प्राथमिकता दिइनेछ ।) 
  • अनुभव : सहकारी संस्था, बैंक तथा वित्तीय संस्था वा दुग्ध। कृषि व्यवसाय क्षेत्रको व्यवस्थापकीय तहमा रही कम्तीमा ३ देखी ५ बर्ष कामको अनुभव ।
  • उमेर : २१ वर्ष पूरा भई ४० बर्ष ननाघेको ।
  • तलव तथा सेवा सुविधा : संस्थाको नियमअनुसार आकर्षक तलव तथा अन्य सुविधा 
  • परिक्षाको किसिम: लिखित, प्रयोगात्मक र अन्तर्वार्ता 
  • कम्प्युटर तथा सफ्टवेयर सम्वन्धी ज्ञान : सहकारी तथा बैंकिङ्ख सफ्टवेयर र कम्प्युटर सम्बन्धी राम्रो ज्ञान 
  • अन्य : सवारी साधन  र अनुमती पत्र भएकालाई प्राथमिकता

नोट : महिलालाई प्राथमिकतम दिइने छ ।

बि.नं. ०१। ०८३।०८४ लेखा सहायक आवश्यक संङ्ख्या : १

  • न्युन्तम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र बिषयमा कम्तीमा प्लस टु (+2) वा सो सरह उत्तीर्ण । (स्नातक तह उत्तीर्णलाई विशेष प्राथमिकता )
  • अनुभव : सहकारी संस्था, बैंक तथा वित्तीय संस्था वा व्यवसायिक र्फमको लेखा शाखामा कम्तीमा १ देखी २ वर्ष 
  • उमेर : १८ वर्ष पूरा भई ४० बर्ष ननाघेको ।
  • तलव तथा सेवा सुविधा : संस्थाको नियमअनुसार आकर्षक तलव तथा अन्य सुविधा 
  • परिक्षाको किसिम : लिखित, प्रयोगात्मक र अन्तर्वार्ता 
  • अन्य : सवारी साधन  र अनुमती पत्र भएकालाई प्राथमिकता  

आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू :

  • संस्थाको कुनै पनि माध्यमबाट सूचना प्रकाशित गरीएको मितीले १५ दिनभित्र आवेदन पेश गरी सक्नुपर्ने छ ।
  • हस्त लिखित वा टाइप गरीएको निवेदन र व्यक्तिगत विवरण 
  • शौक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपी 
  • नागरिकताको प्रतिलिपी र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो 
  • कार्य अनुभव तथा तालिमका प्रमाणपत्रहरूको प्रतिलिपी (भएमा)

आवेदन दिने ठेगाना :

कमलामाइ सामाजिक उधमी महिला दुग्ध सहकारी संस्था लिमिटेड 

सम्पर्क नं.:  ९८१९६७८९०६ , ९८४४०४५२७८

इमेल : kamalamaisewc@gmail.com

(नोट : प्रारम्भिक छनोटमा परेका उम्मेद्वाराहरूलाइ मात्र कम्प्युटर परीक्षा र अन्तर्वार्ताको लागि सम्पर्क गरिने छ । रित नपुगी वा म्याद नाघि आएका अवेदनहरू स्वीकृत गरिने छैन ।) 

.....................................................

शान्ता थापा 

पदपूर्ती संयोजक

Overview

Category Agriculture, Administrative / Management, Finance & Administration, Animal Health
Openings 2
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 31 Aug, 2026
Apply Before 15 Sep, 2026
City Sindhuli