फर्म/प्रशिक्षक/सहजकर्ता/परामर्शदाता रोस्टरमा सूचीकृत हुनका लागि आवेदन आह्वान

Mukti Nepal

Details / requirements:

मुक्ति नेपाल

गोलबजार, सिरहा, मधेश प्रदेश, नेपाल

फर्म/प्रशिक्षक/सहजकर्ता/परामर्शदाता रोस्टरमा सूचीकृत हुनका लागि आवेदन आह्वान

सूचना प्रकाशित मिति: २०८३/०५/०५

आवेदन दिने अन्तिम मिति: २०८३/०५/११ गते राति १२:०० बजे भित्र

मुक्ति नेपाल महिला, किशोरी, बालबालिका तथा सीमान्तकृत समुदायको अधिकार, लैङ्गिक समानता, लैङ्गिक हिंसा रोकथाम, बालअधिकार, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, मनोसामाजिक सहयोग, जीविकोपार्जन, क्षमता विकास तथा सामाजिक रूपान्तरणका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था हो। संस्थाबाट सञ्चालन हुने विभिन्न परियोजना, तालिम, अभिमुखीकरण, परामर्श, सीप विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरूका लागि आवश्यकतानुसार सेवा लिन सकिने योग्य फर्म, प्रशिक्षक, सहजकर्ता, विषयविज्ञ, परामर्शदाता तथा सेवा प्रदायकहरूको रोस्टर (Roster) तयार गर्न लागिएको हुँदा इच्छुक तथा योग्य व्यक्ति/फर्मबाट आवेदन आह्वान गरिएको छ।आवेदकले आफूले विशेषज्ञता हासिल गरेको एक वा एकभन्दा बढी विषय स्पष्ट रूपमा उल्लेख गरी, आफ्नो अद्यावधिक CV/Profile तथा रितपूर्वक इमेल गर्नुपर्नेछ।

