ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनद्वारा आशय पत्र आह्वान

Handicap International

Details / requirements:

ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनद्वारा आशय पत्र आह्वान

(प्रकाशन मितिः २०८३।६।१४)

ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशन अपाङ्गता भएका र अन्य संकटासन्न समुदायको समावेशी विकासको क्षेत्रमा विशेषज्ञता भएको अन्तराष्ट्रिय गैर–सरकारी, गैर–धार्मिक, गैर–राजनीतिक र गैर–नाफामूलक संस्था हो । यो सन् १९८२ मा फ्रान्समा स्थापित भएको संस्था हो र हाल ६३ देशहरूमा काम गर्दै आएको छ । ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशन नेपालले सन् २००० देखि समाज कल्याण परिषद्सँगको सम्झौता स्थानीय साझेदार संस्थाहरूसँगको साझेदारीमा अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरूको जीवनस्तर सुधार गर्नको लागि सामाजिक समावेशीकरण, स्वास्थ्य तथा पुनःस्थापना, सामाजिक सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणको क्षेत्रहरूमा निरन्तर काम गर्दै आएको छ ।

हाल यस संस्थाले भोटेकोशी रसुवा बाढीले असर पारेका जिल्लाहरू रसुवा र नुवाकोटमा आपतकालीन प्रतिकार्य (Bhotekoshi Flood Emergency Response) परियोजना कार्यान्वयनका लागि गैर–सरकारी संस्था वा अपाङ्गता भएका व्यक्तिहरूको संस्था (Organization of Persons with Disabilities- OPD) बाट आशय पत्र आह्वान गरेको छ ।

आशय पत्र पेश गर्ने आवश्यक मापदण्ड निम्नअनुसार छन्ः

  • भोटेकोशी रसुवा बाढी प्रभावित क्षेत्रमा काम गर्न सम्बन्धित पालिकाबाट अनुमति प्राप्त गरेको हुनुपर्ने छ ।
  • समाज कल्याण परिषद्सँग आवद्धता र वैधानिक लेखापरीक्षण सञ्चालन गर्ने आदि नेपाल सरकारको नियम र नियमनहरू पूरा गरेको हुनुपर्ने छ ।
  • विकास तथा आपत्कालीन परियोजनाहरूमा स्थानीय सरकारसँग काम गरेको ३ वर्षको अनुभव भएको हुनुपर्ने छ ।

उल्लेखित मापदण्डहरू पूरा गरेका इच्छुक संस्थाहरूले तल उल्लेखित लिङ्कहरूबाट साझेदारीका लागि कार्यक्षेत्र सम्बन्धी विवरण (TOR) तथा आवेदन फाराम डाउनलोड गरी, आवेदन फाराम भरी, “Expression of Interest (EOI)” विषय लेखि इमेल eoi@nepal.hi.org मार्फत 14th October 2026 भित्र पेश गर्नुपर्ने छ ।

Links:

Terms of Reference (ToR)

HI_Nepal_Prescribed Format for Organizational Profile

आवेदन फारम बुँदा १२ मा उल्लेख गरिएको अनुसारका दस्तावेजहरू यस आशयपत्र साथ समावेश हुनुपर्ने छ ।

नोट: प्रारम्भिक छनौटमा परेका आवेदक संस्थाहरूलाई मात्र प्रकृयामा आवद्ध गरिनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 30 Sep, 2026
Apply Before 14 Oct, 2026
City Kathmandu