कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Rural Economic Development Association

Details / requirements:

प्रस्तावित परियोजनाहरुका लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः २०८३।५।

ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा पाल्पा जिल्लाका विभिन्न स्थानीय तहहरुमा सञ्चालन हुने “प्रस्तावित विभिन्न परियोजना” हरुका लागि तपसिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरूबाट यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्कता सम्वन्धी विवरण:

क) पद: परियोजना संयोजक

पद संख्या: १ (एक) जना

न्युनतम योग्यता र कार्य अनुभवः

  • कृषि विषयमा स्नातक तह उतिर्ण गरी कम्तीमा २ वर्ष कृषि, सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा काम गरेको अनुभव भएको ।
  • प्रस्तावना तथा प्रतिवेदन तयार, योजना तथा बजेट निर्माण सम्बन्धि अनुभव भएको । 
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको । 
  • साना किसान सवलिकरण तथा उद्यमशिलता साझेदारी कार्यक्रम सम्बन्धिज्ञान, सीप र अनुभव भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, सम्वन्धी ज्ञान, सीप भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथाउद्यमशिलता विकासमा महिला तथा यूवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको । 
  • सहकारी, साना किसानहरूका लागि निष्पक्ष र भरपर्दो बजार अवसरहरू प्रदान गर्ने दिगो बजार सम्बन्ध र व्यापार साझेदारीको विकासलाई सहजीकरण गर्ने ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।

ख) पद: प्राविधिक संयोजक

पद संख्या: १ एक

न्युनतम योग्यता र कार्यानुभव:

  • पशुपालन तथा पशु स्वास्थ्य विषयमा प्रमाणपत्र तह जे.टि (JT) उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा ३ वर्षको अनुभव वा पशु बिज्ञान विषयमा टि.एस.एल.सी, भेटेरिनरी.जे.टि.ए. (TSLC/VJTA) उत्तिर्ण गरी सम्बन्धित विषयमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको ।
  • कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिका साथै बजारीकरणमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
  • सहकारी, साना किसानहरूका लागि निष्पक्ष र भरपर्दो बजार अवसरहरू प्रदान गर्ने दिगो बजार सम्बन्ध र व्यापार साझेदारीको विकासलाई सहजीकरण गर्ने ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • प्राविधिक तालिमको आयोजना, सञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
  • कम्प्युटर सम्वन्धी ज्ञान भएकोलाई विशेष ग्राहयता ।
  • परियोजना क्षेत्रमा (Field Based) बस्नु पर्नेछ ।

ग) पद: लेखापाल (Accountant)

पद संख्या: १ (एक) जना 

न्युनतम योग्यता र कार्यानुभव:

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा २ वर्षको कार्यानुभव  भएको वा वाणिज्य शास्त्रमा प्रमाण पत्र तह उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव  भएको
  • लेखाका आधारभूत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्प्युटर सम्बन्धी दक्षता भएको र लेखा सफ्टवेयर सम्बन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
  • लेखा प्रतिबेदन तयारी, तथ्याङ्क बिश्लेषण, बजेट निर्माण सम्बन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली, बजेट निकासा तथा फस्र्याैट र सार्वजनिक खरीद प्रक्रिया सम्बन्धि ज्ञान तथा अनुभव भएको ।
  • स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण गर्नुपर्नेछ ।
  • दुई पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्र भएको र कम्तीमा ३० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने । 
  • सहकारीको व्यवसायीक योजना निर्माण तथा लेखा प्रणाली सम्बन्धी सहजीकरण गर्न सक्ने सीप भएको ।

घ) पद: वरिष्ठ कृषि प्राविधिक (Senior Agri-technician)

कार्यक्षेत्र: निस्दी गाँउपालिका

पद संख्या: १ जना

न्युनतम योग्यता र कार्यानुभव:

