जलेश्वर नगरपालिका (महोत्तरी) को बालबालिका प्रोफाइल निर्माणका लागि प्रस्तावन आवह्वान सम्बन्धी सूचना
Details / requirements:
जलेश्वर नगरपालिका (महोत्तरी) को बालबालिका प्रोफाइल निर्माणका लागि प्रस्तावन आवह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३ कार्तिक २६ गते
सेभ द चिल्ड्रेन र रतौली युवा क्लब को साझेदारी तथा जलेश्वर नगरपालिकाको समन्वयमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको बालमैत्री स्थानिय शासन (CFLG) सम्बन्धी कार्ययोजना निर्माणमा प्राविधिक सहयोग पुर्याउने उद्देश्यले सो सम्बन्धी राष्ट्रिय रणनीति, मापदण्ड र सूचकहरुको बुझाईलाई बलियो बनाउन यस नगरपालिकाको “बालबालिका वस्तुस्थिति विवरण (Child Profile)” तयार गर्नुपर्ने आवश्यक भएकोले इच्छुक परामर्शदाता कम्पनी/फर्म वा व्यक्तिगत परामर्शकर्ताहरुले आवश्यक कागजात सहित तल उल्लेखित ईमेल मार्फत वा कार्यालयमा प्रस्तावना पत्र पठाउन वा दर्ता गराउनको लागि १२ दिने सूचना प्रकाशित गरिएको छ ।
आवश्यक कागजातहरू:
- कार्ययोजना सहितको प्राविधिक तथा आर्थिक प्रस्तावना पत्र (Consultancy Proposal)
- संस्थागत प्रोफाइल तथा/वा व्यक्तिगत विवरणहरु (CVs)
- फर्म/संस्थाको हकमा: संस्था दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (VAT/PAN) दर्ता प्रमाणपत्र, र अद्यावधिक कर चुक्ता प्रमाणपत्रका प्रतिलिपिहरू तथा नविकरणका प्रतिलिपीहरु।
- व्यक्तिगत रूपमा (नेपाली नागरिक) को हकमा: नेपाली नागरिकता प्रमाणपत्र र VAT/PAN दर्ता प्रमाणपत्रका प्रतिलिपिहरू। (यदि कुनै व्यक्ति अन्य संस्थामा पूर्णकालीन (Full-time) रूपमा कार्यरत हुनुहुन्छ भने, संस्थाको प्रमुखद्वारा हस्ताक्षर गरिएको ‘अनापत्ति/सहमति पत्र’ वा ‘स्वीकृत बिदा पत्र’ प्रस्तावसाथ अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। यो नियम फर्ममार्फत पेस गरिने प्रस्तावहरूको हकमा लागू हुने छैन।)
सम्पर्क विवरण:
रतौली युवा क्लब (RYC), जलेश्वर नगरपालिका–२, महोत्तरी
फोन: ०४४-५२०८४३, इमेल: eoi@ryc.org.np
नोट: विस्तृत कार्यशर्त (ToR) डाउनलोड गर्नको लागिः ToR for Child-Profile of Jaleshwar
धन्यवाद !
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 12 Nov, 2026 |
| Apply Before | 23 Nov, 2026 |
| City | Mahottari |