लेखा अधिकृत

National Environment and Equity Development Society (NEEDS Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः २०८३/०५/१५

पुनर्वास नगरपालिका, कन्चनपुर र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय वातावरण तथा समविकास नेपाल, (निडस) कन्चनपुरद्वारा पुनर्वास नगरपालिकामा सञ्चालन भईरहेको “कृषि र पशु विकाशमा आधारित सानाकिसान तथा यूवा उद्यमशिलता विकास कार्यक्रम” का लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरूको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ०७ दिनभित्र दरखास्त दिनुहुन आह्वान गरिन्छ ।

१. आवश्यकता सम्वन्धी विवरण :

क) पद : लेखा अधिकृत

पद संख्या : १ (एक) जना 

न्युनतम योग्यता र कार्यानुभव :

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव  भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्प्युटर सम्वन्धी दक्षता भएको र लेखा सफ्टवेर सम्वन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
  • लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली, वजेट निकासा तथा फछर्यौट् र सार्वजनिक खरिद प्रक्रिया सम्वन्धि ज्ञान तथा अनुभव भएको ।
  • स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • मोटरसाइकल चलाउन सक्ने र अनुमती पत्र प्राप्त भएको । 
  • नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण गर्नुपर्नेछ ।

२. सेवा सुविधा : परियोजनाको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तीम मिति : २०८३ ।०५। २१ गते कार्यालय समय भित्र ।

४. परिक्षाको किसिम : लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक 

५. आवश्यक कागजातहरू : आवेदन गरेको पदको विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी राष्ट्रिय वातावरण तथा समविकास नेपाल, (निडस) कन्चनपुरको भिमदत्त नपा वडा नं. १८ भाँसी कार्यालयमा दरखास्त बुझाउन सकिनेछ अथवा संस्थाको मानवश्रोत व्यवस्थापन ईमेल hr@needsnepal.org.np मा पनि पठाउन सकिनेछ ।

नोट : प्रारम्भीक छनौंटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

...............................

मानवश्रोत व्यवस्थापन समिति

निड्स नेपाल कंचनपुर

Overview

Category Development Project, Finance & Administration
Position Type Contract
Posted Date 31 Aug, 2026
Apply Before 06 Sep, 2026
City Kanchanpur