आवश्यक विशेषज्ञता तथा न्यूनतम योग्यता

क्र.सं. विशेषज्ञता/सेवाको क्षेत्रअपेक्षित न्यूनतम योग्यता तथा अनुभव

लैङ्गिक हिंसा (GBV)Gender Studies, Sociology, Social Work, Law, Public Health वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह तथा GBV Prevention/Response सम्बन्धी TOT तालीम लिएको र कम्तीमा ३ वर्षको अनुभव भएको।
यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR)Public Health, Nursing, Health Education, Social Science वा सम्बन्धित विषयमा स्नातक तथा SRHR को TOT तालीम लिएको र  तालिम/सहजीकरणमा कम्तीमा ३ वर्षको अनुभव भएको।
GEDSI – लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणGender Studies, Sociology, Development Studies, Social Work वा सम्बन्धित विषयमा स्नातक/स्नातकोत्तर तथा GEDSI को TOT तालीम लिएको र  सामाजिक क्षेत्रमा कम्तीमा ३ वर्षको कार्यअनुभव भएको।
Psychosocial First Aid (PFA)Psychology, Psychosocial Counselling, Social Work वा सम्बन्धित विषयमा शैक्षिक योग्यता तथा PFA सम्बन्धी तालीम दिन सक्ने मान्यताप्राप्त तालिम लिएको र कम्तीमा २ वर्षको व्यावहारिक अनुभव भएको।
मनोसामाजिक परामर्शदाता (Counsellor)Psychology/Counselling/Social Work सम्बन्धी शैक्षिक योग्यता र कम्तीमा ६ महिने Psychosocial Counselling Training वा मान्यताप्राप्त प्रमाणपत्रसहित कम्तीमा २ वर्षको अनुभव भएको।
बालअधिकार (Child Rights)Law, Social Work, Sociology, Child Development वा सम्बन्धित विषयमा स्नातक तथा सम्बन्धित बिषयमा TOT तालीम लिएको र बालअधिकार, बालसंरक्षण, बालविवाह वा बालमैत्री कार्यक्रमसम्बन्धी कम्तीमा ३ वर्षको अनुभव भएको।
जीवनोपयोगी सीप (Life Skills)शिक्षा, मनोविज्ञान, सामाजिक विज्ञान वा सम्बन्धित विषयमा स्नातक तथा सम्बन्धित बिषयमा TOT तालीम लिएको र किशोरकिशोरी/युवासँग Life Skills Facilitation मा कम्तीमा २ वर्षको अनुभव भएको।
मिथिला चित्रकला (Mithila Painting)सम्बन्धित विषयमा तालिम/प्रमाणपत्र वा स्थापित कलाकारको रूपमा कम्तीमा २ वर्षको अनुभव भएको। महिला तथा किशोरीलाई व्यवहारिक तालिम दिएको अनुभवलाई प्राथमिकता दिईनेछ ।
च्याउ खेती (Mushroom Farming)कृषि/वनस्पति/कृषि प्राविधिक शिक्षा वा मान्यताप्राप्त च्याउ खेती तालिम लिएको तथा व्यावसायिक च्याउ उत्पादन वा प्रशिक्षणमा कम्तीमा २ वर्षको अनुभव भएको।
१०तरकारी खेती (Vegetable Farming)Agriculture/JTA/JT वा सम्बन्धित प्राविधिक योग्यता तथा व्यावसायिक तरकारी खेती तथा कृषक प्रशिक्षणमा कम्तीमा २ वर्षको अनुभव भएको।
११सडक नाटक (Street Drama)नाटक, थिएटर, कला वा सामाजिक सचेतनामूलक सडक नाटक लेखन, निर्देशन वा सहजीकरणमा कम्तीमा २ वर्षको अनुभव भएको।
१२वित्तीय साक्षरता (Financial Literacy)Management, Economics, Finance, Cooperative वा सम्बन्धित विषयमा स्नातक तथा सम्बन्धित बिषयमा TOT तालीम लिएको र वित्तीय साक्षरता/बचत/बजेट व्यवस्थापन तालिममा कम्तीमा २ वर्षको अनुभव भएको।
१३ब्यूटिसियन (Beautician)मान्यताप्राप्त संस्थाबाट Beautician तालीम दिन सक्ने मान्यताप्राप्त तालिम लिएको प्रमाणपत्र तथा कम्तीमा २ वर्षको व्यावहारिक/प्रशिक्षण अनुभव भएको।
१४सिलाइ–कटाइ (Tailoring)मान्यताप्राप्त संस्थाबाट Tailoring Training तालीम दिन सक्ने मान्यताप्राप्त तालिम लिएको प्रमाणपत्र तथा कम्तीमा २ वर्षको व्यावसायिक वा प्रशिक्षण अनुभव भएको।
१५चुरा लहठी बनाउने सीप (Bangle Making)सम्बन्धित सीपको तालिम लिएको तथा चुरा निर्माण/उद्यम वा समूहलाई तालिम दिएको र कम्तीमा २ वर्षको व्यावसायिक वा प्रशिक्षण अनुभव भएको।
१६किशोरीहरूका लागि आत्मरक्षा तालिम (Self-Defense Training for Girls)Karate, Taekwondo, Martial Arts वा सम्बन्धित विधामा मान्यताप्राप्त प्रमाणपत्र/Black Belt वा प्रशिक्षक योग्यता भएको तथा किशोरी/महिलालाई आत्मरक्षा तालिम दिएको अनुभव भएको।
१७कार्यक्रम विकास तथा MEAL (Program Development & MEAL)Development Studies, Management, Economics, Statistics, Social Science वा सम्बन्धित विषयमा कम्तीमा स्नातक, स्नातकोत्तरलाई प्राथमिकता। Proposal/Program Design, Logframe, Theory of Change, Indicator Development, Monitoring, Evaluation, Accountability & Learning मा कम्तीमा ४ वर्षको अनुभव भएको।
१८फोटोग्राफर (Photographer)Professional Photography सम्बन्धी तालिम वा कम्तीमा २ वर्षको व्यावसायिक अनुभव भएको। कार्यक्रम, समुदाय तथा विकास क्षेत्रको Photography अनुभव भएको।
१९लघु उद्यम विकास (Micro Enterprise Development)Management, Economics, Enterprise Development वा सम्बन्धित विषयमा शैक्षिक योग्यता अथवा MED/MEDEP/SIYB/उद्यम विकाससम्बन्धी मान्यताप्राप्त तालिम तथा कम्तीमा ३ वर्षको अनुभव भएको।
२०माला उन्ने (Bead/Garland Making)माला उन्ने, मोती/बिड्सबाट विभिन्न डिजाइनका माला, हार, चुरा वा सजावटी सामग्री बनाउने सम्बन्धी सीपमूलक तालिम लिएको वा व्यावहारिक सीप भएको तथा कम्तीमा २ वर्षको अनुभव भएको। महिला, किशोरी वा समूहलाई आयआर्जनमूलक माला बनाउने तालिम दिएको ।
२१चप्पल बनाउने (Slipper Making)चप्पल निर्माणसम्बन्धी सीपमूलक/व्यावसायिक तालिम लिएको वा चप्पल निर्माण तथा व्यवसाय सञ्चालनमा व्यावहारिक अनुभव भएको र कम्तीमा २ वर्षको अनुभव भएको। महिला, किशोरी तथा सीमान्तकृत समुदायलाई चप्पल बनाउने सीप तालिम दिएको ।
२२अचार बनाउने (Pickle Making)विभिन्न प्रकारका अचार उत्पादन, प्रशोधन, सरसफाइ, सुरक्षित खाद्य व्यवस्थापन, प्याकेजिङ तथा भण्डारणसम्बन्धी तालिम वा व्यावहारिक ज्ञान भएको र कम्तीमा २ वर्षको अचार उत्पादन/उद्यम वा तालिम सहजीकरण अनुभव भएको। महिला समूह तथा साना उद्यमीसँग काम गरेको अनुभव भएको।
२३नेपाली–अंग्रेजी अनुवादक (Nepali–English Translator)नेपाली, अंग्रेजी, भाषा/साहित्य, Journalism, Social Science वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह तथा नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा प्रतिवेदन, प्रस्तावना, तालिम सामग्री, नीति/कार्यक्रम दस्तावेज तथा विकास क्षेत्रका सामग्री अनुवाद गरेको कम्तीमा ३ वर्षको अनुभव भएको। स्पष्ट, अर्थपूर्ण तथा सन्दर्भअनुकूल अनुवाद/सम्पादन क्षमता आवश्यक। NGO/INGO तथा विकास क्षेत्रमा अनुवाद अनुभव भएको।

