पद | संख्या | मुख्य काम तथा जिम्मेवारीहरू | शैक्षिक योग्यता तथा अनुभव | तलव सुविधा |
परियोजना संयोजक (Project Coordinator) (निश्चित अवधीको करार) परियोजनाको मुख्य कार्यालयमा रही वारम्वार फिल्ड जानु पर्ने । | १ | - परियोजनाको विस्तृत कार्यान्वयन योजना तर्जूमा गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने/गराउने ।
- परियोजनाको गतिविधिहरूको नियमित अनुगमन गरी परियोजनाको तर्कसंगत ढाँचा (Log-frame) बमोजिम सबै नतिजाहरू प्राप्त हुने गरी सही दिशमा निर्देशित गर्ने ।
- परियोजनाको नियमित प्रतिवेदनहरू समयमा तयार गर्ने र सम्वन्धित निकायहरूमा पेश गर्ने ।
- मातहात कर्मचारीहरूको आवश्यक अनुगमन, मूल्याङ्कन, व्यक्तिगत सुधार योजना निर्माण, आवश्यक परामर्श एवं पृष्ठपोषण दिने ।
- परियोजनाको डाटावेश तयार गरी परियोजनाको गतिविधीहरूको आवश्यक दस्तावेजिकरण गर्ने/गराउने ।
- जिल्ला तथा पालिकास्तरीय सरोकारवालाहरू लगायत अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय गर्ने ।
- परियोजनाको वित्तिय योजना तर्जूमा गर्ने, वित्तिय नियन्त्रण गर्ने र वित्तिय मापदण्ड र अनुपालन गर्नु पर्ने कुराहरूको सुनिश्चित गर्ने ।
- नयाँ परियोजनाहरूको विकास गर्न सम्भाव्यता अध्ययन, आधारभूत सर्वेक्षण लगायत प्रस्ताव पत्रहरू तयार गर्ने ।
| - मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा स्नाकोतर (Master Degree) उत्तिर्ण गरी सम्बन्धित कामको कम्तिमा ५ वर्षको अनुभव ।
- MS अफिस प्याकेज सम्बन्धि राम्रो ज्ञान ।
- अंग्रेजी भाषामा राम्रो दख्खल (बोल्न र लेख्न सक्ने) भएको ।
- गुणस्तरीय प्रस्ताव पत्र तथा प्रतिवेदन लेखन सम्बन्धी ज्ञान सीप ।
- संचार समन्वय कौशल ।
- तथ्यांक विश्लेषण गरी प्रतिवेदन तयार गर्ने सीप ।
- कर्मचारीको अनुगमन, मूल्याङ्कन तथा अन्य प्रशासनिक ज्ञान सीप ।
- सवारी साधान (दुई पांग्रे) चलाउन सक्ने ।
| संस्थाको नियम वमोजिम |
जनस्वास्थ्य अधिकृत (Public Health Officer) (निश्चित अवधीको करार) परियोजनाको मुख्य कार्यालयमा रही वारम्वार फिल्ड जानु पर्ने । | १ | - समुदायमा यौन तथा प्रजन स्वास्थ्य, पोषण, सरसफाइ, खोप, मातृसुरक्षा, आङ्गखस्ने (पाठेघर), स्नतपान, मर्यादित महिनावरी महामारी, नसर्ने रोगहरू लगायत जनस्वास्थ्य साक्षरता सुधारका लागि समुदायमा गरिने छलफल निर्देशिका, शैक्षिक सामाग्रीहरू साथै सञ्चालन गरिने तालिमको पाठ्यक्रम विकास गर्ने ।
- पालिकास्तरमा जनस्वास्थ्य सरोकारलाई सम्वोधन गर्ने आवश्यक नीतिहरू तथा योजना तर्जूम साथै प्रभावकारी कार्यान्वयनको लागि सहयोग गर्ने ।
- स्वास्थ्य संस्थाद्वारा प्रदत सेवालाई प्रभावकारी, गुणस्तरीय एवं सेवाग्रही मैत्री र लक्षित समुदायको पहूँच अभिवृद्धिका लागि पहल गर्ने ।
- विद्यालयमा स्थापना गरिने मेडिकल डेस्कको प्रभावकारी सञ्चालनका लागि आवश्यक मापदण्डहरू तयार गर्ने ।