  • कृषि विषयमा स्नातक उत्तिर्ण गरी कम्तीमा २ वर्ष वा कृषि विषयमा डिप्लोमा (ISc. Ag.) उत्तिर्ण गरी कम्तीमा ५ वर्ष सामुदायिक विकास र कृषि उपज मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।  
  • कृषि तथा पशुको सम्भावित पकेट क्षेत्र पहिचान, उत्पादन र उत्पादकत्व वृद्धिका साथै बजारीकरणमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
  • साना किसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा युवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • कृषक, सहकारी, व्यापारी, प्रशोधन केन्द्र, संस्थागत खरिदकर्ता, सरकारी निकायहरू र बजारका अन्य पक्षहरू बीचको सम्बन्ध र समन्वय गर्न सक्ने । 
  • सहकारी, साना किसानहरूका लागि निष्पक्ष र भरपर्दो बजार अवसरहरू प्रदान गर्ने दिगो बजार सम्बन्ध र व्यापार साझेदारीको विकासलाई सहजीकरण गर्ने ।
  • उद्यमीहरूको व्यवसायिक योजना निर्माण सम्बन्धी सीप र अनुभव भएको । 
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
  • सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।

ङ) पद: कृषि प्राबिधिक (Agri-technician)

पद संख्या: ३ जना

न्युनतम योग्यता र कार्यानुभव:

  • कृषि विषयमा डिप्लोमा (ISc. Ag.) उत्तिर्ण गरी कम्तीमा ३ वर्ष अनुभव वा कृषि विषयमा स्नातक उत्तिर्ण गरी कम्तीमा २ वर्ष सामुदायिक विकास र कृषि उपज मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।  
  • कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिका साथै बजारीकरणमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको । 
  • कृषक व्यवशाय पाठशाला सञ्चालन गरि तरकारी तथा फलफूल बगैचा सम्वन्धि ज्ञान भएको । 
  • साना किसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा युवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • सहकारी, साना किसानहरूका लागि निष्पक्ष र भरपर्दो बजार अवसरहरू प्रदान गर्ने दिगो बजार सम्बन्ध र व्यापार साझेदारीको विकासलाई सहजीकरण गर्ने ।
  • उद्यमीहरूको व्यवसायिक योजना निर्माण सम्बन्धी सीप र अनुभव भएको । 
  • सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • दुई पाङ्ग्रे सवारी तथा साधन चालक अनुमति पत्र भएको र परियोजना क्षेत्रमा रहि काम गर्नु पर्नेछ ।

च) पद: बजार सहजकर्ता

पद संख्या: १ (एक) जना

न्युनतम योग्यता:

  • १०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा कम्तीमा ३ वर्षको कार्यानुभव भएको । । 
  • तालिम सहजीकरण र व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको । 
  • व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा युवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • सहकारी, साना किसानहरूका लागि निष्पक्ष र सुधारिएको बजार अवसरहरू प्रदान गर्ने दिगो बजार सम्बन्ध र व्यापार साझेदारीको विकासलाई सहजीकरण गर्ने ।
  • कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने भई तोकिएको वडाकार्यालय तथा गाउँपालिकासँग समन्वय गरी कार्य गर्न सक्ने  

वाञ्छनीय योग्यता: सबै पदहरुका लागि दुई पाङ्ग्रे सवारी साधन तथा चालक अनुमति पत्र अनिवार्य हुनुपर्ने छ ।

आवश्यक कागजातहरू

पासपोर्ट साईजको फोटो, निवेदन, व्यक्तिगत विवरण (Bio-Data) र शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी । 

उल्लेखित कागजात सहितको इच्छुक आवेदकहरूले आफ्नो आवेदन पत्र बुझाउँदा स्व घोषणपत्र र अपेक्षित तलब सहितको आवेदन पत्र समावेश गर्नुपर्नेछ । आवेदन तोकिएको समयभित्र इमेल मार्फत पनि पठाउन सकिनेछ । 

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्यादनाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पा

तानसेन नगरपालिका ४, विशालबजार

ईमेलः jobsredapalpa@gmail.com

फोन नं.: ०७५–५२१६१० 

Overview

Category Agriculture, Accounting and Finance, Development Project
Openings Few
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 16 Aug, 2026
Apply Before 22 Aug, 2026
City Palpa