जिल्ला क्लस्टर अभियान संयोजक / मनोविमर्शकर्ता
Details / requirements:
मुक्ति नेपाल गोलवजार, सिरहा
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
मितिः २०८३ जेष्ठ २२ गते
मुक्ति नेपाल विगत १५ वर्ष देखि महिला मानव अधिकारको लागि महिला हिंसा विरूद्धका अभियान, महिलाको न्यायमा पहुँच, सुशासन, शान्ति स्थापना तथा वैदेशिक रोजगारलाई सुरक्षित एवम् उपलब्धीमूलक बनाउन अभियानरत रहेको छ । हाल विभिन्न परियोजना अन्तर्गत देहायका कर्मचारी आवश्यक भएको हुँदा निम्न अनुसार योग्यता पुगेका ईच्छुक व्यक्तिहरूबाट दरखास्त आह्वान गरिएको छ ।
| पद | न्यूनतम योग्यता |
जिल्ला क्लस्टर अभियान संयोजक (माग संख्या - १ जना महिला) कार्यक्षेत्र - सर्लाही र रौतहट | स्नातक तह उतीर्ण गरी सामाजिक परिचालन, अपाङ्गता भएका महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा कम्तीमा २ वर्ष अनुभव भएको, स्थानीय तहसंगको समन्वय गरी काम गर्ने ज्ञानसिप भएको, Computer (MS-Word, Excel, Powerpoint etc.) मा दक्षता भएको, नेपाली तथा अंग्रेजी भाषामा प्रतिवेदन तयार गर्नसक्ने, ईमेल ईन्टरनेट, मोटरसाईकल, स्कूटर चलाउन सक्ने आदि । Click Here for detailed TOR |
मनोविमर्शकर्ता (माग संख्या - १ जना महिला) कार्यक्षेत्र - गोलबजार न.पा. | स्नातक तह उतीर्ण गरी, मान्यता प्राप्त संस्थाबाट ६ महिने मनोविमर्श सम्बन्धी तालिम प्राप्त गरेको र मानसिक स्वास्थ्य वा मनोसामाजिक मनोविमर्शकर्ता भई क्षेत्रमा १ वर्षको अनुभव भएको, स्थानीय भाषा बोल्न र बुभन सक्ने, सेवाग्राहीको सूचना, तथ्यांक सफलताको कथा संकलन, व्यवस्थापन, लेखन तथा सरोकारवालासंग समन्वय गर्ने अनुभव र सीप भएको, Computer (MS-Word, Excel, Powerpoint etc.) मा दक्षता भएको, प्रतिवेदन तथा अभिलेखन मा दक्ष ईमेल ईन्टरनेट, मोटरसाईकल, स्कूटर चलाउन सक्ने आदि । Click Here for detailed TOR |
| सेवा सुविधा | परियोजनामा व्यवस्था भएअनुसार प्रदान गरिनेछ । |
| उमेर हद | २० वर्ष उमेर पुरा भएको । |
| परिक्षाको किसिम | लिखित, अन्तरवार्ता तथा प्रयोगात्मक |
| पेश गर्नुपर्ने कागजात |
|
| छोटो सूचिमा समावेश | कार्यक्षेत्रको स्थानिय व्यक्ति तथा महिलालाई प्राथमिकता दिईनेछ । निर्धारित मापदण्डको आधारमा छोटो सूची (Short Listing) मा परेको उम्मेदवारलाई मात्र छनोट प्रक्रियामा समावेश गराईनेछ । छनोट सम्बन्धी सम्पूर्ण निर्णयाधिकार पदपूर्ति उपसमितिमा रहनेछ । यस पदका लागि कुनै किसिमको दबाव वा सिफारिसवाट प्रभाव पार्न खोजेको वा पारीएको पाईएमा उक्त निवेदकलाई छोटो सूचिमा समावेश गराइने छैन । आवेदन दिने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन गर्नुपर्नेछ । अन्तिम दिन विदा परेको खण्डमा सो को भोलीपल्ट आवेदन गर्न सकिनेछ । |
| आवेदन पेश गर्ने स्थान | मुक्ति नेपाल गोलवजार नगरपालिका वडा नं. ६, गुम्बा चौक, ईमेल vacancy@muktinepal.org, फोन नं.: ०३३—५४०४९४ |
Overview
| Category | Public Health, Social Science, Development Project, Counseling / PsychoSocial, Law, Development studies, Management, Nursing |
| Openings | 2 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 05 Jun, 2026 |
| Apply Before | 11 Jun, 2026 |
| City | Sarlahi, Siraha, Rautahat |