- विभिन्न स्वास्थ्य शिविरहरू आयोजनाका लागि आवश्यक समन्वय गर्ने साथै आवश्यक तालिम, गोष्ठीहरू सञ्चालन गर्ने ।
- मातहात कर्मचारीहरूको आवश्यक अनुगमन, मूल्याङ्कन, व्यक्तिगत सुधार योजना निर्माण, आवश्यक परामर्श एवं पृष्ठपोषण दिने ।
- परियोजनाको डाटावेश तयार गरी परियोजनाको गतिविधीहरूको आवश्यक दस्तावेजिकरण गर्ने/गराउने ।
- पालिका, सम्बन्धित शाखा, पालिकास्तरीय स्वास्थ्य संस्था लगायत सरोकारवालाहरूसँग आवश्यक समन्वय गर्ने ।
| - मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा Bachelor of Public Health उत्तिर्ण गरी सम्बन्धित परिषदमा दर्ता भएको ।
- सम्वन्धित कामको कम्तिमा ३ वर्षको अनुभव ।
- MS अफिस प्याकेज सम्वन्धि राम्रो ज्ञान ।
- अंग्रेजी भाषामा राम्रो दख्खल (बोल्न र लेख्न सक्ने) भएको ।
- गुणस्तरीय प्रतिवेदन लेखन सम्वन्धी ज्ञान सीप ।
- तालिम पाठ्यक्रम विकास तथा सहजिकरण सम्बन्धी राम्रो ज्ञान सीप ।
- संचार समन्वय कौशल ।
- मतहातका कर्मचारीको अनुगमन, मूल्याङ्कन तथा अन्य प्रशासनिक ज्ञान सीप ।
- सवारी साधान (दुई पांग्रे) चलाउन सक्ने ।
| संस्थाको नियम वमोजिम |
इन्जिनियर (Engineer) (निश्चित अवधीको करार) ७०% फिल्ड | १ | - परियोजनाको कार्य प्रक्रिया वमोजिम आयोजना माग आवेदनहरू संकलन गर्ने, माग गरिएका आयोजनाहरूको सम्भाव्यता अध्ययन गर्ने र आवश्यक प्रतिवेदन तयार गर्ने ।
- सम्भाव्यता अध्ययनको आधारमा स्वीकृत आयोजनाहरू जस्तै खानेपानी योजना, शौचालय, वास स्टेशन, फोहर जलाउने इन्सिरेटर तथा भवनको विस्तृत सर्वे, डिजायन र लागत स्टिमेट तयार गर्ने ।
- स्वीकृत आयोजनाहरूलाई सफल कार्यान्वयन गर्न प्रक्रिया सहजिकरण गर्ने, नियमित अनुगमन साथै आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने ।
- सञ्चालित आयोजनाहरू तोकिएको मापदण्ड र गुणस्तर वमोजिम समयमा सम्पन्न गर्न आवश्यक पहल गर्ने र आयोजना सम्पन्न प्रतिवेदन तयार गर्ने । सञ्चालित आयोजनाहरूको लागि आवश्यक निर्माण सामाग्रीहरूको ढुवानी, भण्डारण, सुरक्षा, प्रयोग, मौज्जाद अभिलेखहरूमा आवश्यक सहयोग गर्ने ।
- समयमा तोकिएको मापदण्ड र गुणस्तर वमोजिम समयमा सम्पन्न गर्न आवश्यक पहल गर्ने र आयोजना सम्पन्न प्रतिवेदन तयार गर्ने ।
- आयोजनामा प्रयोग हुने दक्ष मिस्त्रीको ज्ञान, सीप र कामको गुणस्तरको सुनिश्चिता गर्ने ।
- वडा, पालिका लगायत अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वयन गर्ने ।
| - मान्यता प्राप्त शिक्षण संस्थाबाट Bachelor’s degree in Civil Engineering उत्तिर्ण गरी काउन्सिलमा दर्ता भएको ।
- ३ वर्षको कार्य अनुभव ।
- MS अफिस प्याकेज र Auto-CAD सम्बन्धि राम्रो ज्ञान सीप ।
- निर्माण तथा खरिद सम्बन्धी मापदण्ड, नीति नियम र प्राविधिक ज्ञान भएको ।
- एकै पटकमा धेरै आयोजनाहरू व्यवस्थापन गर्न सक्ने क्षमता ।
- संचार समन्वय कौशल ।
- सवारी साधान (दुई पांग्रे) चलाउन सक्ने ।
| संस्थाको नियम वमोजिम |
