फर्म सूचिकृतका लागि आह्वान
Details / requirements:
फर्म सूचिकृतका लागि आह्वान
एभरेष्ट क्लव, दैलेखले विगत ३२ वर्षदेखि विभिन्न विकास साझेदारी संस्थाहरूसँगको सहकार्यमा कर्णाली प्रदेशका जुम्ला, कालिकोट, जाजरकोट र दैलेख जिल्लामा विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आइरहेको छ । यी परियोजनाहरूले साना भौतिक पूर्वाधार निर्माण, खानेपानी तथा सरसफाइ, पूर्ण सरसफाइ, कृषि, जलवायू परिवर्तन, आय आर्जन तथा जीविकोपार्जन, यूवा स्वरोजगार, खाद्य सुरक्षा तथा पोषण, गरीबी निवारण, विपद जोखिम न्यूनिकरण, शिक्षा तथा बाल अधिकार र बाल संरक्षणजस्ता क्षेत्रहरूमा योगदान पुर्याउँदै आएका छन् ।
तसर्थ यस संस्थालाई तपशिल बमोजिमका वस्तु तथा सेवा उपलब्ध गराउनुपर्ने भएकोले देहाय शर्तहरूको अधिनमा रहि इच्छुक आपूर्तिकर्ता/फर्महरूलाई सूचिकरणको लागि सूचना आह्वान गरिएको छ ।
| क्र.स. | विवरण | क्र.स. | विवरण |
| १ | कार्यालय प्रयोजनका लागि आवश्यक फर्निचर साम्रगीहरू आपूर्ति (टेबुल, दराज, बुक र्याक, राउण्ड टेबुल अन्य) तथा मर्मत सेवा आदि | २० | विपद व्यवस्थापनसँग सम्बन्धित सामाग्री (स्टेचर, टर्च, रेडियो, हेन्ड माइक, अग्नीनियन्त्रक, डोरी, गैटी, वेल्चा, लाइफ ज्याकेट आदि) |
| २ | निर्माणका लागि बाह्य निर्माण सामाग्रीहरू (सिमेन्ट, रड, पाइप, फिटिङ्गस, जस्ता पाता आदि) | २१ | रिर्जभ वा भाँडाका लागि सवारी साधन (जिप, टयाक्टर, हाइस, इ.भी गाडिहरू तथा बसका आदि) |
| ३ | तालिम, कार्यक्रमहरू गोष्ठि तथा कार्यशाला सञ्चालनका लागि होटल (खाजा, खाना, आवाज र हल आदि) | २२ | निर्माण सम्बन्धी प्राविधिक सेवा (सर्भे, नक्शांकन, लागत अनुमान, निर्माणमा प्राविधिक सेवा) |
| ४ | ईलेक्ट्रोनिक्स उपकरण आपूर्ति | २३ | डेरी – घयू,,दुध, दहि, पनीर लगाएत अन्य |
| ५ | उपकरण तथा नेटवर्क मर्मत सम्भार सेवा | २४ | फेन्सी तथा गारमेन्ट उधोग – व्याग, टि सर्ट, जाकेट, ट्रयाक सुट तथा अन्य |
| ६ | अपाड्गता भएका बालबालिकाहरूका लागि आवश्यक उपकरण तथा अन्य सामाग्रीरू | २५ | खाध खुद्रा तथा जनरल अर्डर सप्लायर्ससँग सम्बन्धित सामाग्रीहरू |
| ७ | होर्डिङ्ग वोर्ड, भित्ते लेखन कार्य तथा फ्ल्यास प्रिन्टहरू आदि | २६ | प्लास्टिक जन्य सामाग्रीहरू – प्लास्टिक पसल जस्तै बाटा, बाल्टिन अन्य |
| ८ | सवारी साधन मर्मत तथा सम्भार सेवा आदि | २७ | क्रसर उधोग ( गिट्टी, बालुवा तथा ढुङ्गा तथा अन्य) |
| ९ | अफिस प्रयोजनका लागि मेशिनरी सामाग्री (सोलार प्यानल, ईन्भर्टर, व्याट्री, प्रिन्टर, टोनर, कार्टेज, क्यामेरा, हार्ड डिक्स, साउण्ड सिस्टम, रेकर्डर, प्रोजेक्टर, मेमोरी कार्ड, ल्यापटप तथा कम्यूटर, मोवाइल जस्ता उपकरण) | २८ | ग्रील तथा आल्मोनियम उधोग, सप्लायर्स ( फलाम र आल्मोनियका सामाग्रीहरू, अन्य ) |