सामान्य अपेक्षा

आवेदकसँग सम्बन्धित विषयको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव, सहभागीमैत्री तालिम तथा सहजीकरण क्षमता हुनुपर्नेछ। नेपाली भाषामा स्पष्ट रूपमा सहजीकरण गर्न सक्ने र मधेश प्रदेशमा कार्य अनुभव भएका आवेदकलाई प्राथमिकता दिइनेछ। स्थानीय भाषा विशेष गरी मैथिली भाषामा सहजीकरण गर्न सक्ने क्षमता थप योग्यता मानिनेछ। किशोरकिशोरी, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा जोखिममा रहेका समुदायसँग काम गरेको अनुभव भएका व्यक्ति/फर्मलाई प्राथमिकता दिइनेछ।

आवेदनसँग पेश गर्नुपर्ने कागजात

व्यक्तिगत प्रशिक्षक/सहजकर्ता/परामर्शदाताको हकमा

  1. अद्यावधिक CV with Reference Person
  2. आफूले आवेदन दिन चाहेको विशेषज्ञताको क्षेत्र स्पष्ट रूपमा उल्लेख गरिएको विवरण
  3. शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि
  4. सम्बन्धित तालिम तथा पेशागत प्रमाणपत्रहरूको प्रतिलिपि
  5. सम्बन्धित क्षेत्रमा कार्य/प्रशिक्षण/सहजीकरण गरेको अनुभवको विवरण
  6. नागरिकताको प्रतिलिपि
  7. PAN को प्रतिलिपि

फर्म/कम्पनी/संस्थाको हकमा

  1. फर्म/कम्पनीको Company/Firm Profile
  2. फर्म/कम्पनी दर्ता प्रमाणपत्र
  3. PAN/VAT दर्ता प्रमाणपत्र
  4. पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र
  5. नवीकरण आवश्यक पर्ने संस्थाको हकमा अद्यावधिक नवीकरण प्रमाणपत्र
  6. प्रस्तावित Trainer/Expert को CV

आवेदन गर्ने तरिका

इच्छुक व्यक्ति वा फर्मले आफ्नो आवेदनमा कुन–कुन विषयमा रोस्टरमा सूचीकृत हुन चाहेको हो स्पष्ट रूपमा उल्लेख गरी, माग गरिएका कागजातहरू र संस्थाले उपलब्ध गराएको Roster Application Form पूर्ण रूपमा भरी सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र पेश गर्नुपर्नेछ। एकभन्दा बढी क्षेत्रमा विशेषज्ञता भएको अवस्थामा आवेदकले सबै सम्बन्धित विशेषज्ञता Roster Application Form तथा CV मा स्पष्ट रूपमा उल्लेख गर्न सक्नेछन्। ईमेलमार्फत आवेदन पठाउँदा Subject मा: “Application for Roster – [Name of Expertise] – [Applicant Name]” उल्लेख गर्नुपर्नेछ।

उदाहरण:

Application for Roster – SRHR Trainer – Ram Kumar Yadav

आवेदन पेश गर्ने स्थान:

मुक्ति नेपाल

गोलबजार, सिरहा, मधेश प्रदेश

ईमेल: mail@muktinepal.org

थप जानकारी:

रोस्टरमा आवेदन दिनु वा रोस्टरमा नाम समावेश हुनु मात्रले काम प्राप्त हुने सुनिश्चितता गर्ने छैन। संस्थाले कार्यक्रमको आवश्यकता, कार्यक्षेत्र, अनुभव, योग्यता, उपलब्धता, प्रस्तावित पारिश्रमिक तथा विगतको कार्यसम्पादनका आधारमा रोस्टरमा रहेका सेवा प्रदायकमध्येबाट आवश्यकतानुसार छनोट गर्नेछ।मुक्ति नेपालले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी उपयुक्त आवेदकलाई मात्र रोस्टरमा समावेश गर्ने अधिकार राख्दछ। आवश्यकताअनुसार थप कागजात, Reference Check, Interview वा Demonstration Session माग गर्न सकिनेछ। महिला, युवा, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक रूपमा सीमान्तकृत समुदायका योग्य विशेषज्ञहरूलाई आवेदन दिन प्रोत्साहित गरिन्छ। सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र प्राप्त आवेदनहरू मात्र मूल्याङ्कन प्रक्रियामा समावेश गरिनेछन्।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 20 Aug, 2026
Apply Before 26 Aug, 2026
City Siraha