प्रशासन तथा वित्त अधिकृत (Admin & Finance Office) (परियोजनाको मुख्य अफिस तथा समय समयमा फिल्ड भ्रमण गर्नु पर्ने) | १ | - परियोजनाको दैनिक प्रशासनिक कार्यहरु सम्पादन गर्ने र परियोजना संयोजकलाई आवश्यक सहयोग गर्ने ।
- परियोजनाको विस्तृत वित्तिय योजना तयार गरी खर्चहरूलाई वित्तिय सीमा भित्र कायम राख्ने तथा संस्थागत नीति नियम र वित्तिय अनुपालनाको सुनिश्चित गर्ने ।
- परियोजनाको आम्दानी खर्च लगायत आर्थिक कारोवारहरूको तोकिएको ढाँचामा व्यवस्थित, चुस्त, दुरुस्त अभिलेख राख्ने ।
- तोकिएको ढाँचामा तयार गर्नु पर्ने आर्थिक प्रगति प्रतिवेदनहरू समयमा तयार गर्ने ।
- परियोजनासँग सम्बन्धित आवश्यक कागजातहरू वा दस्तावेजहरू चुस्त, दुरुस्त अद्यावधिक एवं सुरक्षित राख्ने ।
- परियोजना तथा संस्थाको लेखा परीक्षण कार्यमा सहयोग पुर्याउने ।
- परियोजनाको वित्त प्रभावकारीताका लागि समय समयमा फिल्ड अनुगमन गर्ने ।
| - मान्यता प्राप्त शिक्षण संस्थाबाट MBA/MBS गरी ३ वर्षको अनुभव वा व्यवस्थापन विषय लिई स्नातक गरी ५ वर्षको अनुभव भएको ।
- लेखा सम्वन्धी सफ्टवेयर चलाउन सक्ने ।
- दैनिक प्रशासन सम्बन्धि ज्ञान तथा सीप भएको ।
- कर, भ्याट, सार्वजनिक खरिद प्रक्रिया सम्वन्धी ज्ञान भएको ।
- तथ्यांक विश्लेषण गर्ने (SPSS, Advance Excel, STAT) सफ्टवेयर सम्बन्धि ज्ञान तथा सीप भएको
| संस्थाको नियम वमोजिम |
स्वास्थ्य कार्यकर्ता (Health Person) (निश्चित अवधीको करार) १००% फिल्ड | ३ | - आमा समूह गठन तथा मासिक रुपमा वैठक सहजिकरण गर्ने ।
- समूह/समुदायमा यौन तथा प्रजन स्वास्थ्य, पोषण, सरसफाइ, खोप, मातृसुरक्षा, आङ्गखस्ने (पाठेघर), स्नतपान, मर्यादित महिनावारी, महामारी तथा नसर्ने रोगहरू लगायत जनस्वास्थ्य साक्षरता सुधार गर्न छलफल, गोष्ठी, तालिमहरू सञ्चालन गर्ने ।
- सार्वजनिक स्वास्थ्य समस्याहरू बारे सचेतना अभिवृद्धि, तीनको रोगथामका उपायहरू साथै उपलब्ध स्वास्थ्य सेवाहरूको बारेमा सचेतना जगाउने ।
- विद्यालयमा मेडिकल डेस्क सञ्चालन, प्राथमिक उपचार तालिम, साथै तालिम प्राप्त विद्यार्थी र शिक्षकको क्षमता विकासमा सहयोग गर्ने ।
- स्वास्थ्य शिविरहरू सञ्चालनका लागि आवश्यक सहयोग गर्ने ।
- स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरू आयोजना गर्न आवश्यक सहयोग समन्वय गर्ने ।
- वडा, वडास्तरीय स्वास्थ्य संस्था, विद्यालय लगायत अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वयन गर्ने ।
| - मान्यता प्राप्त शिक्षण संस्थाबाट PCL Nursing उत्तिर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएको वा Certificate in General Medicine or Health Assistant उत्तिर्ण गरी एनएचपीसीमा दर्ता भएको ।
- ३ वर्षको कार्य अनुभव ।
- MS अफिस प्याकेज सम्वन्धि राम्रो ज्ञान ।
- संचार समन्वय कौशल ।
- सवारी साधान (दुई पांग्रे) चलाउन सक्ने ।
| संस्थाको नियम वमोजिम |