| १० | स्वास्थ तथा पोषण कार्यक्रमका लागि प्राथमिक उपचार औषधि सामाग्री (First Aid Kit Box), मेडिकलसँग सम्बन्धित सामाग्रीहरू (Health equipment) | २९ | नर्सरी (बोट बिरुवा तथा अन्य) |
| ११ | विधुत सम्वन्धि, प्लम्विङ्ग, जेनेरेटर Inverter, stabilizer सम्भार आदि | ३० | ढुवानी सेवा |
| १२ | कृषिजन्य सामग्रीहरू (तरकारीका बिउ बिजन, गार्डेन पाईप, विषादी, हजारी, प्लाष्टिक घर, गुम्बज, स्प्रे टयाङकी, पोली पट, कृषीऔजारहरू अन्य) | ३१ | मिडिया तथा प्रकासन |
| १३ | छात्रवृति सहयोग सामाग्रीहरू (कापी, कलम, पेन्सिल, झोला, ज्यामिति र कपडा) | ३२ | टायल तथा मार्बल सप्लायर्स |
| १४ | पुस्तकालय सहयोगका लागि पुस्तक तथा अन्य सामाग्रीहरू | ३३ | तरकारी पसल तथा फ्रेस हाउस |
| १५ | भेटेनरी सम्वन्धी उपकरण तथा अन्य औजारहरू | ३४ | कस्मेटिक पसल तथा सप्लायर्स |
| १६ | हार्डवेयरका सामाग्रीहरू | ३५ | इन्स्यारेन्स कम्पनी (Life & Non-life) |
| १७ | कार्यालय प्रयोजनका साथै तालिम, कार्यशाला गोष्ठीका लागि स्टेशनरी सामाग्रीहरू | ३६ | होम डेकोरेसन |
| १८ | छपाई (प्रेस)/प्रिन्टीङ्ग सम्बन्धी सेवा तथा फोटोकपी सेवा आदि | ३७ | कृषी तथा पशुपंक्षी फर्म |
| १९ | ट्राभल सेवा | ३८ | खेलौनाहरू तथा गिफ् कर्नर, सप्लायर्स |
शर्तहरू:
- फर्म सूचिकृत आह्वान सूचना प्रकाशित गरिएको मितिले १५ दिन भित्र कार्यालय समयमा यस संस्थाको कार्यालयमा आफ्नो नवीकरण भएको इजातपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, कर चुक्ता प्रमाणपत्र (आ.व २०८२⁄०८३) को प्रमाणित प्रतिलिपि, कार्यक्षेत्र, सेवा सम्बन्धी अनुभव, मूख्य ग्राहकको नाम सहित संग्लन राखी यस संस्थामा दर्ता गराईसक्नुपर्ने छ ।
- सूचिकृत गर्न स्वीकृत गर्ने ⁄नगर्ने वा आशिक रुपमा स्वीकृत गर्ने अन्तिम अधिकार संस्थाको नीतिमा रहने छ ।
- यस सूचनाअनुसार आई सूचिकृत भएको फर्मसूचिकृत भएको मितिले ३ वर्षको अवधिसम्म संस्थामा सूचिकृत हुने छ ।
- आवेदन फर्म पठाउँदा खामको बाहिर सम्वन्धित सेवा उल्लेख गरि पठाइ दिनुहोला ।
- यो सूचना संस्थाको वेभसाइट www.everestnepalclubnepal.org.np मा र इमेल supplychain@everestclubnepal.org.np बाट पनि जानकारी लिन सकिने छ ।
- थप जानकारिका लागि संस्थाको सम्पर्क नं. ०८९–४२०२४७⁄४२०२५७ वा मोवाइल नं. ९८४८१८०२३४, ९८४८०४१६३१ मा सम्पर्क गर्न सक्नुहुने छ ।
Link: EOI Registration Form
एभरेष्ट क्लव, दैलख
नयाँ वजार, नारायण न.पा–१, दैलख
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 07 Jul, 2026 |
| Apply Before | 16 Jul, 2026 |
| City | Dailekh |